Saturday, April 27
Shadow

बिहानै काठमाडौंको भद्रकालीमा बस दुर्घटना


  • -इ
  • इ+

काठमाडौं , माघ १ । काठमाडौंको भद्रकालीमा आज विहान बस दुर्घटना भएको छ । विहान साढे ७ बजे भद्रकालीस्थित आकाशे पुल मुनी बस दुर्घटना भएको हो ।

थानकोट चन्द्रागीरी नगर यातायातको बा ३ ख ४४३७ नम्बरको बस दुर्घटनामा परेको ट्राफिक प्रहरीले जनाएको छ ।

बस तिब्र गतिमा रहेकाले दुर्घटना भएको प्रहरीको भनाइ छ । बसमा ५ जना सवार रहेकोमा एक जना घाइते भएका छन् ।

दुर्घटनामा चालक र एक जना बच्चा गरी दुई जना मात्रै घाइते भएका छन् । घाइते दुवैको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घाइतेमध्ये चालकको अवस्था गम्भीर छ ।व्यस्त सडकमा बस पल्टिएपछि सवारी आवागमन प्रभावित भएको छ । बसलाई सडकबाट हटाउने प्रयास जारी छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares