Friday, April 26
Shadow

परराष्ट्रमन्त्री ज्ञवाली आज भारत जादै, के के छन् एजेन्डा ?


  • -इ
  • इ+

काठमाडौँ, माघ १ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज भारत भ्रमणमा जादै छन् । नेपाल-भारत संयुक्त आयोगको छैठौँ बैठकमा भाग लिन मन्त्री ज्ञवाली आज नयाँदिल्ली जान लागेका हुन् ।

नेपालमा संसद विघटनपछि राजनीतिक रुपमा अस्थिरता उत्पन्न भएका बेला परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

नेपाल(भारत संयुक्त आयोगको छैठौँ बैठकमा दुई देशबीचको सम्बन्ध, व्यापार, उर्जा, सीमा विवाद र कोभिड सम्बन्धि सहयोग, लगानी, कृषि, पर्यटनलागायतका विषयमा छलफल हुने मन्त्रालयले जानकारी दिएको छ ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारको राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीको यस भ्रमणका क्रममा सीमा विवाद बारे कुरा हुने बताएका थिए ।

नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरेर नयाँ नक्शा जारी गरेपछि रहेको संवादहिनताको अवस्थालाई चिर्दै भारतबाट यसबीचमा यस बीचमा विदेशसचिव श्रींगलासहित भारतीय सेना प्रमुख र विदेश सचिव साथै रअ प्रमुखले नेपाल भ्रमण गरिसकेका छन् ।

नेपालमा प्रतिनिधि सभा भंग भएको र सरकार समेत काम चलाउ भएको अवस्थामा परराष्ट्रमन्त्री ज्ञवालीको भ्रमणलाई चासोका साथ हेरिएको छ ।

नेपाली टोलिमा मन्त्री ज्ञवालीसहित भारतका लागि नेपालका राजदुत, परराष्ट्र सचिव, स्वास्थ्य सचिवसहित अन्य उच्च अधिकारीहरु हुने मन्त्रलायले जानकारी दिएको छ ।मन्त्री ज्ञवाली माघ ३ गते नेपाल फर्किने कार्यक्रम रहेको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares