Thursday, April 25
Shadow

नुवाकोटमा आज ४० हल गोरु जुधाइँदै


  • -इ
  • इ+

नुवाकोट , माघ १ । यस वर्ष पनि नुवाकोटका विभिन्न भेगमा भव्य रूपमा गोरु जुधाइँदैछ । हरेक वर्ष माघे संक्रान्तिमा हुने यस्तो कार्यक्रम तारुकासहित विभिन्न स्थानमा हुँदैछ । चार स्थानमा मेलासहित ४० हल गोरु जुघाउने कार्यक्रम तय भएको तारुका माघे संक्रान्ति गोरु जुधाई संरक्षण संस्थाका अध्यक्ष सूर्यमान श्रेष्ठले जानकारी दिए ।

तारकेश्वर गाउँपालिका–३ चन्दनीमा मेला आयोजना गरिएको छ । चन्दनीमा यस वर्ष २२ हल गोरु जुध्नेछ् । विदुर नगरपालिका–१० वेत्रावतीमा ५ हल, शिवपुरी गाउँपालिकाको शेराबगरमा ७ र पञ्चकन्या गाउँपालिकामा ६ हल गोरु जुधाउने तयारी गरिएको छ ।

चन्दनीमा मेला सफल बनाउन गाउँपालिका, नेपाल पर्यटन बोर्डलगायतका संघसंस्थाबाट सहयोग प्राप्त भएको आयोजकले जनाएको छ । मेलामा जित्ने गोरुका धनीलाई नगदसहित पुरस्कृत गरिने बताइएको छ । गत वर्ष गोरु वर्गीकरण गरी क र ख वर्गअनुसार पुरस्कार वितरण गरिएको थियो ।

क वर्गको विजेता गोरुधनीलाई ९ हजार, उपविजेतालाई ८ हजार रुपैयाँ प्रदान गरिएको थियो। त्यसैगरी ख वर्गका विजेतालाई ७ र उपविजेतालाई ६ हजार रुपैयाँ प्रदान गरिएको थियो । २०६० सालदेखि गाउँभरिका गोरु भेला गरी जुधाउन थालिएपछि तारुकाको गोरु जुधाईले अहिले मेलाको स्वरूप ग्रहण गरेको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares