Thursday, March 28
Shadow

माघे संक्रान्तिले आपसी एकता र सद्‌भाव अभिवृद्धि होस: राष्ट्रपति भण्डारी


  • -इ
  • इ+

काठमाडौँ, माघ १ । राष्ट्रपति विद्यादेवी भण्डारीले माघे संक्रान्तिले आपसी एकता र सद्भाव अभिवृद्धि गर्न मद्दत मिल्ने अपेक्षा गरेकी छन् ।

माघे संक्रान्तिका अवसरमा शुभकामना दिँदै राष्ट्रपति भण्डारीले नेपालका विभिन्न जातजाति तथा समुदायद्वारा मनाइने माघे संक्रान्ति एवं माघीले मुलुकको एकता अभिवृद्धिमा मद्दत पुग्ने विश्वास व्यक्त गरेकी हुन् ।

उनले पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, आरोग्य र प्रगतिका लागि शुभकामना व्यक्त गरेकी छन् ।

यस चाडले नेपालका हिमाल, पहाड र तराईमा बसोबास गर्ने सबै जातजाति र समुदायका जनताबीच आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता अभिवृद्धि गरी सामाजिक सांस्कृतिक एकतालाई सुदृढ बनाउने विश्वास राष्ट्रपतिले व्यक्त गरेकी छन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares