Friday, April 24
Shadow

Month: January 2021

कानूनविद् भन्छन् -प्रधानमन्त्री ओलीलाई संविधानले प्रतिनिधिसभा विघटनको अधिकार दिएको छैन

कानूनविद् भन्छन् -प्रधानमन्त्री ओलीलाई संविधानले प्रतिनिधिसभा विघटनको अधिकार दिएको छैन

ब्यानर समाचार, समाचार
काठमाडौं, माघ १ । विभिन्न कानूनविद्हरुले प्रतिनिधिसभा विघटन संविधान विपरित भएको बताएका छन् । काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधानले प्रतिनिधिसभा विघटनको अधिकार नदिएको बताएका हुन् । सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालले प्रधानमन्त्रीले विघटनको विषय राजनीतिक भएको भने पनि यो विषय संवैधानिक विषय नै भएको बताउनुभयो । संविधानको धारा उल्लेख गरेर संविधान विघटन गर्ने अनि सार्वजनिक रुपमा बोल्दा राजनीतिक विषय भन्ने कुरा नसुहाउने पूर्वन्यायाधिश लालले बताउनुभयो । संविधानविद् डा। चन्द्रकान्त ज्ञवालीले संसदले सरकारको नीति, कार्यक्रम, बजेट सबै पास गरिदिएको साथै नेपालको नक्साको विषयमा संविधान संशोधन समेत गरिदिएको अवस्थामा प्रधानमन्त्री ओलीको संसदसंग विश्वास कायम रहेको बताउनुभयो । संविधानसभा सदस्य खिमलाल देवकोटाले नेपालको ...
नुवाकोटमा माघेसङ्क्रान्तिमा जुधे ३५ हल गोरु

नुवाकोटमा माघेसङ्क्रान्तिमा जुधे ३५ हल गोरु

मुख्य समाचार, समाचार, समाज
नुवाकोट, माघ १ । जिल्लाका विभिन्न स्थानमा यस वर्ष माघेसङ्क्रान्तिमा ३५ हल गोरु जुधाइएको छ । माघेसङ्क्रान्तिमा गोरु जुधाउने मेलालाई पछिल्लो समय व्यवस्थित रुपमा जिल्लाका विभिन्न स्थानमा जुधाउन थालिएको छ । तारकेश्वर गाउँपालिका–३ तारुका, विदुर नगरपालिका–१० बेत्रावती, पञ्चकन्या गाउँपालिका–३ घलेगाउँ, तादी गाउँपालिका–४ सातबीसे र शिवपुरी गाउँपालिका–३ शेराबगरमा आज गोरु जुधाइ मेला सञ्चालन भएको छ । पाँच स्थानमा गरी हालसम्म ३५ हल गोरु जुधाइएको आयोजकले जनाएका छन् । सबैभन्दा धेरै तारुकामा १४ हल गोरु जुधाइएको छ । माघेसङ्क्रान्ति गोरु जुधाइ संरक्षण संस्थाको आयोजनामा सञ्चालित गोरु जुधाइ हेर्न तारुकाका हजारौँ दर्शक गोरु पुगेका थिए । गाउँमा विभिन्न स्थानमा गोरु जुधाउने चलनलाई व्यवस्थित गर्दै २०६२ सालदेखि व्यवस्थित रुपमा एकै ठाउँमा गोरु जुधाउन थालिएको मेला आयोजक समितिका संयोजक तथा तारकेश्वर –३ का वडा...
नयाँदिल्ली पुगे परराष्ट्रमन्त्री ज्ञवाली

नयाँदिल्ली पुगे परराष्ट्रमन्त्री ज्ञवाली

मुख्य समाचार, समाचार, समाज
काठमाडौं, माघ १ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिने सिलसिलामा आज अपराह्न भारतको नयाँदिल्ली पुगेका छन् । उनलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य तथा नयाँदिल्लीस्थित नेपाली दूतावासका कर्मचारीले स्वागत गरेका थिए । मन्त्री ज्ञवालीले भोलि शुक्रबार भारतको राजकीय अतिथिगृह हैदरावाद हाउसमा आफ्ना समकक्षी एस जयशङ्करसँग भेटवार्ता गर्ने तथा सोही भवनमा हुने संयुक्त आयोग बैठकको सहअध्यक्षता गर्नेछन् । यसैबीच राजदूत आचार्यले भारतका प्रधानसेनापति विपिन रावतसँग आज उनकै कार्यकक्षमा शिष्टाचार भेट गरेका छन् । त्यसअवसरमा उनीहरुबीच नेपाल¬–भारत मैत्रीबारे छलफल भएको नेपाली दूतावासले जनाएको छ ।...
अर्काको जग्गा बिक्री गरेको आरोपमा मालपोतका नासु पक्राउ

अर्काको जग्गा बिक्री गरेको आरोपमा मालपोतका नासु पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं , माघ १ । जग्गाधनीलाई थाहा नदिएर जग्गा बेचेको आरोपमा प्रहरीले जिल्ला मालपोत कार्यालय, सुर्खेतका एक कर्मचारीलाई पक्राउ गरेको छ । मालपोतका नायब सुब्बा विश्वरुप सावदलाई बुधबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वीरेन्द्रनगर– ६ का सौगात रावतको नाममा वीरेन्द्रनगर–८ शङ्करचोकमा रहेको छ कठ्ठा जग्गामध्ये चार कठ्ठा जग्गा नायब सुब्बा सावद र सन्तोष ठाकुरको मिलेमतोमा बिक्री गरेको सूचनाका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो । उनीहरुमाथि चार कठ्ठा जग्गा कित्ताकाट गरी फरक फरक व्यक्तिलाई बेचेको आरोप लागेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कनकबहादुर शाहीले प्रारम्भिक अनुसन्धान शुरु भइसकेको बताउँदै भने, ‘पीडितको जाहेरी आउन बाँकी छ, जाहेरी आइसकेपछि विस्तृत अनुसन्धान शुरु हुन्छ ।’ प्रहरी निरीक्षक शाहीले अर्का आरोपी ठाकुर फरार भएको र उनको खोजी भइरहेको जानकारी दिए...
.चुनावमा केन्द्रित हुन नेता तथा कार्यकर्तालाई प्रधानमन्त्रीको निर्देशन

.चुनावमा केन्द्रित हुन नेता तथा कार्यकर्तालाई प्रधानमन्त्रीको निर्देशन

ब्यानर समाचार, राजनिती
काठमाडौँ, माघ १ । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले वैशाखमा घोषणा गरिएको चुनाव तोकिएको मितिमा हुने बताउँदै तयारीमा जुट्न निर्देशन दिएका छन् । विहीबार बालुवाटारमा आफू निकट स्थायी कमिटी सदस्यहरुसँगको छलफलमा ओलीले तोकिएको समयमा चुनाव हुने बताउँदै निर्वाचनको आधार तयार पार्ने गतिविधिमा केन्द्रित हुन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन् । छलफलमा सहभागी एक स्थायी कमिटी सदस्यका अनुसार निर्वाचन गर्नेबारे छलफल भएको हो । छलफलमा क्रममा ओलीले सूर्य चिन्ह आफूहरूले नै पाउने बताएका थिए ।उनले प्रथम अध्यक्ष र महासचिव आफूसँगै रहेकाले विधानअनुसार आधिकारिक नेकपा आफूहरु नै भएको स्पष्ट पारेका थिए । बैठकमा हालसम्म देशैभर भएका प्रदर्शन, भेला, प्रशिक्षण र बैठकहरूले पार्टीको पक्षमा जनलहर बढेको बारेमा समेत मन्त्री तथा स्थायी कमिटी सदस्यहरुले ओलीलासँग ब्रिफिङ गरेको उनल...
पीएम कप क्रिकेटको तयारी पूरा, पहिलो खेलमा आर्मी र गण्डकी भिड्ने

पीएम कप क्रिकेटको तयारी पूरा, पहिलो खेलमा आर्मी र गण्डकी भिड्ने

खेलकुद, मुख्य समाचार
काठमाडौं, माघ १ । नेपाल क्रिकेट संघको आयोजनामा हुन लागेको प्रधानमन्त्री कप पुरुष एक दिवसीय क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ । नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका हुन । विश्वभर फैलिएको कोरोना भाइरसका कारण केही समय धकेलिएको प्रतियोगिता कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदान र मूलपानी क्रिकेट मैदानमा आयोजना हुँदै छ । भोलि (शुक्रबार) बाट हुने प्रतियोगिताको पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुँदै छ । माघ १७ गतेसम्म चल्ने प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टिम गरी कुल १० टोली आमने-सामने हुनेछन् । प्रतियोगिताको आयोजक क्रिकेट संघले सहभागी १० टोलीलाई २ समूहमा विभाजन गरेको छ । दुई समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, एपीए...
धर्मेन्द्रको पक्राउविरुद्ध विप्लव समूहले गर्यो नेपाल बन्दसम्मका आन्दोलन घोषणा

धर्मेन्द्रको पक्राउविरुद्ध विप्लव समूहले गर्यो नेपाल बन्दसम्मका आन्दोलन घोषणा

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौं, माघ १ । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले पश्चिम कमाण्ड इञ्चार्ज एवं सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’सहितका नेताको पक्राउविरुद्ध आन्दोलनको घोषणा गरेको छ । समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रेस विज्ञप्ति जारी गर्दैै ५ दिने आन्दोलनको घोषणा गरेका हुन् । विज्ञप्तिमा ३ माघमा देश व्यापी विरोध जुलुस, ५ गते विरोधसभा, ७ गते विरोध प्रदर्शन, ९ गते मसाल जुलुस र १० गते नेपाल बन्दको घोषणा गरिएको छ । सरकारले समूहमाथि दमन गरेको बताउँदै विज्ञप्तिमा भनिएको छ, ‘जनताको अधिकारको हनन, भ्रष्टाचार, दलाली, कमिसनखोरी, तस्करी, राष्ट्रघातका विरुद्ध सङ्घर्ष गरिरहेको पार्टीका नेता–कार्यकर्तालाई खोजी–खोजी गिरफ्तार गर्नु, हिरासतमा निर्मम यातना दिनु, जेल हाल्नु, लाखौँ धरौटी तोक्नु कुनै पनि राजनीतिक व्यवस्थाको सामान्य मान्यतालाई समेत धज्जी उडाउनु हो ।’ प्रहरीको विशेष ब्युर...
सञ्चारमन्त्री गुरुङ भन्छन् -ताजा जनादेशमा जाने कुरा असंवैधानिक हुनै सक्दैन

सञ्चारमन्त्री गुरुङ भन्छन् -ताजा जनादेशमा जाने कुरा असंवैधानिक हुनै सक्दैन

ब्यानर समाचार, राजनिती
काठमाडौँ , माघ १ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मुलुकलाई सङ्कटबाट निकास दिन प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा जाने निर्णय गर्नुपरेको बताएका छन् । ‘नमस्ते ख्वप टेलिभिजन’ले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले मुलुकलाई सही निकास दिन घोषणा गरिएको निर्वाचन अग्रगामी भएको स्पष्ट पारे । “मुलुकलाई सङ्कटबाट निकास दिन ताजा जनादेश लिनका लागि प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा जाने निर्णय गरिएको हो,” सरकारका प्रवक्ता गुरुङले भने, “जनताको ताजा जनादेश लिएर मुलुकलाई निकास दिन प्रधानमन्त्रीले चाल्नुभएको कदम प्रतिगामी नभई अग्रगामी हो ।” उनले ताजा जनादेशमा जाने सरकारको निर्णय सही भए नभएको छुट्याउने काम जनताले निर्वाचनबाटै गर्ने बताए । लोकतान्त्रिक गणतन्त्रमा ताजा जनादेशमा जाने कुरा असंवैधानिक र प्रतिगामी हुनै नसक्ने उनको भनाइ थियो । मन्त्री गुरुङले जनतालाई सही सूचना दिने गरी सञ्चार प...
प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दा शुक्रबार सुनुवाइ हुने

प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दा शुक्रबार सुनुवाइ हुने

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ , माघ १ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा शुक्रबार सुनुवाइ तय भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश सपना मल्ल प्रधान, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ । उक्त विवाद संवैधानिक इजलासमा सुनुवाइ गर्ने वा बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्ने भन्ने विवाद अझै सकिएको छैन । शुक्रबार पनि सो मुद्दाको सुनुवाइ कहाँ गर्ने भन्ने क्षेत्राधिकारकै विषयमा बहस हुनेछ । रिट निवेदक १३ मध्ये ११ जनाले उक्त विषय बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्नुपर्ने माग गर्दै पूरक निवेदन दिएका छन् । प्रतिनिधिसभा विघटन विवादको सुनुवाइ गर्नुपर्ने आवाज उठाएका छन् भने सरकारका तर्फबाट महान्यायाधिवक्ताले संविधानको व्याख्या गर्ने इजलास भएको हुँदा संवैधानिक इजलासमै सुनुवाइ गर्नुपर्ने तर्क ...
मार्सेलीलाई पराजित गर्दै पीएसजीले जित्यो सुपर कपको उपाधि

मार्सेलीलाई पराजित गर्दै पीएसजीले जित्यो सुपर कपको उपाधि

खेलकुद
काठमाडौं , माघ १ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले ट्रफी डेस चाम्पियन्स (सुपर कप) फुटबलको उपाधि जितेको छ । बुधबार राति भएको फाइनलमा मार्सेलीलाई २–१ ले पराजित गर्दै पीएसजीले उपाधि जित्न सफल भएको हो । पीएसजीको जितमा माउरो इकार्डी र नेयमारले एक–एक गोल गरे । मार्सेलीका दिमिट्री पायटले एक गोल फर्काए । खेलको ३९औँ मिनेटमा इकार्डीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ८५औँ मिनेटमा नेयमारमा पेनाल्टीमा गोल गर्दा पीएसजी २–० ले अघि रह्यो । खेलको ८९औँ मिनेटमा पायटले एक गोल फर्काए पनि पीएसजी २–१ ले विजयी भयो । यससँगै पीएसजीले १०औँ पटक ट्रफी डेस चाम्पियन्सको उपाधि जित्न सफल भएको हो । माउरिसियो पोचेटिनोको पहिलो उपाधि हो ।...