Friday, April 24
Shadow

Month: January 2021

ज्यान मार्ने उद्योगमा संलग्न भएको आरोपमा वडाध्यक्ष पक्राउ

ज्यान मार्ने उद्योगमा संलग्न भएको आरोपमा वडाध्यक्ष पक्राउ

अपराध, समाचार, समाज
काठमाडौं, पुस २९ । बागलुङको ढोरपाटन नगरपालिका–४ खुंगाका वडाध्यक्ष तिलक पुनलाई प्रहरीले पक्राउ गरेको छ । ज्यान मार्ने उद्योगमा संलग्न भएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । पुनलाई आज अपराह्न ३ स् ०० बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अदालतमा ज्यान मार्ने मुद्दा परेकाले उनलाई पक्राउ गरिएको प्रहरी निरीक्षक विजय भण्डारीले बताए । विसं २०७६ मा भएको कुटपिटको घटनालाई लिएर सोही वडाका लालबहादुर विकलगायत तीन जनाले उनीविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए । विसं २०७६ कात्तिक १२ गते खुंगामा एकापसमा झगडा हुँदा केही स्थानीय घाइते भएका थिए । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
चिसोमा ओठ फुट्ने समस्याबाट हैरान हुनु भएको छ ?  यी उपाय अपनाउनुहोस्

चिसोमा ओठ फुट्ने समस्याबाट हैरान हुनु भएको छ ? यी उपाय अपनाउनुहोस्

जिवनसैली, टिप्स
काठमाडौँ , पुस २९। चिसो मौसममा ओठ फुट्ने समस्या सामान्य भइसकेको छ । यो समस्याले धेरै जनालाई दिक्क बनाएको छ । यसले तपाईको सौन्दर्यता मात्र बिगार्दैन दुख्ने, सुख्खा हुने, जस्ता समस्या पनि निम्त्याउँछ । तपाईमा पनि यो समस्या छ यस्ता रहेका छन् १० उपायहरु स् १. लिप बामको प्रयोग नियमित रूपमा गर्ने । २. हलुका रुपमा पेट्रोलियम जेली लगाएर मसाज गर्ने ३. हरेक साँझ सुत्नेबेलामा महलाई सफा कपासले ओठमा लगाएर सुत्ने । ४. २४ घण्टासम्म रहने, पानी वा घामले केहि नहुने भन्दै विज्ञापन गरिएका लिपिस्टीक जाडोमा कमै मात्रामा प्रयोग गर्ने । ५. कागतीको रसमा ग्लिसरिन मिसाएर ओठ मसाज गर्दा ओठ फूट्दैन । ६. पानी र फ्रुट जुस प्रशस्त मात्रामा सेवन गर्नुपर्छ । ७. जिब्रोले ओठ छोईरहने तथा थुक लगाउने बानी छोड्नुपर्छ । ८. धेरै तातो र धेरै पीरो खानेकुरा खानुहुँदैन। ९. तिलको तेललाई मनतातो बनाई बारम्बार लगाउनाले पनि फाइदा...
राष्ट्र बैंकले सार्वजनिक गर्यो पाँच महिनाको प्रतिवेदन

राष्ट्र बैंकले सार्वजनिक गर्यो पाँच महिनाको प्रतिवेदन

आर्थिक, मुख्य समाचार
काठमाडौं, पुस २९ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको देशको बर्तमान आर्थिक अवस्था सम्वन्धी पाँच महिनाको प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आज बुधबार सार्वनिक गरेको प्रतिवेदन अनुसार कुल वस्तु निर्यात पाँच दसमलव एक प्रतिशतले वृद्धि भई ५० अर्ब छ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २७ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ क्रमशः आठ दसमलव छ प्रतिशत र शुन्य दसमलव आठ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फ ५५ दसमलव दुई प्रतिशतले घटेको छ । वस्तुगत आधारमा अलैंची, जुटका सामान,धागो ९पोलिष्टर तथा अन्य०, चाउचाउ, पश्मिना लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, उनी गलैंचा, लत्ताकपडा लगायतका वस्तुको निर्यात घटेको छ । चालु आवको पाँच महिनामा कुल वस्तु आयात नौ दसमलव छ प्रतिशतले घटेर पाँच खर्ब २५ अर्ब ५० करोड का...
नेपाल प्रहरीका ११ एसपी एसएसपीमा बढुवा सिफारिस (सूचीसहित)

नेपाल प्रहरीका ११ एसपी एसएसपीमा बढुवा सिफारिस (सूचीसहित)

मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, पुस २९ । गृहमन्त्रालयले नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक ९एसपी०लाई प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी०मा बढुवा सिफारिस गरेको छ । बुधबार बसेको बढुवा समितिको बैठकले ११ जना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरेको हो । बढुवा सिफारिस हुनेहरुमा कृष्णकुमार महत, गोविन्दकुमार साह, उमाशंकार पञ्जियार, अर्जुन चन्द ठकुरी, जनकराज पाण्डेय, सुरेन्द्रप्रसा मैनाली, कृष्णहरी शर्मा पोखरेल, चक्रबहादुर सिंह, दिल्लीराज पन्त, मधुसुदन लुईंटेल र मोहन प्रसाद पोख्रेल छन् । यस्तो छ सूची ...
साढे ९ लाख बढी रकमसहित दुई जना पक्राउ

साढे ९ लाख बढी रकमसहित दुई जना पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज
काठमाडौं , पुस २९ । सिराहाबाट स्रोत नखुलेको साढे ९ लाख रकमसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बरियारपट्टि गाउँपालिका-२ खोक्सीका ४० वर्षीय मोहमद सगिर मियाँ र २४ वर्षीय मेहदि मंसुर छन्। बरियारपट्टी गाउँपालिका-१ कचनारीमा भारतबाट नेपाल आउँदै गरेको मोटरसाइकलमा सवार दुई जनामाथि प्रहरीले चेक गर्दा स्रोत नखुलेको ९ लाख ३९ हजार १५ रुपैयाँ बरामद गरेको हो। उनीहरूले उक्त रकमको स्रोत खुलाउन नसकेपछि प्रहरीले दुबै जनालाई पक्राउ गरेको प्रवक्ता डिएसपी शालिग्राम शर्माले बताए।दुबैजनालाई ईलाका प्रहरी कार्यालय, महेशपुरपतार सिरहामा थप अनुसन्धान गरिरहेको डिएसपी शर्माले बताए।...
प्रतिनिधिसभा विघटन र सुधीर चौधरीविरुद्ध नेविसंघ र अनेरास्ववियुले निकाल्यो संयुक्त मसाल जुलुस

प्रतिनिधिसभा विघटन र सुधीर चौधरीविरुद्ध नेविसंघ र अनेरास्ववियुले निकाल्यो संयुक्त मसाल जुलुस

मुख्य समाचार, राजनिती
काठमाडौं , पुस २९ । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) र नेकपाको प्रचण्ड-नेपाल समूह निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले संयुक्त रुपमा मसाल जुलुस निकालेका छन्। नेविसंघ र अनेरास्ववियुले संयुक्त रुपमा आज पाटन क्याम्पस अगाडि प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध मसाल जुलुस निकालेको हो। उनीहरुले भारतीय पत्रकार सुधीर चौधरीको विषयमा पनि विरोध गरेका थिए। उनीहरुले सरकारविरुद्ध नारा लगाउँदै मसाल जुलुस प्रदर्शन गरेका थिए। सो क्रममा प्रधानमन्त्री ओलीलाई व्यंग्य गर्दै कार्टुन समेत प्रदर्शन गरिएको थियो।...
निर्वाचन आयोगले भन्यो- मतदाता नामावली अद्यावधिक अवसरको सदुपयोग गर्नुस्

निर्वाचन आयोगले भन्यो- मतदाता नामावली अद्यावधिक अवसरको सदुपयोग गर्नुस्

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं , पुस २९ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी निर्वाचनका लागि पूर्वशर्तका रुपमा रहेको मतदाता नामावली अद्यावधिक गर्ने र मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन गर्न सबै सरोकारवालासँग प्रभावकारी समन्वय गरी जिम्मेवारीपूर्ण रुपमा सम्पादन गर्नुपर्ने बताएका छन् । मतदाता नामावली अद्यावधिक, मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन कार्यक्रम, कार्यान्वयनसम्बन्धी अनलाइन प्रविधिमार्फत दोस्रो समूहमा प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशस्थित जिल्ला निर्वाचन कार्यालयमा कार्यरत कम्प्युटर अपरेटरका लागि सञ्चालित एक दिने प्रशिक्षणको उद्घाटन गर्दै उनले निर्वाचन व्यवस्थापनमा सुधार गर्नका लागि आयोगको तेस्रो पञ्चवर्षीय रणनीतिक योजनामा उल्लेख भएबमोजिम आयोगका गतिविधिमा प्रविधिको प्रयोगको विस्तार बढाउँदै लगिने बताए । प्रमुख थपलियाले भने, “म...
प्रचण्डको  चेतावनी-पार्टीको नाम र सूर्य चिन्ह हाम्रो नभए देशमा आँधीहुरी आउँछ

प्रचण्डको चेतावनी-पार्टीको नाम र सूर्य चिन्ह हाम्रो नभए देशमा आँधीहुरी आउँछ

ब्यानर समाचार, राजनिती
काठमाडौं, पुस २९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको नाम र सूर्य चिन्ह कानूनी रुपमै आफूहरुको हुने दाबी गरेका छन् । काठमाडौं जिल्ला कमिटीले प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले निर्वाचन आयोग विधिसम्मत निर्णय गर्ने र पार्टीको नाम र सूर्य चिन्ह आफूहरुको हुने दाबी गरेका हुन् । उनले आफूहरुको पार्टीले आधिकारिता नपाएमा ‘आँधी हुरी आउने’ समेत चेतावनी दिए। ‘निर्वाचन आयोगले संविधान, नीति नियम, विधि र विधानभन्दा बाहिर गएर निर्णय गर्ने छैन । हाम्रो पार्टीको नाम र सूर्य चुनाव चिन्ह हाम्रै हुनेछ । यदि त्यसो भएन भने यहाँ आँधीहुरी बतास आउँछ,’ अध्यक्ष प्रचण्डले भने, ‘केपी ओलीले संविधान मिचे जस्तै गरेर यदि अरु संवैधानिक निकायले पनि त्यही गरे भने यो देश, यी नेपाली जनता हेरेर बस्दैननन् । आँधी, हुरी आउँछ ।’ ...
विप्लव समूहका पश्चिम कमाण्ड प्रमुख धर्मेन्द्र बाँस्तोला पक्राउ

विप्लव समूहका पश्चिम कमाण्ड प्रमुख धर्मेन्द्र बाँस्तोला पक्राउ

ब्यानर समाचार 2, राजनिती
  काठमाडौं, पुस २९ । प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका पश्चिम कमाण्ड प्रमुख धर्मेन्द्र बाँस्तोला पक्राउ परेका छन् । ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट उनी पक्राउ परेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ । उनी समूहको सचिवालय सदस्य एवं विदेश विभाग प्रमुख समेत हुन् ।  
नेकपाका दुबै समूहले बुझाए निर्वाचन आयोगमा जवाफ

नेकपाका दुबै समूहले बुझाए निर्वाचन आयोगमा जवाफ

मुख्य समाचार, राजनिती
काठमाडौँ, पुस २९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ओली र दाहाल–नेपाल दुबै समूहले निर्वाचन आयोगलाई जवाफ पठाएका छन्। निर्वाचन आयोगले गत पुस २३ गते दुबै समूहलाई राजनीतिक दल सम्बन्धी नियमावलीको नियम २५ अनुसार सात दिनभित्र ‘विवरण’ पेश गर्न भनेको थियो । सोही अनुरुप दुवै समूहले पत्र पठाएका हुन् । दुबै समूहबाट पत्र प्राप्त भएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठल जानकारी दिए ।ओली समूहका नेता सुवास नेम्वाङ सहितको टोलीले आयोग पुगेर कागजात, जवाफहरु पेस गरेको हो । दाहाल९नेपाल पक्षले भने आफूहरुले बुझाउनुपर्ने विवरण पहिल्यै नै सबै बुझाइसकेको हुँदा अहिले जवाफमात्र पठाएको जनाइएको छ । आयोगले तोकेको म्यादको अन्तिम दिन दुबै समूहले जवाफ पठाएको हुन । चुनाव चिन्ह, पार्टीको आधिकारिकता लगायतका विषयमा दुवै पक्षले आ९आफ्नो दाबी प्रस्तुत गर्दै आएका छन् ।...