Thursday, May 21
Shadow

Month: December 2020

राष्ट्रिय खेलकुद परिषद र कृषि विकास बैंकबीच १० वर्षे सम्झौता

राष्ट्रिय खेलकुद परिषद र कृषि विकास बैंकबीच १० वर्षे सम्झौता

आर्थिक
काठमाडौं , पुस १५ । राष्ट्रिय खेलकूद परिषद् (राखेप) र कृषि विकास बैंकबीच १० वर्षे सम्झौता भएको छ । राखेपका सदस्य(सचिव रमेशकुमार सिलवाल र कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले मंगलबार उक्त सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार कर्मचारी कर्जा तथा सापटसम्बन्धी पाँच वर्ष स्थायी सेवा अवधि पूरा गरेका कर्मचारीलाई बिना धितो १५ लाखसम्मको तलबी खाता कर्जा उपलब्ध गराइने छ । राखेपले सञ्चालन गर्ने तालीम र सेमिनारमा बैंकका तालीम केन्द्रलगायत पूर्वाधार प्रयोग गर्दा बैंकले ५० प्रतिशत छुट दिनेछ । यस्तै सम्झौतामा खेलकूदको विकास र विस्तारका लागि स्थानीय तहदेखि केन्द्रसम्म सहमतिअनुसार खेल गतिविधिमा सहकार्य गर्न सकिने छ । परिषद्ले सञ्चालन गरेका कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकूद प्रतियोगिताको टिकट छपाई बैंकले गरिदिन सक्ने सम्झौतापत्रमा उल्लेख छ । सम्झौता प...
प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक बस्दै, के छ एजेण्डा ?

प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक बस्दै, के छ एजेण्डा ?

ब्यानर समाचार, राजनिती
काठमाडौं, पुस १५ । आन्दोलनमा होमीएको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को स्थायी कमिटी बैठक आज बस्दै छ । दिउँसो १२ बजे पेरिसडाँडास्थित कार्यालयमा बैठक बस्न लागेको हो । बैठकमा सरकारविरुद्ध आन्दोलनका थप कार्यक्रम तय गर्न बैठक बस्न लागेको बताएको छ । संसद विघटन गरेको विरोधमा काठमाडौंमा प्रचण्ड–माधव समूहले मंगलबार देशव्यापी प्रदर्शन गरेको थियो । प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अझै कडा खालको आन्दोलन गर्ने उदघोष गरेका थिए । प्रचण्ड–माधव समूहले आन्दोलन परिचालन गर्न नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’को नेतृत्वमा समिति नै गठन गरेको छ ।...
प्रिमियर लिग फुटबलः आर्सनलको लगातार दोस्रो जित

प्रिमियर लिग फुटबलः आर्सनलको लगातार दोस्रो जित

खेलकुद
काठमाडौं , पुस १४ । प्रिमियर लिग फुटबलमा आर्सनलले लगातार दोस्रो जित निकालेको छ । मंगलबार राति भएको खेलमा आर्सनलले ब्राइजटनलाई १–० गोलले हराएको हो । लिगमा पछिल्लो समय कमजोर बनेको आर्सनल बिस्तारै लयमा फर्किरहेको छ । आर्सनलले लिगका पछिल्ला दुई खेलमा जित निकाल्दै आफूलाई अंक तालिकामा बलियो बनाउँदै आएको छ । जितसँगै आर्सनलले लिगमा १६ खेलबाट २० अंक जोडेको छ । आर्सनल अंक तालिकाको १३ औं स्थानमा छ । परातिज ब्राइजटन १३ अंकसहित तालिकाको १७ औं स्थानमा छ ।...
ठूल्ठूला आयोजनामा बैंकहरूको लगानी बढ्दै

ठूल्ठूला आयोजनामा बैंकहरूको लगानी बढ्दै

आर्थिक
काठमाडौं, पुस १५ । पछिल्लो समय बैंकहरूले ठूल्ठूला आयोजनामा लगानी गर्ने क्रम बढ्दै गएको सम्बद्ध अधिकारी बताउँछन्। ‘केही वर्षयता संघ मात्र नभई प्रदेश र स्थानीय तहमा पनि भौतिक पूर्वाधारका थुप्रै काम हुन थालेका छन्,’ नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी भन्छन्, ‘जसले गर्दा बैंकलाई लगानी गर्न सहज मात्र भइरहेको छैन। पूर्वाधार निर्माणमा पनि टेवा पुगिरहेको छ।’ बैंकर्स एसोसिएसनका अनुसार असोजसम्म वाणिज्य बैंकहरूले विभिन्न क्षेत्रमा ३० खर्ब ३० अर्ब ४१ करोड रूपैयाँ लगानी गर्दा निर्माण क्षेत्रमा तीन खर्ब एक अर्ब २९ करोड रूपैयाँ कर्जा प्रवाह भएको छ। निर्माण क्षेत्रमा प्रवाह भएको कर्जामध्ये असारदेखि असोजसम्म मात्र ६ अर्ब १७ करोड ३० लाख रूपैयाँ लगानी भएको एसोसिएसनले जनाएको छ।आजको नागरिक दैनिकमा समाचार छ । निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहाल पूर्वाधारमा बैंकले लगानी व...
चिनियाँ टोलीले दियो नेताहरुलाई यस्ता तीन सन्देश

चिनियाँ टोलीले दियो नेताहरुलाई यस्ता तीन सन्देश

मुख्य समाचार, राजनिती, समाचार, समाज
काठमाडौं , पुस १५ । नेपालको भ्रमणमा आएको चिनियाँ विशेष टोलीले राजनीतिक अस्थिरता रोक्न, विभाजित नेकपालाई मिलेर अघि बढ्न र यहाँको राजनीतिक वातावरणले चीनमा पर्न सक्ने सुरक्षा खतराबारे सजग रहन आग्रहसहितका तीनवटा सन्देश सत्तारुढ र विपक्षी दलका नेताहरुलाई दिएको छ । सत्तारुण् नेकपा विभाजित भएसँगै राष्ट्रपति सी चिनफिङको निर्देशनमा बेइजिङबाट काठमाडौँ उत्रिएको चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौ नेतृत्वको चार सदस्यीय विशेष टोलीले नेपालमा विकसित राजनीतिक परिस्थितिबारे चिन्ता र चासो प्रकट गरेको थियो । चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको सय वर्ष पगेको अवसरमा यहाँका राजनीतिक दलहरुसँग सम्बन्ध मजबुत बनाउन भ्रमण गरेको भनिए पनि शीर्ष नेतासँगको सबै भेटमा चिनियाँ अधिकारीहरुले नेपालमा विकसित राजनीतिक अस्थितरता र नेकपामा आएको फुटबारे बढ्ता जिज्ञासा राखेको थियो । चिन...
कोरोना कहरः विश्वमा थप ९ हजारभन्दा बढी संक्रमितको मृत्यु

कोरोना कहरः विश्वमा थप ९ हजारभन्दा बढी संक्रमितको मृत्यु

अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं, पुस १५ । पछिल्लो २४ घण्टामा विश्वमा कोरोनाका कारण ९ हजार ३५ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १७ लाख ७१ हजार १२८ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ लाख ४४ हजार ४३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै विश्वमा कूल कोरोना संक्रमितको संख्या ८ करोड १ लाख ५५ हजार १८७ पुगेको छ ।...
उभौली र तमु ल्होसारमा राष्ट्रपतिको शुभकामना- राष्ट्रिय एकतालाई सुदृढ बनाउने विश्वास

उभौली र तमु ल्होसारमा राष्ट्रपतिको शुभकामना- राष्ट्रिय एकतालाई सुदृढ बनाउने विश्वास

मुख्य समाचार, समाचार
काठमाडौँ , पुस १५ । राष्ट्रपति विद्यादेवी भण्डारीले किराँत समुदायको महान् पर्व उधौलीका उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेकी छन् । यो पर्वले इष्टमित्र तथा आफन्तबीच भेटघाट एवं मेलमिलापको अवसरसमेत प्रदान गर्ने राष्ट्रपतिको भनाइ छ । पर्वबाट पारिवारिक, सामुदायिक र सामाजिक एकता कायम राख्न महत्वपूर्ण योगदान पुग्ने देखिने जनाउँदै उनले यस्ता चाडपर्वबाट नेपालका विविध भूगोल, संस्कृति, जातजाति र भाषाभाषीका जनताबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने विश्वागस उहाँले व्यक्त गरेकी छन् । प्राकृतिक ऋतुचक्रसँग एकाकार भएर मनाइने उधौली पर्वले प्राकृतिक स्रोतको दिगो उपयोग गर्दै सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल ग...
तोकियो एसईई परीक्षाका लागि आवेदन र रजिष्ट्रेशन फारम भर्ने समय

तोकियो एसईई परीक्षाका लागि आवेदन र रजिष्ट्रेशन फारम भर्ने समय

ब्यानर समाचार 2, मुख्य समाचार, शिक्षा, समाचार, समाज
काठमाण्डौ, पुस १५ । माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईईमा समावेश हुनका लागि आवेदन र रजिष्ट्रेशन फारम खुलेको छ । यो वर्षको एसईई परीक्षामा समावेश हुनका लागि भोलिदेखि आउँदो माघ २१ गतेसम्म आवेदन फारम भर्नुपर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । अहिले कक्षा १० मा पढिरहेका विद्यार्थीहरुले रजिष्ट्रेशनको अर्थकट्टीको प्रतिलिपि, शैक्षिक सत्र २०७५ वा त्यसभन्दा पहिले निम्न माध्यमिक शिक्षा परीक्षा अर्थात् कक्षा ८ उत्तीर्ण गरेको प्रमाणपत्रको प्रतिलिपिलगायत सम्बन्धित विद्यालयमा बुझाउन समेत बोर्डले आग्रह गरेको छ । यस्तै यो वर्षको कक्षा ९ मा साधारण तथा प्राविधिकतर्फ पढिरहेका विद्यार्थीहरुका लागि पनि रजिष्ट्रेशन फारम भर्न बोर्डले आग्रह गरेको छ । आउँदो वर्ष परीक्षा दिनका लागि भोलिदेखि माघ २१ गतेसम्म रजिष्ट्रेशन फारम भर्नुपर्ने बोर्डको परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले जनाएको छ । सम्बन्...
देशभरको मौसम कस्तो ?  काठमाडौंको तापक्रम २ डिग्री

देशभरको मौसम कस्तो ? काठमाडौंको तापक्रम २ डिग्री

ब्यानर समाचार, मौसम
काठमाडौं , पुस १५ । पश्चिमी वायुको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशको मौसम आशिंकदेखि सामान्य बदली हुने सम्भावना रहेको छ । यस्तै प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भेगमा आशिंक बदली हुने र बाँकी ठाउँको मौसम सफा रहने बताइएको छ । मौसम बदली भए पनि तत्काल पानी पर्ने र उच्च हिमपात हुने सम्भावना भने नरहेको महाशाखाले जनाएको छ । यसैबीच बुधबार बिहान काठमाडौंको तापक्रम २ डिग्री सेल्सियस मापन गरिएको छ । मंगलबार यो वर्षकै कम १ दशमलव १ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार काठमाडौंको तापक्रम १६ देखि १८ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ ।  ...
११ महिनापछि कोरोना संक्रमण दर ओरालो, दोस्रो ‘वेभ’को उच्च जोखिम

११ महिनापछि कोरोना संक्रमण दर ओरालो, दोस्रो ‘वेभ’को उच्च जोखिम

पत्रपत्रिका, समाचार
काठमाडौ , पुस १५ । । कोभिड– १९ को संक्रमणदर ११ महिनापछि ओरालो लागेको छ । परीक्षण कम भए पनि पजिटिभ देखिने दर र अस्पतालमा भर्ना हुने संख्या न्यून हुँदै गएपछि विज्ञहरूले नेपालमा कोभिडको पहिलो ‘वेभ’ सकिन थालेको बताएका छन् । तर, दोस्रो ‘वेभ’को उच्च जोखिम रहेको उनीहरूको भनाइ छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार २६ मंसिरयता संक्रमण घटदै गएको छ । त्यसयता दैनिक एक हजारभन्दा बढी संक्रमित देखिएका छैनन् । मन्त्रालयका अनुसार विगतमा परीक्षणको ३३ प्रतिशतसम्म पुगेको संक्रमणदर अहिले ११ प्रतिशतमा झरेको छ । ६ कात्तिकमा ४७ हजार सात सय पुगेका सक्रिय संक्रमित घटेर मंगलबार ६ हजार तीन सय ९६ मात्रै छन् । संक्रमणबाट मृत्यु हुनेको संख्या पनि घटिरहेको छ । करिब ९८ प्रतिशत मृत्यु अस्पतालमा र दुई प्रतिशत मात्रै अस्पतालबाहिर भएको छ । संक्रमणबाट हालसम्म एक हजार आठ सय ४० जनाको अर्थात् कुल संक्रमितको ०।७ प्रतिश...