Friday, March 29
Shadow

भारतमा ६ जनामा नयाँ कोरोना भाइरस पुष्टि, सबै उडानमाथि प्रतिबन्ध


  • -इ
  • इ+

काठमाडौं, पुस १४ । भारतमा बेलायतबाट फर्किएका ६ जनामा नयाँ प्रकारको कोरोना भाइरस भेटिएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिले कोरोनाको नयाँ भेरियन्ट भेटिएका सबैलाई आइसोलेसनमा राखिएको छ । उनीहरुको निकट सम्पर्कमा आएकाहरुलाई पनि क्वारेन्टिनमा राखिएको छ ।

भारतले बेलायतमा कोरोनाको नयाँ प्रकार देखिएसँगै बेलायतबाट आउने सबै उडानमा रोक लगाएको छ । तर, नोभेम्बरको अन्तिम यता प्रतिबन्ध लाग्नुपूर्व बेलायतबाट भारतमा ३३ हजार यात्रुहरु आएका थिए ।

बेलायतबाट आएकामध्ये ११४ जनामा कोरोना संक्रमण देखिएको थियो । संक्रमण देखिएका मानिसहरुको नमुनामा नयाँ भेरियन्टको पहिचान गर्ने काम भइरहेको स्वास्थ्य मन्त्रालयले बताएको छ । बेलायतमा हुने सबै उडानमाथि प्रतिबन्ध लगाएको छ ।

नयाँ भेरियन्ट देखिएसँगै सतर्कता बढाइएको स्वास्थ्य मन्त्रालयले बताएको छ । भारतले जनवरीबाट मुलुकमा कोरोना खोप कार्यक्रम सुरु गर्ने योजना तय गरेको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares