काठमाडौं , पुस १४ । प्रिमियर लिग फुटबलमा आर्सनलले लगातार दोस्रो जित निकालेको छ । मंगलबार राति भएको खेलमा आर्सनलले ब्राइजटनलाई १–० गोलले हराएको हो ।
लिगमा पछिल्लो समय कमजोर बनेको आर्सनल बिस्तारै लयमा फर्किरहेको छ । आर्सनलले लिगका पछिल्ला दुई खेलमा जित निकाल्दै आफूलाई अंक तालिकामा बलियो बनाउँदै आएको छ ।
जितसँगै आर्सनलले लिगमा १६ खेलबाट २० अंक जोडेको छ । आर्सनल अंक तालिकाको १३ औं स्थानमा छ । परातिज ब्राइजटन १३ अंकसहित तालिकाको १७ औं स्थानमा छ ।