Friday, April 19
Shadow

राष्ट्रिय खेलकुद परिषद र कृषि विकास बैंकबीच १० वर्षे सम्झौता


  • -इ
  • इ+

काठमाडौं , पुस १५ । राष्ट्रिय खेलकूद परिषद् (राखेप) र कृषि विकास बैंकबीच १० वर्षे सम्झौता भएको छ । राखेपका सदस्य(सचिव रमेशकुमार सिलवाल र कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले मंगलबार उक्त सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौताअनुसार कर्मचारी कर्जा तथा सापटसम्बन्धी पाँच वर्ष स्थायी सेवा अवधि पूरा गरेका कर्मचारीलाई बिना धितो १५ लाखसम्मको तलबी खाता कर्जा उपलब्ध गराइने छ । राखेपले सञ्चालन गर्ने तालीम र सेमिनारमा बैंकका तालीम केन्द्रलगायत पूर्वाधार प्रयोग गर्दा बैंकले ५० प्रतिशत छुट दिनेछ ।

यस्तै सम्झौतामा खेलकूदको विकास र विस्तारका लागि स्थानीय तहदेखि केन्द्रसम्म सहमतिअनुसार खेल गतिविधिमा सहकार्य गर्न सकिने छ । परिषद्ले सञ्चालन गरेका कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकूद प्रतियोगिताको टिकट छपाई बैंकले गरिदिन सक्ने सम्झौतापत्रमा उल्लेख छ ।

सम्झौता पत्र आदनप्रदान गर्दै सदस्य सचिव सिलवालले सहकार्यले दुवै संस्थालाई एक ठाँउमा ल्याएको र यसको लाभ स्वभाविक रुपमा दुवैलाई मिल्ने बताए । उनले बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत छुट्टयाएको बजेटको २५ प्रतिशत रकम मात्र खेलकूदमा लगानी गर्नसके महत्वपूर्ण हुने उल्लेख गरे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले नेपालको खेलकूद क्षेत्रसँग प्रत्यक्षरुपमा जोडिन पाउँदा संस्था गौरवान्वित भएको बताए । उनले विगतलाई स्मरण गर्दै भलिबलका १० राष्ट्रिय खेलाडीलाई संस्थामा आबद्ध गरेर खेलकूदमा संलग्न भई काम गरेको र पुनः खेलकुदसँग जोडिँदा नतिजा फलदायी हुने विश्वास व्यक्त गरे ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares