Friday, April 26
Shadow

देशभरको मौसम कस्तो ? काठमाडौंको तापक्रम २ डिग्री


  • -इ
  • इ+

काठमाडौं , पुस १५ । पश्चिमी वायुको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशको मौसम आशिंकदेखि सामान्य बदली हुने सम्भावना रहेको छ ।

यस्तै प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भेगमा आशिंक बदली हुने र बाँकी ठाउँको मौसम सफा रहने बताइएको छ । मौसम बदली भए पनि तत्काल पानी पर्ने र उच्च हिमपात हुने सम्भावना भने नरहेको महाशाखाले जनाएको छ । यसैबीच बुधबार बिहान काठमाडौंको तापक्रम २ डिग्री सेल्सियस मापन गरिएको छ । मंगलबार यो वर्षकै कम १ दशमलव १ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार काठमाडौंको तापक्रम १६ देखि १८ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ ।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares