Friday, April 26
Shadow

ठूल्ठूला आयोजनामा बैंकहरूको लगानी बढ्दै


  • -इ
  • इ+

काठमाडौं, पुस १५ । पछिल्लो समय बैंकहरूले ठूल्ठूला आयोजनामा लगानी गर्ने क्रम बढ्दै गएको सम्बद्ध अधिकारी बताउँछन्। ‘केही वर्षयता संघ मात्र नभई प्रदेश र स्थानीय तहमा पनि भौतिक पूर्वाधारका थुप्रै काम हुन थालेका छन्,’ नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी भन्छन्, ‘जसले गर्दा बैंकलाई लगानी गर्न सहज मात्र भइरहेको छैन। पूर्वाधार निर्माणमा पनि टेवा पुगिरहेको छ।’

बैंकर्स एसोसिएसनका अनुसार असोजसम्म वाणिज्य बैंकहरूले विभिन्न क्षेत्रमा ३० खर्ब ३० अर्ब ४१ करोड रूपैयाँ लगानी गर्दा निर्माण क्षेत्रमा तीन खर्ब एक अर्ब २९ करोड रूपैयाँ कर्जा प्रवाह भएको छ। निर्माण क्षेत्रमा प्रवाह भएको कर्जामध्ये असारदेखि असोजसम्म मात्र ६ अर्ब १७ करोड ३० लाख रूपैयाँ लगानी भएको एसोसिएसनले जनाएको छ।आजको नागरिक दैनिकमा समाचार छ ।

निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहाल पूर्वाधारमा बैंकले लगानी वृद्धि गर्दै लगे पनि अनिवार्य धितो लिने क्रम कायमै रहेको बताए। ‘हामीले परियोजनाका आधारमा कर्जा पाउनुपर्छ भन्ने माग गरिरहेका छौं,’ उनले भने, ‘तर बैंकहरूले धितो नलिई कर्जा दिन मान्दैनन्।’ अहिलेसम्म बैंक तथा वित्तीय संस्थाले सबभन्दा बढी जलविद्युत्, होटलको क्षेत्रमा कर्जा लगानी गरेको उनको भनाइ छ।

बैंकरहरूका अनुसार कोरोना भाइरसको महामारी सुरु नभएको भए पछिल्लो अवधिमा निर्माण क्षेत्रमा ठूलो रकम लगानी हुने अनुमान गरिएको थियो।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares