Tuesday, May 26
Shadow

Month: December 2020

सेञ्चुरी कमर्सियल बैंकले ७.५० प्रतिशत लाभांश वितरण गर्ने

सेञ्चुरी कमर्सियल बैंकले ७.५० प्रतिशत लाभांश वितरण गर्ने

आर्थिक, ब्यानर समाचार, समाचार
काठमाण्डौँ, मंसिर ३० सेञ्चुरी कमर्सियल बैंकले आफ्ना सेयरधनीहरूलाई गत आर्थिक वर्षको नाफाबाट ७.५० प्रतिशत लाभांश दिने घोषणा गरेको छ। जसमध्ये चुक्ता पुँजीको ५.२५ प्रतिशत बोनस सेयर २.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो। २९ मंसिर २०७७ मा बसेको बैंकको ३२६ औं सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ५.२५ प्रतिशत बोनस सेयर र २.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। सो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति एवं बैंकको १० औं वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिने जनाइएको छ।...
चोभारमा टिपर र मोटरसाइकल ठोक्किँदा खोटाङका एकजनाको मृत्यु

चोभारमा टिपर र मोटरसाइकल ठोक्किँदा खोटाङका एकजनाको मृत्यु

दुर्घटना, मुख्य समाचार
काठमाण्डौँ, मंसिर ३० काठमाडौंको किर्तिपुर नगरपालिका-६ चोभारमा गएराति टिपर र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। बल्खुबाट चोभारतर्फ जाँदै गरेको बा. ४ ख ४५६५ नम्बरको टिपर र विपरित दिशाबाट आउँदै गरेको स. १० प ४९१३ नम्बरको मोटरसाइकल गएराति सवा ९ बजे आपसमा ठोक्किएका हुन्। घटनास्थलमै मृत्यु हुनेमा मोटरसाइकल चालक खोटाङ च्यास्मीटार घर भएका २४ वर्षीय सरोज राई छन्। दुवै सवारीसाधनसहित टिपर चालकलाई महानगरीय प्रहरी वृत्त किर्तीपुरले नियन्त्रणमा लिइसकेको छ।...
शिखर इन्स्योरेन्सले सुरु गर्‍यो ‘अटो प्लस’ बीमा योजना

शिखर इन्स्योरेन्सले सुरु गर्‍यो ‘अटो प्लस’ बीमा योजना

आर्थिक, ब्यानर समाचार 2, समाचार
काठमाण्डौँ, मंसिर २९ शिखर इन्स्योरेन्सले ‘अटो प्लस’ बीमा योजना सार्वजनिक गरेको छ। कम्पनीले सोमबार राजधानीमा एक कार्यक्रम गरी उक्त योजना सार्वजनिक गरेको हो। बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले शिखर इन्स्योरेन्स कम्पनीले आजबाट औपचारिक रूपमा बिक्री सुरू गरेको अटो प्लस बीमा योजना शुभारम्भ गरेका हुन्। शिखर अटो प्लस बीमा योजनामा दुर्घटनामा हुने ह्रास कट्टी फिर्ता, मर्मतको समयमा ट्याक्सी खर्च र पूर्ण क्षतिमा नयाँ सवारी साधन दिने सुविधा समावेश भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेले जानकारी दिए। कार्यक्रममा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले कोरोना शिखर इन्स्योरेन्सले अटो बीमाको क्षेत्रमा नयाँ योजना सार्वजनिक गरेको बताए। उनले यसअघि नेपालमा नरहेको बीमा योजना उक्त कम्पनीले सार्वजनिक गरेको जानकारी दिए। त्यसैगरी, कार्यक्रममा शिखर इन्स्योरेन्सका अध्यक्ष राजेन्द्रप्...
‘राजा आऊ देश बचाउ’ भन्दै कपिलवस्तुमा प्रदर्शन

‘राजा आऊ देश बचाउ’ भन्दै कपिलवस्तुमा प्रदर्शन

मुख्य समाचार, राजनिती, स्थानिय तह
कपिलवस्तु, मंसिर, २९ देशमा अब राजतन्त्रको विकल्प छैन् भन्दै सोमवार कपिलवस्तुमा राजाबादीहरुले प्रदर्शन गरेका छन् । राष्ट्रिय झण्डासहित उपस्थित उनीहरुले कपिलवस्तुको चार नं बाट ओदारी, पचेहरा, जहदी, सहित तौलिहवाम बजारको विभिन्न ठाँउमा मोटरसाइकल र्याली गरेका हुन् । मोटरसाइकिल रैली तौलिहवाको प्रशासन चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।र्यालीमा सहभागीले राजतन्त्र जिन्दाबाद, राजा आऊ देश बचाउ, हिन्दू धर्मको रक्षा गरौं, अखण्ड नेपाल जिन्दाबाद, राजसंस्थाको विकल्प छैन जस्ता नारा सहित बाजागाजा का साथ तौलिहवा शहर परिक्रमा गरेका थिए ।कोणसभामा बिभिन्न वक्ताहरुले राजसंस्था पूर्नवहालीको माग गरेका थिए । प्रदर्शनकारीले राजतन्त्रको पक्षमा उभिन सबैलाई आवह्वान गरेका थिए । राजावादी हरुको बाक्लो उपस्थिति रहेको राजाबादी समर्थक प्रेम शंकर शुक्लले जानकारी दिए ।...
विश्वभर युट्यूब र गुगलका सेवाहरू ‘डाउन’

विश्वभर युट्यूब र गुगलका सेवाहरू ‘डाउन’

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2, समाचार, सुचना प्रविधि
काठमाण्डौँ, मंसिर २९ अहिले विश्वभरि नै गुगलका सेवाहरु जस्तै युट्युब, जी–मेल, ड्राइभ, ह्याङआउटलगायत प्राविधिक कारणले ‘डाउन’ हुँदा चल्न सकेका छैनन् । यस किसिमका रिपोर्टबारे खबर गर्ने ‘डाउन डिटेक्टर’ का अनुसार गुगलको सफ्टवेयरमा समस्या भएकाले यस्तो भएको जनाएको छ । यस्तोमा अहिले सामाजिक सञ्जालभरि मानिसहरुले गुगल समक्ष काममा अवरोध पुर्याएको भनि विभिन्न गुनासो गरिरहेका छन् । युट्युबले आफ्नो आधिकारिक ट्वीटर अकाउन्टमार्फत यसको समाधानमा लागिरहेको जनाएको छ ।...
त्रिशूली अस्पतालमा कोरोना सङ्क्रमित महिलाले नवजात शिशु जन्माइन्

त्रिशूली अस्पतालमा कोरोना सङ्क्रमित महिलाले नवजात शिशु जन्माइन्

ब्यानर समाचार, समाचार, स्थानिय तह, स्वास्थ्य
काठमाण्डौँ, मंसिर २९ त्रिशूली अस्पताल नुवाकोटले कोभिड–१९ सङ्क्रमित एक महिलालाई प्रसूति सेवा प्रदान गरेको छ। तारकेश्वर गाउँपालिका–६ निवासी २१ वर्षीया महिलालाई अस्पतालले सेवा प्रदान गरेको हो। ती महिलाले आइतबार अस्पतालमा नवजात शिशुलाई जन्म दिएकी थिइन्। व्यक्तिगत सुरक्षा कवचसहितको सावधानी अपनाएर प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा सुनिता केसी र नर्स सुमित्रा न्यौपानेले ती महिलालाई प्रसूति सेवा उपलब्ध गराएका हुन्। ती सङ्क्रमित महिलाका लागि अलग ‘विशेष आइसोलेशन’ कक्ष तयार गरेर सुत्केरी सेवा उपलब्ध गराइएको थियो। कोरोना सङ्क्रमितको उपचारका लागि अस्पतालमा क्लिनिक सेवा भए पनि सङ्क्रमितको स्वास्थ्यमा समस्या देखिए पछि काठमाडौँमा पठाइने गरिएको थियो।...
नुवाकोटका गायक सैलेन्द्र  मुडवरीको “घुम्न जाउँन” चाडैँ आउँदै बजारमा

नुवाकोटका गायक सैलेन्द्र मुडवरीको “घुम्न जाउँन” चाडैँ आउँदै बजारमा

मनोरञ्जन, समाचार, साहित्य/कला
महेन्द्र अधिकारी/ललितपुर,मंसिर २९ पछिल्लो समयको सांगितिक बजारमा नेपाली गित संगित चर्चा परिचर्चामा रहेको छ । नुवाकोट बिदुर ६,ईनारपाटीमा जन्मिएर आफ्नो गित संगितमा छुट्टै पहिचान बनाउन सफल गायक हुन् सैलेन्द्र मुडवरी यसै सन्दर्भमा सैलेन्द्र मुडवरीको भर्खरै मात्र “ घुम्न जाउँन ” बोलको गीत रेर्कड भएको छ । “ घुम्न जाउँन ” बोलको गीतमा सैलेन्द्र मुडबरी को सुमधुर स्वर रहेको छ । यो गीतमा निकै चर्चित संगीतकार गायक राम सिटैला को शब्द ,संगीत रहेको छ भने यो गितलाई ओपोलो डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । यो गीतमा बिश्व अधिकारीको एरेन्ज रहेको छ भने रेकर्डिङ बिब्लप अधिकारी ले गरेका छन् । “ घुम्न जाउँन ” बोलको गीतले नुवाकोट को विभिन्न ठाउँको पर्यटन क्षेत्रलाई समेटिएको छ । गीतको म्युजिक अडियो भिडियो सहित नेपाली बजारमा चाडैँ ल्याउने पनि गायक मुडवरीले जानकारी दिएका छन् ।...
पुस १० देखि फिल्म हल सञ्चालन गर्ने चलचित्र संघको निर्णय

पुस १० देखि फिल्म हल सञ्चालन गर्ने चलचित्र संघको निर्णय

आर्थिक, ब्यानर समाचार, मनोरञ्जन, समाचार
काठमाण्डौँ, मंसिर २९ नेपाल चलचित्र संघले आगामी पुस १० गतेदेखि फिल्म हल सञ्चालन गर्ने निर्णय गरेको छ । सरकारले चलचित्र घर खुलाउन कुनै पनि चासो नदिएकाले बाध्य भएर यो निर्णय गर्नुपरेको संघका अध्यक्ष मधुसुदन प्रधानले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा विश्व स्वास्थ्य संगठनले तय गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइ फिल्म हल सञ्चालन गर्ने उल्लेख गरिएको छ भने विभिन्न ९ बुँदे माग राख्दै चरणबद्ध आन्दोलन गर्ने निर्णय पनि गरेको छ । कोरोना महामारीका कारण सरकारले फिल्म हल सञ्चलनमा रोक लगाएको थियो भने यसअघि नै विभिन्न क्षेत्र खुला गरिएपनि संक्रमणको जोखिमका कारण फिल्म हल खुलाउने निर्णय गरेको छैन ।...
आज देशभर सरकार विरुद्ध कांग्रेसद्धारा विरोध प्रदर्शन

आज देशभर सरकार विरुद्ध कांग्रेसद्धारा विरोध प्रदर्शन

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, मंसिर २९ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोनाभाइरस महामारी जोखिमका बीच आज काठमाडौंलगायत ७७ जिल्लामा सरकार विरुद्ध शक्ति प्रदर्शन गरेको छ । केपी शर्मा ओली नेतृत्वको सरकारले भ्रष्टाचार बढाएको र जनअपेक्षाअनुसार काम नगरेको भन्दै कांग्रेसले प्रदर्शन गरेको हो। काठमाडौंमा विभिन्न ठाउँबाट प्रदर्शनसहित कांग्रेस कार्यकर्ता शान्तिबाटिका आइपुगेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेलले शान्ति बाटिकामा कोणसभालाई सम्बोधन गर्दैछन् । कांग्रेसले शीर्ष नेतालाई जिल्लामा खटाएको छ। सभापति शेरबहादुर देउवा मकवानपुरस्थित हेटौंडामा भएको प्रदर्शनमा भाग लिन पुगेका छन्।भक्तपुरमा उपसभापति विमलेन्द्र निधि, ललितपुरमा कोषाध्यक्ष सीतादेवी यादव, झापामा सहमहामन्त्री प्रकाशशरण महतले कोण सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।...
नेपाली काँग्रेस युवा संगठन तरुण दल र नेवि संघले गरे धादिङबेसीमा सिठ्ठी जुलुस प्रदर्शन

नेपाली काँग्रेस युवा संगठन तरुण दल र नेवि संघले गरे धादिङबेसीमा सिठ्ठी जुलुस प्रदर्शन

राजनिती, समाचार, स्थानिय तह
काठमाडौ, मंसिर २८ नेपाली काँग्रेस धादिङ युवा संगठन तरुण दल र नेपाल विद्यार्थी संघले धादिङबेसीमा सिठ्ठी जुलुस प्रदर्शन गरेका छन् । नेपाली काँग्रेस धादिङले धादिङबेसीमा सरकार विरुद्ध सोमबार गर्ने विरोध प्रदर्शनको पूर्व सन्ध्यामा काँग्रेस निकट यी दुई संगठनहरुले धादिङबेसीमा सिठ्ठी जुलुस प्रदर्शन गरेका हुन् । पुछार बजारबाट निस्किएको मोटर साइकल र्याली सहितको सिठ्ठी जुलुस सोमबारको विशाल विरोध प्रदर्शनको तयारी सकिएको जनाउ भएको विद्यार्थी संघ धादिङका अध्यक्ष इश्वर अधिकारीले बताए । काँग्रेसले धादिङबेसीमा मंसिर २९ गते सरकार विरुद्ध प्रदर्शन गर्ने सरकारको सर्वसत्तावादी प्रवृत्ति तथा शृङ्खलाबद्ध भ्रष्टाचारका विरुद्ध जन आवाज बुलन्द गरौं, भन्ने मुल नाराको साथ वर्तमान कम्युनिष्ट सरकारको विभेद, पक्षपात र सर्वसत्तावादी प्रवृत्तिको विरुद्ध मंसिर २९ गते धादिङबेसीमा बृहत प्रदर्शन गरिने समेत अधिकारीले ...