Friday, March 29
Shadow

‘राजा आऊ देश बचाउ’ भन्दै कपिलवस्तुमा प्रदर्शन


  • -इ
  • इ+


कपिलवस्तु, मंसिर, २९
देशमा अब राजतन्त्रको विकल्प छैन् भन्दै सोमवार कपिलवस्तुमा राजाबादीहरुले प्रदर्शन गरेका छन् ।

राष्ट्रिय झण्डासहित उपस्थित उनीहरुले कपिलवस्तुको चार नं बाट ओदारी, पचेहरा, जहदी, सहित तौलिहवाम बजारको
विभिन्न ठाँउमा मोटरसाइकल र्याली गरेका हुन् ।

मोटरसाइकिल रैली तौलिहवाको प्रशासन चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।र्यालीमा सहभागीले राजतन्त्र जिन्दाबाद, राजा आऊ देश बचाउ, हिन्दू धर्मको रक्षा गरौं, अखण्ड नेपाल जिन्दाबाद, राजसंस्थाको विकल्प छैन जस्ता नारा सहित बाजागाजा का साथ तौलिहवा शहर परिक्रमा गरेका थिए ।कोणसभामा बिभिन्न वक्ताहरुले राजसंस्था पूर्नवहालीको माग गरेका थिए ।

प्रदर्शनकारीले राजतन्त्रको पक्षमा उभिन सबैलाई आवह्वान गरेका थिए । राजावादी हरुको बाक्लो उपस्थिति रहेको राजाबादी समर्थक प्रेम शंकर शुक्लले जानकारी दिए ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares