Tuesday, April 23
Shadow

नेपाली काँग्रेस युवा संगठन तरुण दल र नेवि संघले गरे धादिङबेसीमा सिठ्ठी जुलुस प्रदर्शन


  • -इ
  • इ+

काठमाडौ, मंसिर २८
नेपाली काँग्रेस धादिङ युवा संगठन तरुण दल र नेपाल विद्यार्थी संघले धादिङबेसीमा सिठ्ठी जुलुस प्रदर्शन गरेका छन् ।

नेपाली काँग्रेस धादिङले धादिङबेसीमा सरकार विरुद्ध सोमबार गर्ने विरोध प्रदर्शनको पूर्व सन्ध्यामा काँग्रेस निकट यी दुई संगठनहरुले धादिङबेसीमा सिठ्ठी जुलुस प्रदर्शन गरेका हुन् ।

पुछार बजारबाट निस्किएको मोटर साइकल र्याली सहितको सिठ्ठी जुलुस सोमबारको विशाल विरोध प्रदर्शनको तयारी सकिएको जनाउ भएको विद्यार्थी संघ धादिङका अध्यक्ष इश्वर अधिकारीले बताए ।

काँग्रेसले धादिङबेसीमा मंसिर २९ गते सरकार विरुद्ध प्रदर्शन गर्ने सरकारको सर्वसत्तावादी प्रवृत्ति तथा शृङ्खलाबद्ध भ्रष्टाचारका विरुद्ध जन आवाज बुलन्द गरौं, भन्ने मुल नाराको साथ वर्तमान कम्युनिष्ट सरकारको विभेद, पक्षपात र सर्वसत्तावादी प्रवृत्तिको विरुद्ध मंसिर २९ गते धादिङबेसीमा बृहत प्रदर्शन गरिने समेत अधिकारीले बताए ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares