Friday, May 22
Shadow

Month: December 2020

थप ८३० जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित १० हजार ९९४

थप ८३० जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित १० हजार ९९४

ब्यानर समाचार 2, समाचार, स्वास्थ्य
काठमाण्डौँ, मंसिर २८ पछिल्लो २४ घण्टामा नेपालमा ८३० जना कोरोना संक्रमित भेटिएका छन्। यो सँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४८ हजार ४२३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। आइतबार थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय ९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ। नेपालमा हालसम्म १८ लाख ३१ हजार ४१ जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ५१६ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये १० हजार ९९४ जना सक्रिय संक्रमित छन्। आज १५०० जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कुल निको हुनेको संख्या २ लाख ३५ हजार ७३१ पुगेको छ।...
‘वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल’ प्रगतिशील नेपाली समाज युएई संगठन गठन

‘वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल’ प्रगतिशील नेपाली समाज युएई संगठन गठन

राजनिती, समाचार
जसिन्द्र श्रीपाली,काठमाण्डौँ, मंसिर २८ उत्पादन सहितको समाजवादी क्रान्तिका लागि नेपाली कम्युनिस्ट आन्दोलन लाई निरंतरता दिनको लागि प्रगतिशील सोच र बिचार भएका सबै देश भक्त नेपालीहरु एक हौ भन्ने विचारका साथ युएईमा बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालको प्रवास संगठनले जीवन दासको अध्यक्षतामा २९ सदस्यीय प्रगतिशील नेपाली समाज युएई गठन गरेको छ । विश्व सर्वहारा—श्रमिक वर्ग तथा सिंगो मानवताको मुक्तिको विचारधारा माक्सवादका प्रवर्तक कार्ल माक्र्सको द्धिशवतवार्षिकीको विशेष सन्दर्भम पारेर २०७५ बैशाख २१ गते नेपालबाट नयाँ युगको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल निर्माणको संगठित पहल शुरु भएको घोषणा गरिएको थियो । विश्वभक्त दुलाल ‘आहुती’को संयोजकत्वमा ५१औ वैचारिक , राजनितिक तथा समाजवादी सदस्य समिति निर्माण गरेर यात्रा थालनि गरेको वैज्ञानिक समाजबादी नेपाल हाल देश भर र विभिन्न प्रबास...
काठमाडौं महानगरले ‘मिर्गौला बचाउ अभियान’ शुरु गर्दै

काठमाडौं महानगरले ‘मिर्गौला बचाउ अभियान’ शुरु गर्दै

ब्यानर समाचार, समाचार, स्थानिय तह, स्वास्थ्य
काठमाण्डौँ, मंसिर २८ काठमाडौँ महानगरपालिकाले ‘मिर्गौला बचाउ अभियान’ शुरु गर्न लागेको छ । २६ औं महानगर दिवसबारे जानकारी दिन आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सामुदायिक र सरकारी अस्पतालसँगको समन्वयमा यो अभियान शुरु गर्न लागेको जानकारी दिए । ‘काठमाडौँ महानगरपालिकाले सामुदायिक र सरकारी अस्पतालसँगको सहकार्यमा अहिले पनि मिर्गौलामा समस्या भएका महानगरवासीका लागि निःशुल्क हेमोडाइलासिस सेवा सञ्चालन गर्ने गरिरहेको छ । सबै काम आफैं गर्नुपर्छ भन्ने होइन । गुणस्तरीय सेवाका लागि विशेषज्ञता हासील गरेका संघ संस्था तथा निकायसँगको सहकार्यमा नागरिकलाई आवश्यक पर्ने सेवा सहज बनाउने हाम्रो प्रयास हो,’ उनले भने । अस्पतालहरुमा अक्सिजन प्लान्ट राख्ने, कोविड–१९ को महामारीका बेला अस्पतालहरुलाई पीसीआर मेसिनसहित स्वास्थ्य सामाग्री हस्तान्तरण गर्ने, कोभिड संक्रम...
प्रदर्शनमा मास्क प्रयोग र भौतिक दूरी कायम गर्न सभापति देउवाको अपील

प्रदर्शनमा मास्क प्रयोग र भौतिक दूरी कायम गर्न सभापति देउवाको अपील

ब्यानर समाचार, राजनिती, समाचार, स्वास्थ्य
काठमाण्डौँ, मंसिर २८ काँग्रेस सभापति शेरबहादुर देउवाले सोमबारका लागि तय भएको देशव्यापी प्रदर्शनमा कोरोना कहरलाई ख्याल गर्दै मास्क प्रयोग गर्न र भौतिक दूरी कायम गर्न अपील गरेका छन् । प्रतिपक्षका रूपमा कांग्रेसले निरन्तर सालिन, संवाद मैत्री र जिम्मेवार भूमिका निभाउँदै आएपनि सरकारले भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफूलाई केन्द्रित गर्दै लगेकाले सडकमा आउनु परेको देउवाको भनाइ छ । ‘प्रतिपक्षका रूपमा नेपाली काँग्रेसले निरन्तर सालिन, संवाद मैत्री र जिम्मेवार भूमिका निभाउँदै आयो, तर वर्तमान सरकारले एकातर्फ त्यसलाई कमजोरीका रूपमा बुझ्ने धृष्टता गर्‍यो भने अर्कातर्फ भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफुलाई केन्द्रित गर्दै लग्यो । यस्तो प्रवृत्तिको परिणाममा नेपाली जनतामा सरकारप्रति व्यापक वितृष्णा फैलिएको छ’, आइतबार देउवाले जारी गरेको अपीलमा भनिएको छ, ‘सरकारप्रतिको वितृष्णा...
तेह्रथुममा पोखरीमा डुबेर तीन बालिकाको मृत्यु

तेह्रथुममा पोखरीमा डुबेर तीन बालिकाको मृत्यु

दुर्घटना, मुख्य समाचार, स्थानिय तह
काठमाण्डौँ, मंसिर २८ तेह्रथुममा शनिबार दिउँसो खेल्न निस्किएका तीनजना बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ । जिल्लाको छथर गाउँपालिका–६ कोलाबुङमा बनाइएको पोखरीमा डुबेर बालिकाको मृत्यु भएको हो । ‘शनिबार दिउँसो साथीसँग खेल्न गए भनेर परिवारले लामो समयसम्म खोजी गर्नु भएनछ’, छथर गाउँपालिकाका प्रवक्ता राजन नेपालीले भने, ‘साँझसम्म नआएपछि सोधिखोजी गर्दा तीनजना बालिकाको शव पोखरीमा भेटिएको हो ।’ सुख्खा क्षेत्र भएकाले स्थानीय कृषकले सिंचाइका लागि बनाएको प्लास्टिकको पोखरीमा बालिका डुबेको उनको भनाइ छ । दुई परिवारका तीन बालिकाको मृत्यु भएको हो । कपिला लिम्बुका छोरीहरु ७ र आठ वर्षीय रञ्जना र रोजीनासँगै खेल्न गएकी देवेन्द्र लिम्बुकी ६ वर्षीया छोरी सुहानाको मृत्यु भएको हो । शनिबार दिउँसोकै घटना भए पनि स्थानीय र प्रहरीले साँझमात्र थाहा पाएका थिए । अहिले शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल म्याङल...
हिमालय क्षेत्रको महत्व चिन्न विश्व समुदायलाई प्रधानमन्त्री ओलीको आग्रह

हिमालय क्षेत्रको महत्व चिन्न विश्व समुदायलाई प्रधानमन्त्री ओलीको आग्रह

ब्यानर समाचार, मौसम, राजनिती, समाचार
काठमाण्डौँ, मंसिर २८ प्रधानमन्त्री केपी ओलीले हिमालयको महिमा बोध गर्न विश्व समुदायलाई आग्रह गरेका छन् । जलवायु महत्वाकांक्षा सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्वव्यापी तापक्रम वृद्धि नियन्त्रण गर्न र समुन्द्रको पर्यावरणीय सन्तुलन कायम राख्न भन्दै यस्तो आग्रह गरेका हुन् । ‘विश्वव्यापी तापक्रम बृद्धि नियन्त्रण गर्न र समुद्रको पर्यावरणीय संन्तुलन कायम राख्न हिमालयको महिमा बोध गर्नका लागि म विश्वलाई आग्रह गर्दछु’, सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भने, ‘नेपालले यस वर्षको अन्त्यसम्ममा परिस्कृत एनडीसी प्रस्तुत गर्नेछ र सन् २०५० भित्र शून्यःप्राय कार्बन उत्सर्जनको परिदृश्यमा पुग्न महत्वाकांक्षी दीर्घकालीन रणनीति तर्जुमा गर्नेछ ।’ ओलीले कोरोना संकटको समयमा सम्मेलनको आयोजना गरेकोमा चिली, फ्रान्स, इटाली, संयुक्त अधिराज्य र संयुक्त राष्ट्र संघको नेतृत्वको सर...
यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

टिप्स, ब्यानर समाचार 2, मौसम
काठमाण्डौँ, मंसिर २८ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले हाल देशमा पश्चिमी वायुकोआंशिक प्रभाव रहेको जनाएको छ । भने, हाल प्रदेश नं १, ३ का केहि भूभागमा आंशिक बदली रहेको छ । यसैगरी, आइतबार दिउँसो प्रदेश नं १, ३, तथा सुदूरपश्चिम प्रदेशका केहि भूभागमा आंशिक बदली रहने छ। भने, राति प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहने छ । प्रदेश १ को पहाडी भूभागका एकदुई स्थानमा हल्का बर्षाको सम्भावना समेत रहेको छ । यस्तै, सोमबार दिउँसो देशको पहाडि भूभागहरुमा आँशिक बदली रही बाँकि भेगमा मौसम सामान्यतया सफा रहनेछ । र, राति देशको पहाडि भूभागहरुमा आँशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ । त्यसैगरी, मंगलबार दिउँसो देशको पहाडि भूभागहरुमा आँशिक बदली रही बाँकि भेगमा मौसम सामान्यतया स...
बैंकको एटीएम बुथ तोडफोड गरिरहेको अवस्थामा खोटाङका १ जना पक्राउ

बैंकको एटीएम बुथ तोडफोड गरिरहेको अवस्थामा खोटाङका १ जना पक्राउ

अपराध, मुख्य समाचार
काठमाण्डौँ, मंसिर २७ काठमाडौं महानगरपालिका-१ दरबारमार्गस्थित नेपाल इन्भेष्टमेन्ट बैंकको एटीएम बुथ तोडफोड गरिरहेको अवस्थामा काठमाडौं कपन बस्ने खोटाङ घर भएका ३० वर्षीय आनन्द तामाङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनले उक्त एटीएम बुथ तोडफोड गर्दै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले फेला पारी पक्राउ गरेको हो । तोडफोडबाट बुथको दाँया भागको शिशा फुटेको र एक थान सिसिटिभिमा क्षति पुगेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।...
२४ घण्टामा ८९९ जनामा कोरोना संक्रमण

२४ घण्टामा ८९९ जनामा कोरोना संक्रमण

ब्यानर समाचार 2, समाचार, स्वास्थ्य
काठमाण्डौँ, मंसिर २७ पछिल्लो २४ घण्टामा नेपालमा ८९९ जना कोरोना संक्रमित भेटिएका छन्। यो सँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४७ हजार ५९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। शनिबार थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय ८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ। नेपालमा हालसम्म १८ लाख २५ हजार ८६० जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ५१९ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये ११ हजार ६७३ जना सक्रिय संक्रमित छन्। आज १३५९ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कुल निको हुनेको संख्या २ लाख ३४ हजार २३१ पुगेको छ।...
कोरोनाको भ्याक्सिन सहज आपूर्ति सरकारको प्राथमिकता : अर्थमन्त्री पौडेल

कोरोनाको भ्याक्सिन सहज आपूर्ति सरकारको प्राथमिकता : अर्थमन्त्री पौडेल

ब्यानर समाचार, राजनिती, समाचार, स्वास्थ्य
काठमाण्डौँ, मंसिर २७ अर्थमन्त्री विष्णु पौडलले कोरोनाको भ्याक्सीनलाई सहज आपूर्ति सरकारको प्राथमिकता रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघको पाँचौं महासभाको आज काठमाडौँमा उद्घाटन गर्दै मन्त्री पौडेलले कोरोनाको गुणस्तरीय र तुलनात्मक रुपमा सस्तो भ्याक्सीनको सहज आपूर्ति गर्ने सरकारको अबको प्राथमिकता रहेको बताए । विश्वबजारमा सहज हुने बित्तिकै नेपालले पनि कोरोनाको भ्याक्सीन आपूर्ति गर्ने बताउँदै उनले यसबारे अन्य देशहरुसँग छलफल भइरहेको बताए ।...