Friday, May 22
Shadow

Month: December 2020

सामाजिक सञ्जालमा तहल्का मच्चाउँदै नेपाल प्रहरीको त्यो डान्स (भिडियोसहित)

सामाजिक सञ्जालमा तहल्का मच्चाउँदै नेपाल प्रहरीको त्यो डान्स (भिडियोसहित)

भिडियाे, मनोरञ्जन, मुख्य समाचार
काठमाण्डौँ, पुष ३ यति बेला नेपाल प्रहरीको एक डान्स भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । कुनै कार्यक्रम हल जस्तो देखिने स्थानमा केही प्रहरी जवान र महिला प्रहरी नाचिरहेका देख्न सकिन्छ । केही भने पाश्र्वमा ताली बजाइरहेका पनि सुन्न सकिन्छ । मै राम्री हुन के गरुँ भन्देउ बोलको गीतमा महिला प्रहरी नाचिरहेकी देखिन्छिन भने अर्का एक जवान रमाइलो किसिमले कम्मर मर्काइरहेका देख्न सकिन्छ । सो भिडियोबारे सामाजिक सञ्जालमा थुप्रै सकारात्मक प्रतिकृयाहरु आइरहेका छन् । सदैव देश र जनताको सेवामा अहोरात्र खटिने प्रहरीका आफ्नो ब्यक्तिगत जीन्दगीमा पनि कहिलेकाही हुने रमाइलोले जनतामा सकारात्मक सन्देश फैलिने गर्दछ । हेर्नुहस् भिडियोसहित…. https://www.youtube.com/watch?v=l-KglEjiDVw&feature=emb_logo...
एकैसाथ १२ सीडीओको सरुवा, को कहाँ पुगे ?

एकैसाथ १२ सीडीओको सरुवा, को कहाँ पुगे ?

ब्यानर समाचार, समाचार, समाज, स्थानिय तह
काठमाण्डौँ, पुष ३ गृह मन्त्रालयले एकैसाथ १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ । गृह मन्त्री रामबहादुर थापाले शुक्रबार ललितपुरका प्रजिअ सहित १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो । मन्त्रालयले ललितपुरको प्रजिअको रुपमा मन्त्रालयका सहसचिव ढुण्डीप्रसाद निरौलालाई जिम्मेवारी दिएको छ । सरुवाहुने अन्य प्रमुख जिल्ला अधिकारीहरु यस प्रकार रहेका छन् । ...
तमानखोला गा.पा का ६ वटै वडामा अब अनलाईन मार्फत काम गरिने

तमानखोला गा.पा का ६ वटै वडामा अब अनलाईन मार्फत काम गरिने

शिक्षा, समाचार, समाज, सुचना प्रविधि, स्थानिय तह, स्वास्थ्य
जसिन्द्र श्रीपाली काठमाण्डौ, भौगोलिक रुपमा विगत रहेको बाग्लुङ तमानखोलाका ६ वटै वडा कार्यालय , स्वास्थ्य संस्था,र सामुदायीक बिद्यालयमा अब अनलाईन मार्फत काम हुने भएका छन । नेपाल सरकारले घटना दर्ता अनिवार्य अनलाईन दर्ता गर्नुपर्ने नियम पारित गरे संगै आफुहरुले उक्त नियम अनुरुप पहिलो खण्डमा प्रत्येक वडामा आबश्यक पर्ने मेसेनरि सामान वितरण गरिसकिएको र दोस्रो खण्डमा इन्टरनेट सुविधा पु¥गाउन तार तान्ने काम सम्पन्न गरेको प्रभात लामिछानेले जानकारि दिनुभयो । भौगालिक रुपमा तमानखोलाका प्रत्येक वडा केन्द्र देखि निक्कै टाढा पर्ने र भिन्नाभिन्नै ठाउमाँ तार तान्नुपर्ने भएकोले सोचेभन्दा केहि ढिला हुन पुगेको अधिकृत लामिछानेले जानकारि दिनुभयो । हाल सबै वडामा इन्टरनेट सुविधा पु¥याई सकिएको र अब तत्काल कामहरु अनलाईन मार्फत दर्ताहुने उहालँले बताउनु भयो । अधिकृत लम्सालका अनुसार कार्यालय सचिव हरुलाई अन्लाइन दर्...
पछिल्लो २४ घण्टामा नेपालमा थप ७८२ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा नेपालमा थप ७८२ जनामा कोरोना संक्रमण

ब्यानर समाचार 2, समाचार, स्वास्थ्य
काठमाण्डौँ, पुष ३ पछिल्लो २४ घण्टामा नेपालमा ७८२ जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५२ हजार ४७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। शुक्रबार थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय ६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ। पछिल्लो २४ घण्टामा ५७०६ जनाको पिसिआर परीक्षण भएको छ। नेपालमा हालसम्म १८ लाख ६१ हजार ४३० जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ४२७ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये ९ हजार ३१७ जना सक्रिय संक्रमित छन्। आज १०२९ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कुल निको हुनेको संख्या २ लाख ४१ हजार ३९२ पुगेको छ।...
गायक शिव परियारको स्वर तथा संगीतमा समावेश ‘आँसुको अर्थ ३’ सार्वजनिक

गायक शिव परियारको स्वर तथा संगीतमा समावेश ‘आँसुको अर्थ ३’ सार्वजनिक

मनोरञ्जन, साहित्य/कला
महेन्द्र अधिकारी/ललितपुर,पौष ३ गायक शिव परियारको स्वर तथा संगीतमा समावेश ‘आँसुको अर्थ ३’–तिमीले पो सक्यौ त’ सार्वजनिक भएको छ । यो भन्दा अगाडिका २ सिरिजलाई दर्शकले निकै मन पराएपछि शिव ले गीतकै तेश्रो ३ सिरिज सार्वजनिक गरेका हुन् । सो यो गितमा रवि अधिकारी को शब्द रहेको छ । गीतको भिडियोमा नायक आकाश श्रेष्ठको मुख्य भूमिका रहेको छ । प्रेमिकाको बियोगमा छटपटिएको प्रेमीको भूमिकालाई आकाशले उत्कृष्ट तरिकाले निर्वाह गरेका छन् । भिडियोमा नायिका स्वस्तिमा खड्कालाई पनि देख्न सकिन्छ । निकेश खड्काले निर्देशन गरेको यो भिडियोमा हरि हुमागाँइको छायांकन, विकास धमलाको सम्पादन छ । उक्त भिडियोलाई शिव परियार को आफनै युटुब बाट डिजिटल मार्केटमा सार्बजानिक गरिएको छ । सोही गितको म्युजिक भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस् ।  https://www.youtube.com/watch?v=YU9-mhwA5Y4...
घोडाघोडि नगरपालिका १ मा रिङरोड निर्माण कार्य सुरु हुँदै

घोडाघोडि नगरपालिका १ मा रिङरोड निर्माण कार्य सुरु हुँदै

आर्थिक, समाचार, स्थानिय तह
ललित संज्याल/काठमाण्डौँ, पुष ३ घोडाघोडि नगरपालिका वडा नं १ मा रिङरोड निर्माण हुने भएको छ। करीब १२ कि मि निर्माण हुन लागेको रिङरोड २ करोड ७२ लाख भएता पनि भ्याट सहित ४०५ वेलो अर्थात् १ करोड ५८ लाख मा रेखा निर्माणका सञ्चालक जनक बहादुर शाही सँग ठेक्का सम्झौता भएको छ । गत पुष महिनाको अन्तिम शुक्रबार सम्झौता गरिएको रिङरोड पहिलो चरणमा ३.५६ किमी लम्बाई र चौडाई ५.५ मि मात्र कालो पत्रे हुने भएको छ बाकि निर्माण कार्य आगामि आ । ब। मा हुने नगरपालिकाका इन्जिनियर सन्तोष चन्दले बताए। वडा नं १ का अध्यक्ष मनराज शहिको पहलमा ल्याइएको आयोजनाले १ नम्बर वडाबासि र सेबाग्राहिहरु ह्र्सित भएका छन् ।...

Pg Slot

Uncategorized
Many different consumers love learning casino pai gow poker, however , concern this crowds, change, strains, in addition to charge the fact that originated from mastering slot machines within the accurate casino. With internet gizmos, a few of the web-sites proposing internet baccarat flash games can easily make suggestions in such a renowned online casino game. (more…)
अध्यादेश फिर्ता लिन प्रधानमन्त्री ओली सहमत

अध्यादेश फिर्ता लिन प्रधानमन्त्री ओली सहमत

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष १ संबैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिन प्रधानमनत्री केपी शर्मा ओली तयार भएका छन् । ओली अध्यादेश फिर्ता लिन सहमति जनाएपछि नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक पनि सुरु भएको छ । बालुवाटारमा सुरु भएको बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली पनि सहभागी भएका छन् । ओलीको यस्तो सहमतिपछि संसदको विशेष अधिवेशनको माग पनि फिर्ता गर्ने पनि सहमति जुटेको छ ।...
थप ७३६ जनामा कोरोना संक्रमण

थप ७३६ जनामा कोरोना संक्रमण

मुख्य समाचार, स्वास्थ्य
काठमाण्डौँ, पुष १ पछिल्लो २४ घण्टामा नेपालमा ७३६ जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५० हजार ९१६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। बुधबार थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय ४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ। पछिल्लो २४ घण्टामा ५५५५ जनाको पिसिआर परीक्षण भएको छ। नेपालमा हालसम्म १८ लाख ४९ हजार १३६ जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ४५२ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये ९ हजार ७५७ जना सक्रिय संक्रमित छन्। आज ८४७ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कुल निको हुनेको संख्या २ लाख ३९ हजार ४१६ पुगेको छ।...
मानव विकास सूचकांकमा नेपाल दक्षिण एसियाली मुलुकको पाँचौं स्थानमा

मानव विकास सूचकांकमा नेपाल दक्षिण एसियाली मुलुकको पाँचौं स्थानमा

आर्थिक, जिवनसैली, ब्यानर समाचार, समाचार
काठमाण्डौँ, पुष १ नेपालले मानव विकास सूचकमा पाँच स्थान सुधार गर्दै १४२ औं स्थान पाउन सकेको छ। राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी)ले बुधवार जारी गरेको सूचकांकमा नेपाल १४७ औं स्थानबाट पाँच स्थान सुधार गर्दै १४२ औं स्थानमा उक्लेको हो। १८९ देशहरु समावेश मानव विकास सूचकांकमा ०.६०२ सूचक प्राप्त गरेको नेपाललाई मध्यम मानव विकास सूचीमा राखिएको छ। विश्वको औशत सूचकभन्दा नेपाल अझ धेरै तल नै छ। विश्वव्यापी तुलना गर्दा विश्वभर ०.७३७ सूचक प्राप्त छ। त्यस्तै लैंगिक विकास सूचक विश्वमा ०.९४३ हुँदा नेपालको ०.९३३ रहेको छ। मानव विकास सूचकांकमा औशत नेपालीको आयु ७०.८ वर्ष पुगेको छ। १९९० मा ५४.४ वर्ष रहेकोमा २०१८ मा ७०.५ वर्ष थियो। यूएनडीपीले दीर्घ स्थास्थ्य जीवन र औशत आयु, शिक्षा, आम्दानी, मानव अधिकार, सामाजिक सुरक्षा लगायतका आधारमा हरेक वर्ष मानव विकास सूचकांक सार्वजनिक गर्दै आएको छ। बुधवार एक क...