Thursday, March 28
Shadow

टिपरको ठक्करबाट दुई जना पैदल यात्रुको घटना स्थलमै मृत्यु


  • -इ
  • इ+

काठमाडौं , पुस १६ । काठमाडौंको चन्द्रागिरि नगरपालिका-१२, गुर्जुधारामा टिपरको ठक्करबाट दुई जनाको घटना स्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको गल्छी घर भइ थापथली बस्ने २७ वर्षीय अभय लामा र चितवन घर भइ गुर्जुधारा बस्ने २५ सुभास गमाल छन् ।

महानगरीय प्रहरी बृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठ अनुसार बुधबार राति १० तिर बा ४ ख २५७७ नम्बरको टिपरले काठमाडौं आयल स्टोर नजिकै बाटो काट्दै गरेका लामा र गमाललाई ठक्कर दिएको थियो ।

दुवैको घटनास्थलमै मृत्यु भएको श्रेष्ठले बताए ।उनीहरु एक होटल व्यवसायीको पार्टीमा गएर फर्किएका थिए । टिपर र चालक रामचन्द्र थापा प्रहरीको नियन्त्रणमा छन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares