Thursday, April 25
Shadow

निर्मला प्रकरणमा बर्खास्त एसपी डिल्लीराज विष्टको सरकारले गर्यो पुनर्बहाली


  • -इ
  • इ+

काठमाडौं , पुस १६ । सरकारले निर्मला पन्तको बलात्कारपछि भएको हत्या प्रकरण अनुसन्धानमा गडबडी गरेको आरोपमा बर्खास्त एसपी डिल्लीराज विष्टलाई पुनर्बहाली गरेको छ ।

बुधबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले एसपी विष्टलाई पुनर्बहाली गर्ने निर्णय लिएको हो । कञ्चनपुरको भीमदत्त नगरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार र हत्याकाण्डपछि विष्ट बर्खास्त भएका थिए ।

प्रहरी प्रधान कार्यालयको पत्रअनुसार गृहमन्त्रालयले विष्टलाई बर्खास्त गरेको थियो । बर्खास्त भएका विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टले पुनर्बहाली माग गर्दै मन्त्रिपरिषदमा निवेदन दिएका थिए । पन्तको बलात्कारपछि भएको हत्या प्रकरणको अनुसन्धानमा लापरबाही गरेको भन्दै दुवैलाई तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी सेवाबाट निष्काशन गर्न गृह मन्त्रालयलाई पत्राचार गरेका थिए ।

मन्त्रालयले एसपी विष्ट र प्रहरी निरीक्षक भट्टलाई भविष्यमा सरकारी सेवामा अयोग्य नहुनेगरी सेवाबाट हटाएको थियो । त्यसपछि उनीहरुले अन्याय भएको भन्दै उनीहरुले कानुनी उपचार खोज्‍ने बताएका थिए । हटाएको ३५ दिनभित्र पुनर्बहालीका लागि मन्त्रिपरिषद्‍मा दुवैले निवेदन दिएका थिए ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares