Thursday, April 23
Shadow

Month: November 2020

विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा शाक्य

विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा शाक्य

आर्थिक, ब्यानर समाचार 2, समाचार
काठमाण्डौँ, कार्तिक २४ सरकारले नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले मन्त्रिस्तरीय निर्णय गरी प्राधिकरणका वरिष्ठ उपकार्यकारी निर्देशक शाक्यलाई उक्त जिम्मेवारी दिनुभएको हो । गत शुक्रबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले एनइए इञ्जिनीयरिङ कम्पनीमा प्रबन्ध सञ्चालक रहेका शाक्यको काज फिर्ता गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा मन्त्री पुनले आइतबार अबेर शाक्यलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त कार्यकारी निर्देशकका रुपमा काम गर्ने गरी जिम्मेवारी तोक्नुभएको हो । मन्त्री पुन प्राधिकरण सञ्चालक समितिको अध्यक्ष समेत हुन् ।...
नुवाकोटमा पुन : निषेधाज्ञा, हेर्नुहोस् के गर्न पाईने के नपाईने

नुवाकोटमा पुन : निषेधाज्ञा, हेर्नुहोस् के गर्न पाईने के नपाईने

टिप्स, ब्यानर समाचार, समाचार, स्थानिय तह
काठमाण्डौँ, कार्तिक २४ जिल्लामा कोरोना संक्रमण बढे संगै पुन : निषेधाज्ञाको तयारी गरिएको छ । २५ गते राति १२ बजे देखि अर्को निर्णय नभए सम्म लागु हुने गरि निषेधाज्ञाको तयारी गरिएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ । निषेधाज्ञा बारे प्रशासन कार्यालयले जारी गरेको यो सुचना हेर्नुहोस् : कोभिड-१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नुवाकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालबाट जिल्लाभर लागू हुने गरी जारी गरिएको आदेश : विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड-१९ को संक्रमण नुवाकोट जिल्लामा पहिलो पटक २०७७ जेष्ठ महिनामा देखिएकोमा हाल कोभिड-१९ को संक्रमित व्यक्तिको संख्या यस जिल्लामा ६१८ पुग्नुका साथै १ जनाको दुःखद निधन समेत भइसकेको छ ।सर्वसाधारण नागरिक एवं स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, शिक्षक, व्यवसायी, सञ्चारकर्मी, जनप्रतिनिधि लगायत सबै क्षेत्रका व्यक्तिमा कोभिड-१...

Вырабатывая близкую цивилизацию, вам придется править экономикой, дипломатом, армейскими действиями Вулкан казино россия официальный сайт найти зеркало (ведь лишенный чего знающей войсках вы будете лакомым куском), торговлей, исследованием новых способов

Uncategorized
"Casino" - самый азбучный метод извлечь мощный ресурсы калоритных чувств а также изведать удачу. Интернет игорный дом имеет гряда неопровержимых плюсов награждающим его от подобных платформ. Должен разобрать каждое детальнее. Казино- сие однозначный доступный способ провести время во онлайн автоматах. лишенный чего выходных. (more…)
सल्यानमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

सल्यानमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

दुर्घटना, ब्यानर समाचार, समाचार, स्थानिय तह
काठमाण्डौँ, कार्तिक २२ सल्यानमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । शनिबार दाङको तुल्सीपुर बाट रोल्पाको सुख्खाओढार जाँदै गरेको लु १ ज २९,११ नम्बरको डबलक्याप सल्यानको छत्रेश्वरी गाउँपालिका–४ दिवांगघारीमा दुर्घटना हुँदा रोल्पाका तीन जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । दुर्घटनामा परि ज्यान गुमाउनेमा गाडी चालक रोल्पा गंगादेव गाउँपालिका–७ निवासी ३५ वर्षीय भिम बहादुर वली,सोही ठाउँका १७ वर्षीय भिमराज बुढा र गँगादेव गाउँपालिका –५ निवासी ६५ वर्षीय गंज बहादुर बुढा रहेको प्रहरी प्रमुख गोबिन्द थापाले जानकारी दिनुभयो । गाडीमा सवार अन्य ४ जना भने हाम फालेकाले सकुशल रहेको उहाँले बताउनु भयो । गाडी एक सय मिटर तल खसेको छ । घटनास्थलमा प्रहरी पुगी सकेको र घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।...
आज देशभर २७५३ जना कोरोना संक्रमित थपिए

आज देशभर २७५३ जना कोरोना संक्रमित थपिए

ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक २२ पछिल्लो २४ घण्टामा देशभर २ हजार ७ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९१ हजार ६ सय ३६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २ हजार २०६ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ५५ हजार ११४ जना निको भएका छन्। आज देशभर ३५ हजार ४३५ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घन्टामा १७ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या १०८७ पुगेको छ।...
जनक लामा र ललिता खड्काको स्वरमा “जीन्दगी खोलामा” भिडियो सार्वजनिक

जनक लामा र ललिता खड्काको स्वरमा “जीन्दगी खोलामा” भिडियो सार्वजनिक

Uncategorized, मनोरञ्जन
महेन्द्र अधिकारी/ललितपुर, कार्तिक २२ पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा गायक जनक लामा र ललिता खड्का को स्वरमा नयाँ गीत “ जीन्दगी खोलामा ” बजारमा सार्वजनिक भएको छ। यो गीतमा शब्द देर्बेन्द्र लामिछाने को रहेको छ भने संगीत जयनन्द लामा को रहेको छ भने थेगो रामचन्द्र घतानी को रहेको छ । यस गितलाई संगीत संयोजन राकेश सोनी ले गरेका छन् । मोहन खड्का को गौरवमय प्रस्तुतिमा सार्वजनिक भएको गीतमा सन्जिव ठकुरी को छायांकन रहेको छ । यो काठे लोक दोहोरी भाकालाई मारुनी डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । सो गीतलाई कुमार राना ले मिक्सिङ गरेका हुन् । सन्जिव ठकुरी ले निर्देशन ...
आवास पुनर्निर्माणका लागि अनुदान लिने अन्तिम समयसीमा तय

आवास पुनर्निर्माणका लागि अनुदान लिने अन्तिम समयसीमा तय

आर्थिक, ब्यानर समाचार, समाचार, समाज
काठमाण्डौँ, कार्तिक २१ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणका लागि अनुदान लिने नयाँ तथा अन्तिम समयसीमा तय गरेको छ । आज बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले यससम्बन्धी निर्णय गरेको हो । नयाँ समयसीमा अनुसार हालसम्म कायम भएका पुनर्निर्माण तथा प्रवलीकरण लाभग्राहीहरुले २०७७ मंसिर मसान्तसम्म अनुदान सम्झौता गरी पुस १५ सम्ममा पहिलो किस्ता लिई सक्नु पर्नेछ । त्यसैगरी, पहिलो किस्ता लिइसकेका सबै पुनर्निर्माण लाभग्राहीहरुले घर निर्माण सुरु गरी दोस्रो किस्ता लिनका लागि माघ मसान्तसम्ममा सम्बन्धित स्थानीय तहमा प्रमाणीकरणका लागि निवेदन दिनु पर्नेछ । सम्पूर्ण पुनर्निर्माण तथा प्रवलीकरण लाभग्राहीहरुले तेस्रो तथा अन्तिम किस्ता लिनका लागि २०७८ वैशाख मसान्तसम्ममा सम्बन्धित स्थानीय तहमा प्रमाणीकरणका लागि निवेदन दिनु पर्नेछ । प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले प्राधिक...
पछिल्लो २४ घण्टामा देशभर २९०९ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा देशभर २९०९ जनामा कोरोना संक्रमण

ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक २१ पछिल्लो २४ घण्टामा देशभर २ हजार ९ सय ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ८८ हजार ८ सय ८३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ४ हजार ५ सय जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ५२ हजार ९ सय ८ पुगेको छ। आज देशभर ३४ हजार ९ सय ५ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घन्टामा १८ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या १०७० पुगेको छ।...
“ह्याप्पी तिहार २” मा दुर्गेश थापा र पल शाहले खेले देउसी भैलो र्हेनुस् भिडियो सहित

“ह्याप्पी तिहार २” मा दुर्गेश थापा र पल शाहले खेले देउसी भैलो र्हेनुस् भिडियो सहित

मनोरञ्जन, साहित्य/कला
महेन्द्र अधिकारी/ललितपुर, कार्तिक दुर्गेश थापाको “ ह्याप्पी तिहार २ ” डन आयो डन बोलको गीत बजारमा सार्वजनिक भएको छ । दुर्गेश सहित पल शाह, योगेश काजी र शिव विक फिचर्ड गीतको भिडियो रमाइलो बनेको छ । “ ह्याप्पी तिहार २ ” मा दुर्गेश थापाको शब्द तथा संगीत रहेको छ । स्वरमा योगेश काजी ले साथ दिएका छन् भने एरेञ्ज सहस शाक्यको रहेको छ । भिडियोको निर्देशन तथा कोरियोग्राफी शिव विकले गरेका हुन् । गत साल दुर्गेशले ल्याएको ह्याप्पी तिहार चिसो बियर बिवादमा परेको थियो । अहिले आएको “ ह्याप्पी तिहार २ ” बोलको गितले भने बवादमा नपर्ने थापाले बताएका छन् । बिगतका सिर्जनाले जस्तै यो सिर्जनाले पनि दर्शक श्रोताको मन जित्न सफल होस् ईन्टरभ्यु नेपालको तर्फ देखि धेरै धेरै शुभकामना । सोही गितको म्युजिक भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस् । https://www.youtube.com/watch?v=PGqyCXWbb5E&feature=youtu.be&...
प्रधानमन्त्री ओली र भारतीय सेनाध्यक्ष नरवणेबीच शिष्टाचार भेट

प्रधानमन्त्री ओली र भारतीय सेनाध्यक्ष नरवणेबीच शिष्टाचार भेट

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाण्डौँ, कार्तिक २१ प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुभएका भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवणेले शुक्रबार शिष्टाचार भेट गर्नुभएको छ । भेटमा प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच असल मित्रता रहेको र कतिपय विषयमा दुई देशबीच रहेका समस्या संवादमार्फत समाधान हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले दुई देशबीच सदिऔँ पुरानो विशिष्ट सम्बन्ध रहेको जनाउँदै एकअर्का देशका सेनाप्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहेको बताउनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । गएको बुधवार नेपाल आउनुभएका नरवणेलाई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको उपाधि प्रदान गनु भएको थियो । तीन दिने नेपाल भ्रमणमा रहनुभएका नरवणे शुक्रबार नै स्वदेश फर्कनु हुनेछ ।...