महेन्द्र अधिकारी/ललितपुर, कार्तिक
दुर्गेश थापाको “ ह्याप्पी तिहार २ ” डन आयो डन बोलको गीत बजारमा सार्वजनिक भएको छ । दुर्गेश सहित पल शाह, योगेश काजी र शिव विक फिचर्ड गीतको भिडियो रमाइलो बनेको छ ।
“ ह्याप्पी तिहार २ ” मा दुर्गेश थापाको शब्द तथा संगीत रहेको छ । स्वरमा योगेश काजी ले साथ दिएका छन् भने एरेञ्ज सहस शाक्यको रहेको छ । भिडियोको निर्देशन तथा कोरियोग्राफी शिव विकले गरेका हुन् । गत साल दुर्गेशले ल्याएको ह्याप्पी तिहार चिसो बियर बिवादमा परेको थियो । अहिले आएको “ ह्याप्पी तिहार २ ” बोलको गितले भने बवादमा नपर्ने थापाले बताएका छन् ।
बिगतका सिर्जनाले जस्तै यो सिर्जनाले पनि दर्शक श्रोताको मन जित्न सफल होस् ईन्टरभ्यु नेपालको तर्फ देखि धेरै धेरै शुभकामना ।
सोही गितको म्युजिक भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस् ।