महेन्द्र अधिकारी/ललितपुर, कार्तिक २२
पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा गायक जनक लामा र ललिता खड्का को स्वरमा नयाँ गीत “ जीन्दगी खोलामा ” बजारमा सार्वजनिक भएको छ।
यो गीतमा शब्द देर्बेन्द्र लामिछाने को रहेको छ भने संगीत जयनन्द लामा को रहेको छ भने थेगो रामचन्द्र घतानी को रहेको छ । यस गितलाई संगीत संयोजन राकेश सोनी ले गरेका छन् ।
मोहन खड्का को गौरवमय प्रस्तुतिमा सार्वजनिक भएको गीतमा सन्जिव ठकुरी को छायांकन रहेको छ । यो काठे लोक दोहोरी भाकालाई मारुनी डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । सो गीतलाई कुमार राना ले मिक्सिङ गरेका हुन् ।
सन्जिव ठकुरी ले निर्देशन गरेको भिडियोमा र्अचना कौचा मगर र निर्देशन सन्जिव ठकुरी कै उत्कृष्ट अभिनय देख्न सकिन्छ। गीतको भिडियोलाई नागबेलि मिडिया अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
“ जीन्दगी खोलामा ” बोलको गीतको भिडियो उत्कृष्ट बनेको दर्शक श्रोताको प्रतिकृया एकदम राम्रो आएको सर्जक तथा गायक लामा ले जानकारी दिए ।
सोही गितको म्युजिक भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस् ।