Thursday, April 23
Shadow

Month: November 2020

आज २२ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ११४८ पुग्यो

आज २२ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ११४८ पुग्यो

मुख्य समाचार, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक २५ नेपालमा थप २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार १ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि सोमबार १८ जनाको मृत्यु भएको थियो। गत २४ घण्टामा २ हजार ७ सय ३६ जना भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९९ हजार ७ सय ६० पुगेको छ। कुल संक्रमितमध्ये ३८ हजार ३५ सक्रिय संक्रमित छन्। नेपालमा हालसम्म १५ लाख ६४ हजार २ सय १४ जनाको पिसिआर परीक्षण भएको छ। हाल १ हजार ५८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।...
मंगलबार देशभर २७३६ जना कोरोना संक्रमित थपिए

मंगलबार देशभर २७३६ जना कोरोना संक्रमित थपिए

ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक २५ पछिल्लो २४ घण्टामा देशभर २ हजार ७ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९९ हजार ७६० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ८५३ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ६० हजार ५७७ जना निको भएका छन्। आज देशभर ३८ हजार ३५ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घन्टामा २२ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या ११४८ पुगेको छ। पछिल्लो २४ घण्टामा १२ हजार ९६० जनाको पिसिआर परीक्षण भएको छ।...
धनगढीमा छोरी बचाउन आत्मरक्षा तालिम

धनगढीमा छोरी बचाउन आत्मरक्षा तालिम

समाचार, समाज, स्थानिय तह
काठमाण्डौँ, कार्तिक २५ छोरी–चेलीमाथि बलात्कार र हैरानीका घटनामा वृद्धि हुन थालेपछि धनगढीमा आत्मरक्षा तालिम दिन थालिएको छ । यसका लागि ‘प्रहार’ महिला विरुद्धको अभियान सुरु गरिएको छ । राष्ट्रिय गोजुरियो कराते–दो संघको प्राविधिक सहयोग तथा समन्वयमा ६ दिनदेखि ३० जना युवतीहरूलाई आत्मरक्षाका लागि प्रशिक्षक प्रशिक्षण तालिम दिन थालिएको छ । तालिम सात दिनसम्म चल्नेछ । तालिम पाएकाहरूलाई आत्मरक्षा तालिमको प्रशिक्षक बन्ने छन् । आत्मरक्षा तालिमको प्रशिक्षण राष्ट्रिय गोजुरियो कराँते संघ सुदूरपश्चिम अध्यक्ष प्रकाश चन्दले गरेका छन् । धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले महिलामाथि हुने बलात्कार र जबरजस्तीका घटना न्यून गर्न तालिमको आवश्यकता भएको बताइन् । तालिमबाट सिकेका सीपलाई गुणात्मक रूपमा छोरीचेलीसम्म पुर्‍याउनु होला उप–प्रमुख भट्टले भनिन्, ‘यसको उद्देश्य भनेको आत्मरक्षाका लागि मात...
तनले नछोए के भो आँखाले प्यार हुन्छ

तनले नछोए के भो आँखाले प्यार हुन्छ

मनोरञ्जन, साहित्य/कला
हाँसो मबाट खोसी पीडा फरार हुन्छ यस्तै भएर यो दिल जहिल्यै बिमार हुन्छ यौटा जवान ढल्दा सब सक्किए नसोच्नू यो वीरको मुलुक हो अर्को तयार हुन्छ वर्षा गरे नजरको दिल भित्र पुग्न सक्छ्यौ एकै छिटाले मेरो रातो मुहार हुन्छ बदनाम हुनु पहिल्यै यौटा उपाय सोचेँ बन्दी बनाए मात्रै छोरो कुमार हुन्छ बर्षौ पछाडि आयौ किरिया बसेको बेला तनले नछोए के भो आँखाले प्यार हुन्छ छाला निकाल मेरो आमाको सल बनाऊ टुक्रा बचे नफाल्नू बाको इँजार हुन्छ भन् ए १ समय तँ जाने कुन ठाउँ सम्म होला फुर्सद हुँदैन कहिल्यै जहिल्यै हतार हुन्छ वसन्त ओली (वसन्ती) दाङ...
सुनको मूल्य तोलामा ३ हजार घट्यो, यस्तो छ आजको भाउ

सुनको मूल्य तोलामा ३ हजार घट्यो, यस्तो छ आजको भाउ

आर्थिक, समाचार
काठमाण्डौँ, कार्तिक २५ आज नेपाली बजारमा एकै दिन सुनको मूल्य घटेको छ । अघिल्लो दिनको तुलनामा आज प्रतितोला तीन हजार ४०० रूपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९८ हजार २०० रूपैयाँ रहेको छापावाल सुनको भाउ आज ९४ हजार ८०० रूपैयाँ कायम गरिएको छ । यस्तै तेजाबी सुनको भाउ ९४ हजार ३०० रूपैयाँ कायम गरिएको छ । सोमबार तेजाबी सुनको भाउ तोलामा ९७ हजार ७०० रूपैयाँ थियो । यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । सोमबार प्रतितोला एक हजार २८५ रूपैयाँ कायम रहेको चाँदीको भाउ आज एक हजार २१५ रूपैयाँ कायम गरिएको छ ।...
चौतर्फी दबाबपछि कोरोनाको परीक्षण र उपचार नि:शुल्क गर्ने सरकारको निर्णय

चौतर्फी दबाबपछि कोरोनाको परीक्षण र उपचार नि:शुल्क गर्ने सरकारको निर्णय

ब्यानर समाचार, राजनिती, समाचार, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक २५ चौतर्फी दबाब र आलोचना बढेपछि सरकारले कोरोनाको परीक्षण र उपचार नि:शुल्क गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले सरकारी अस्पतालमा कोरोनाको उपचार निःशुल्क गर्ने निर्णय गरेको हो । सर्वोच्च अदालतले कोरोनाको परीक्षण तथा उपचार निःशुल्क गर्न सरकारका नाममा आदेश दिएपछि स्वास्थ्य मन्त्रालयले नि:शुल्क परीक्षण गर्नेबारे मन्त्रिपरिषद्मा प्रस्ताव लगेको थियो । स्वास्थ्य मन्त्रालयको प्रस्तावअनुसार नै सरकारले परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको हो । यसअघि सर्वोच्चले नि:शुल्क परीक्षण र उपचार गर्न आदेश दिए पनि सरकारले सबै नागरिकको नि:शुल्क परीक्षण र उपचार गर्न नसक्ने भन्दै सर्वोच्चको फैसलामाथि पुनरावलोकन निवेदन दिएको थियो । सर्वोच्चले पुनरावलोकन नहुने आदेश सुनाएपछि परीक्षण र उपचार नि:शुल्क गर्न सरकार बाध्य भएको हो । त्यस्तै, मन्त्रिपरिषद् बैठकले कोरो...
चोरी मुद्दाका फरार सूर्यगढीका एक अभियुक्त साढे ३ वर्षपछि पक्राउ

चोरी मुद्दाका फरार सूर्यगढीका एक अभियुक्त साढे ३ वर्षपछि पक्राउ

अपराध, मुख्य समाचार, स्थानिय तह
काठमाण्डौँ, कार्तिक २४ चोरी मुद्दामा अदालतबाट फैसला भई फरार रहेका नुवाकोटका एक अभियुक्तलाई पक्राउपछि कारागार चलान गरिएको छ । सूर्यगढी गाउँपालिका ३ का रमेश तामाङलाई सोमबार जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेर नुवाकोट अदालतमा बुझाएको थियो । तामाङलाई अदालतले सोमबार कारागार चलान गरेको छ । नुवाकोट जिल्ला अदालतको गत ०७३ फागुन ११ गते रहजनी चोरी मुद्दामा दोषी ठहरिई १२ वर्ष २ महिना कैद र १ लाख २२ हजार १ सय ६८ रुपैयाँ जरिवानाको फैसला गरेको थियो । अदालतको फैसलालगत्तै निज तामाङ फरारको जिल्ला प्रहरी कार्यालयका डिएसपी तथा सूचना अधिकारी हरिबहादुर वलीले बताए । प्रहरी टोलीले सोमबार पक्राउ गरी नुवाकोट अदालत पेस गरेपछि निजलाई अदालतले कैद भुक्तानका लागि कारागार चलान गर्न आदेश दिएको थियो ।...

No Put Spins Free

Uncategorized
Latest final thoughts brought in Sept. 12.Subscribe to strike secure capable at and find re-writes with regards to your email statement everyday. This specific bonus is geared to a new participant azines 1st to start with deposit. (more…)
गणेशमानको जन्मजयन्तीमा बुद्धिनारायण श्रेष्ठलाई शान्ति स्वर्णपदक

गणेशमानको जन्मजयन्तीमा बुद्धिनारायण श्रेष्ठलाई शान्ति स्वर्णपदक

ब्यानर समाचार, राजनिती, समाचार, समाज
काठमाण्डौँ, कार्तिक २४ गणेशमान सिंहको १०६ औं जन्मजयन्तीको अवसरमा गणेशमान सिंह फाउण्डेशनले काठमाडौंमा सोमबार आयोजना गरेको कार्यक्रममा सभामुख अग्नीप्रसाद सापकोटाले सिमाबिद बुद्धिनारायण श्रेष्ठलाई शान्ति स्वर्ण पदकबाट विभूषित गरेका छन् । कार्यक्रममा सामजिक दुरि कायम गर्दै पुर्ण रुपमा स्वास्थ्य मापदण्ड पालना गरिएको थियो । गणेशमान सिंह तथा जन आन्दोलन सहिद स्मृति शान्ती प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा लौह पुरुष गणेशमान सिंहको योगदानको चर्चा गरिएको थियो ।  ...
सोमबार देशभर २५७१ जना कोरोना संक्रमित थपिए

सोमबार देशभर २५७१ जना कोरोना संक्रमित थपिए

ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक २४ पछिल्लो २४ घण्टामा देशभर २ हजार ५ सय ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९७ हजार २४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर १ हजार ७९८ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ५९ हजार ७२४ जना निको भएका छन्। आज देशभर ३६ हजार १७४ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घन्टामा १८ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या ११२६ पुगेको छ। पछिल्लो २४ घण्टामा ११ हजार १७७ जनाको पिसिआर परीक्षण भएको छ।...