Friday, April 19
Shadow

सल्यानमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु


  • -इ
  • इ+

काठमाण्डौँ, कार्तिक २२
सल्यानमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । शनिबार दाङको तुल्सीपुर बाट रोल्पाको सुख्खाओढार जाँदै गरेको लु १ ज २९,११ नम्बरको डबलक्याप सल्यानको छत्रेश्वरी गाउँपालिका–४ दिवांगघारीमा दुर्घटना हुँदा रोल्पाका तीन जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

दुर्घटनामा परि ज्यान गुमाउनेमा गाडी चालक रोल्पा गंगादेव गाउँपालिका–७ निवासी ३५ वर्षीय भिम बहादुर वली,सोही ठाउँका १७ वर्षीय भिमराज बुढा र गँगादेव गाउँपालिका –५ निवासी ६५ वर्षीय गंज बहादुर बुढा रहेको प्रहरी प्रमुख गोबिन्द थापाले जानकारी दिनुभयो ।

गाडीमा सवार अन्य ४ जना भने हाम फालेकाले सकुशल रहेको उहाँले बताउनु भयो । गाडी एक सय मिटर तल खसेको छ । घटनास्थलमा प्रहरी पुगी सकेको र घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares