Friday, April 26
Shadow

नुवाकोटमा पुन : निषेधाज्ञा, हेर्नुहोस् के गर्न पाईने के नपाईने


  • -इ
  • इ+

काठमाण्डौँ, कार्तिक २४
जिल्लामा कोरोना संक्रमण बढे संगै पुन : निषेधाज्ञाको तयारी गरिएको छ । २५ गते राति १२ बजे देखि अर्को निर्णय नभए सम्म लागु हुने गरि निषेधाज्ञाको तयारी गरिएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ ।

निषेधाज्ञा बारे प्रशासन कार्यालयले जारी गरेको यो सुचना हेर्नुहोस् :
कोभिड-१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नुवाकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालबाट जिल्लाभर लागू हुने गरी जारी गरिएको आदेश :

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड-१९ को संक्रमण नुवाकोट जिल्लामा पहिलो पटक २०७७ जेष्ठ महिनामा देखिएकोमा हाल कोभिड-१९ को संक्रमित व्यक्तिको संख्या यस जिल्लामा ६१८ पुग्नुका साथै १ जनाको दुःखद निधन समेत भइसकेको छ ।सर्वसाधारण नागरिक एवं स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, शिक्षक, व्यवसायी, सञ्चारकर्मी, जनप्रतिनिधि लगायत सबै क्षेत्रका व्यक्तिमा कोभिड-१९ संक्रमण देखिएको र समुदायस्तरमा फैलिरहेको छ ।

पछिल्लो अवधिमा लकडाउन खुकुलो भएपश्चात र सार्वजनिक यातायात सुचारु भएको अवस्थामा जनस्वास्थ्यका मापदण्डको पूर्णपालना नहुँदा तथा पर्याप्त सतर्कता नअपनाउँदा नुवाकोट जिल्लामा पनि कोभिड-१९ को संक्रमण फैलिने दर तीव्र हुँदै गएको छ। हाल नुवाकोट जिल्लाका अधिकांश स्थानीय तहमा सक्रिय संक्रमित व्यक्ति रहेका छन् ।

दिपावली, नेपाल सम्वत र छठ लगायतका नेपालीहरुको चाडवाड नजिक आउँदै गरेको तथा कोभिड-१९ संक्रमणको जोखिम बढिरहेको विषम परिस्थितिमा विगतका वर्षहरू झैं चाडपर्वहरु मनाउन बाहिरबाट नुवाकोट जिल्लाभित्र आउने क्रम बढिरहेको अवस्थामा समुदायका सबै घर, कार्यालय, व्यवसायिक स्थल लगायत सवै सार्वजनिक स्थानमा जनस्वास्थ्यका मापदण्डहरु पालना नभएमा कोभिड-१९ को प्रकोप नियन्त्रण बाहिर जानसक्ने प्रवल सम्भावना रहेको छ।

काठमाडौं स्थित विशिष्ट सेवा प्रदायक अस्पतालहरु समेत संक्रमित विरामीहरुले भरिभराउ भइसकेको र आइ.सी.यू तथा भेन्टिलेटर सेवा पर्याप्त नभएको तथा कोभिड-१९ संक्रमणले सृजना भएको जटिल परिस्थितिलाई समेत मध्यनजर गर्दै नुवाकोट जिल्लालाई कोभिड-१९ को सम्भावित उच्च जोखिमबाट जोगाउन २०७७ साल कार्तिक २५ गते राती १२.०० बजेदेखि अर्को आदेश नभएसम्मका लागि नुवाकोट जिल्लाभर लागू हुने गरी नेपाल सरकार मन्त्रिपरिषदको निर्णय, स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिमको अधिकार प्रयोग गरी देहाय अनुरुप गर्न गराउन यो आदेश जारी गरिएको छ। यो आदेशको बर्खिलाप भए गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा समेत जानकारी गराइन्छ ।

निषेध गरिएका गतिविधिहरुः
(क) सार्वजनिक खेलकूद, नाच, मेला, देउसी, भैलो तथा भीडभाड हुने कार्यक्रमको आयोजना तथा सञ्‍चालन,
(ख) जात्रा, महोत्सव, भोजभतेर र हाटबजार, मानिसहरु भेला हुन, सभा, जुलुश वा प्रर्दशन जस्ता कार्य गर्न गराउन,
(ग) मन्दिर, गुम्बा, चैत्य, बिहार, मस्जिद, चर्च आदिमा सामूहिक भेला हुन, सामूहिक रुपमा आश्रय लिइ बस्न तथा सामूहिक भेला हुने खालका कुनै किसिमका मेला, जात्रा, पर्व, समारोह हुन गर्न। कुनै प्रकारका भेला, सम्मेलन तथा जमघटका कार्यक्रम गर्न गराउन।
(घ) सबै प्रकारका भेला, सम्मेलन, धार्मिक, सांस्कृतिक, सामाजिक (विवाह, व्रतवन्ध) गतिविधिहरु गर्नका लागि हुने जमघटहरु गर्न गराउन,
(ङ) सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, मापदण्ड र प्रोटोकल विपरितका कार्यहरु,
(च) रङ्गशाला, खेलकुदस्थल, फुटसल, शारीरिक सुगठन गर्ने स्थल तथा जिमखाना, फिटनेस सेन्टर, सैलुन तथा ब्युटिपार्लरहरु सञ्चालन गर्न,
(छ) मिति २०७७ कार्तिक २५ गते मंगलबारबाट जिल्ला भित्रका सरकारी, निजी तथा गैरसरकारी क्षेत्रले आफ्नो आफ्नो निकायबाट प्रदान गरिने अति आवश्यक सेवा सञ्चालन तथा व्यवस्थापन गर्न निर्धारित प्रक्रिया, समय र मापदण्ड अनुरुप तोकिएका स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रुपमा पालना गराई सेवा प्रदान गर्ने बाहेकका कार्यहरु,
(ज) विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना तथा विद्यार्थी सिकाई सहजीकरण निर्देशिका, २०७७ विपरित गर्न
(झ) नेपाल सरकारले तोकेको मापदण्ड विपरित बढी भीडभाड हुने गरी व्यापार, व्यवसाय, निर्माण कार्य गर्न र श्रमिकहरुको ओसारपसार तथा प्रयोग गर्न,
(ञ) तोकिएको स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगरी नगराई सवारी साधन प्रयोग तथा सञ्‍चालन गर्न,

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares