Thursday, April 23
Shadow

Month: November 2020

कुवेतमा बस दुर्घटनामा परी दुई नेपालीको मृत्यु

कुवेतमा बस दुर्घटनामा परी दुई नेपालीको मृत्यु

अन्तर्राष्ट्रिय, दुर्घटना, मुख्य समाचार
काठमाण्डौँ, कार्तिक २१ कुवेतको एउटै कम्पनीमा कार्यरत दुई जना नेपालीको बस दुर्घटनामा मृत्यु भएको छ । उनीहरू दुवैजना कुवेतको सिजिजिसी कम्पनीमा कार्यरत थिए । कम्पनीको काम सकेर कोठा फर्किने क्रममा उनीहरु चढेको बस दुर्घटनामा परेको थियो । कुवेतस्थित नेपाली राजदूतावासले दिएको जानकारी अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा जाजरकोटका दीपक सिंह ठकुरी र अर्का एक जना ठेगाना नखुलेका पल बहादुर पुन रहेका छन् । घाइते भएर उपचारका क्रममा ठकुरीको नोभेम्बर ४ तारिखमा र पुनको नोभेम्बर ५ तारिखमा दिन मृत्यु भएको हो । मृतक ठकुरी ३ वर्षदेखि कुवेतमा कार्यरत थिए । उनीहरू कार्यरत कम्पनीको बसलाई विपरीत दिशाबाट आइरहेको मालवाहक गाडीले ठक्कर दिँदा दुर्घटना भएको हो । दूतावासले कम्पनीसँग समन्वय गरेर मृत दुवै जनाको शवलाई नेपाल पठाउने जनाएको छ ।...
सर्जक तथा गायक शम्भु नेपालको शब्द रामशरण आलेको स्वरमा “ घैया मकै ” भिडियो सार्वजनिक

सर्जक तथा गायक शम्भु नेपालको शब्द रामशरण आलेको स्वरमा “ घैया मकै ” भिडियो सार्वजनिक

मनोरञ्जन, साहित्य/कला
महेन्द्र अधिकारी/ललितपुर, कार्तिक २१ पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा गायक रामशरण आले , रामशरण ढकाल र काब्य आचार्य को स्वरमा नयाँ गीत “ घैया मकै ” बजारमा सार्वजनिक भएको छ। यो गीतमा शब्द सर्जक तथा गायक शम्भु नेपाल को रहेको छ भने संगीत राम्जी थापा मगर को रहेको छ । यस गितलाई संगीत संयोजन विष्णु तामाङ्ग ले गरेका छन् । शिवपुरी म्युजिक को गौरवमय प्रस्तुतिमा सार्वजनिक भएको गीतमा मुकेश हुमागाई कोे छायांकन रहेको छ भने डेभिड सिलवाल ९रतिराम ०ले सम्पादन गरेका छन्। यो दोहोरी भाकालाई शंकरा डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । सो गीतलाई कुमार सानु पुन ले मिक्सिङ गरेका...
पत्रकार शिवाकोटीलाई जिपीके फाउन्डेसन अमेरिकाको सम्मान

पत्रकार शिवाकोटीलाई जिपीके फाउन्डेसन अमेरिकाको सम्मान

समाचार, समाज
काठमाण्डौँ, कार्तिक १९ नेपाल प्रेस युनियनका महासचिव तथा हाम्राकुरा डटकमका प्रधान सम्पादक अजयबाबु शिवाकोटीलाई जिपीके फाउन्डेसन अमेरिकाले सम्मान गरेको छ । कोरोना भाइरसको महामारीका बेला प्रवासमा रहेका नेपालीहरुको समस्या र मुद्दाहरुमा सक्रियतापूर्वक कलम चलाएवापत फाउन्डेसनले शिवाकोटीसहित विश्वका विभिन्न देशमा क्रियाशिल नेपाली पत्रकारहरुलाई सम्मान गरेको फाउन्डेसनका अमेरिकाका संयोजक सोमनाथ घिमिरेले जानकारी दिए । सुशासनका क्षेत्रमा सक्रियतापूर्वक कलम चलाएवापत केहि महिना अगाडी शिवाकोटीलाई रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपालले बासु रोटरी भोकेशनल सुशासन अवार्ड रोटरी वर्ष २०१९–२० बाट पुरस्कृत गरेको थियो । सम्मानित हुनुहुने पत्रकार शिवाकोटी २०५४ सालदेखि पत्रकारिता क्षेत्रमा आवद्ध भई ईमेज टिभी, नेपाल वान टिभी, रेडियो नेपाललगायतका संचार माध्याममा रहेर काम गरिसकेका छन् ।...
त्रिविको परीक्षा विद्यार्थीले पायकपर्ने ठाउँबाट दिन पाउने

त्रिविको परीक्षा विद्यार्थीले पायकपर्ने ठाउँबाट दिन पाउने

टिप्स, ब्यानर समाचार, समाचार, समाज
काठमाण्डौँ, कार्तिक १९ त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई पायकपर्ने परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था गरेको छ । बन्दाबन्दी (लकडाउन)को बेला हुन नसकेका परीक्षा त्रिविले विद्यार्थीलाई आफ्नो पायकपर्ने परीक्षा केन्द्रबाट दिने व्यवस्था मिलाएको हो । विद्यार्थी जहाँ छन् त्यहीँ नजिकको त्रिविले तोकेको परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था मिलाएपछि अब धेरै विद्यार्थीलाई काठमाडौँ आउनुपर्ने छैन । त्रिविको रजिष्ट्रार डा पेशल दाहालले कोभिड–१९ को कारणले विद्यार्थीलाई सहज बनाउन आफूले पायकपर्ने परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने व्यवस्था गरिएको बताए । यसका लागि त्रिविले अनलाइन फारामबाट तोकिएको परीक्षा केन्द्र रोज्न भनेको छ । परीक्षा नियन्त्रण कार्यालय बल्खुको वेवसाइटमा गएर विद्यार्थीले आफूलाई पायकपर्ने ठाउँमा रहेको त्रिविले तोकेको परीक्षा केन्द्र रोज्न पाउने छन् । सोही परीक्षा केन्द्र...
पछिल्लो २४ घण्टामा देशभर ३३०९ जनामा कोरोना संक्रमण, मृत्यु ३०

पछिल्लो २४ घण्टामा देशभर ३३०९ जनामा कोरोना संक्रमण, मृत्यु ३०

ब्यानर समाचार 2, समाचार, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक १९ पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३ सय ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ८२ हजार ९ सय २३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार ८ सय ४४ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ४४ हजार ९ सय ७८ पुगेको छ। आज देशभर ३६ हजार ९ सय ११ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घन्टामा ३० जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या १०३४ पुगेको छ।...
कुनै हालतमा राजीनामा दिन्न : प्रधानमन्त्री ओली

कुनै हालतमा राजीनामा दिन्न : प्रधानमन्त्री ओली

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, कार्तिक १९ प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले आफूले राजीनामा नदिने बताएका छन् । बुधबार मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन गर्दै उनले सो धारणा राखेका हुन् । केही सञ्चारमाध्यममा राजीनामा दिन पर्यो भनेर हल्ला फैलिएको भन्दै प्रधानमन्त्री ओलीले अहिले आफुले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान धकेल्नु हो भने । उनले जनताको आवश्यकता र समर्थनले आफु प्रधानमन्त्री भएको भन्दै कुनै हालतमा राजीनामा नदिने स्पष्ट पारे । अस्थिरताको खेती गर्नेहरुले सरकारको जेमा पनि आलोचना गर्ने गरेको भन्दै देशको स्थिरताका लागि आफुले काम गरेको दावी गरे ।...
रिलायन्स लाइफले सुरु गर्‍यो सीमित वर्षको बीमा शुल्क तिर्दा पनि पुरै जोखिम बहन गर्ने पोलिसी

रिलायन्स लाइफले सुरु गर्‍यो सीमित वर्षको बीमा शुल्क तिर्दा पनि पुरै जोखिम बहन गर्ने पोलिसी

आर्थिक, ब्यानर समाचार, समाचार, सुचना प्रविधि
काठमाण्डौँ, कार्तिक १९ रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले सीमित वर्षको लागि बीमा शुल्क भुक्तानी गरेर पनि बीमालेख अवधिभर सुरक्षा पाउने लिमिटेड इन्डाउमेन्ट पोलिसी ल्याएको छ। यो योजना खरिदपछि यदि बीमितको मृत्यु भएमा इच्छाइएको व्यक्तिले बीमा जारी र बीमा दाबीको समयावधि हेरी बीमाङ्क रकमको अधिकतम २२५ प्रतिशतसम्म र आर्जित बोनस भुक्तानी प्राप्त गर्नेछन्। यो योजना १६ वर्षदेखि ६५ वर्ष उमेर समूहकाले खरिद गर्न सक्नेछन्। यस योजनाअन्तर्गत न्यूनतम बीमाङ्क रकम ५० हजार रुपैयाँ कायम गरिएको छ भने अधिकतम बीमाङ्क रकम कम्पनीको नियम बमोजिम हुनेछ। यस योजनामा बीमाअवधि न्यूनतम १० वर्ष र अधिकतम २५ वर्षसम्म रहेको छ। योजनाको बीमाशुल्क भुक्तानी अवधि ८, १२, १६ र २० वर्ष रहेको छ। यो पोलिसी खरिद गर्दा बीमितले थप न्युनतम शुल्क भुक्तानीमा दुर्घटना मूत्यु सुविधा, स्थायी अशक्तता र बीमा शुल्क मिनाहा जस्ता अतिरिक्त सुव...
भारतीय पत्रकार अर्नव गोस्वामी पक्राउ

भारतीय पत्रकार अर्नव गोस्वामी पक्राउ

अन्तर्राष्ट्रिय, अपराध, मुख्य समाचार
काठमाण्डौँ, कार्तिक १९ भारतीय पत्रकार अर्नव गोस्वामी पक्राउ परेका छन् । उनलाई मुम्बई प्रहरीले पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनी रिपब्लिक टीभीका प्रधान सम्पादक पनि हुन् । उक्त टेलिभिजनले पनि अर्नव पक्राउ परेको पुष्टि गरेको छ । आत्महत्या सम्बन्धी पुरानो मुद्दालाई लिएर उनलाई पक्राउ गरिएको जनाइएको छ । प्रहरीका अनुसार सन् २०१२ मा रिपब्लिक टीभीले बक्यौता नदिएको आरोपमा एक वास्तुकार र उनकी आमाले आत्महत्या गरेका थिए । आज बिहान अर्नवको निवासमा पुगेका प्रहरीले उनलाई पक्राउ गरेका हुन् । करिब १५ जना जति प्रहरी अधिकारी अर्नवको निवास पुगेका थिए ।...

BBQ Beginning Boys

Uncategorized
Weber is the principal brand throughout bbqing technologies. People African-american political figures must get some exactly what certain ideas for the challenge of our men and even women. With the identical second, those Weber gas gas barbecue grills include workable queues, aluminum Flavorizer rungs, and stylish steel duration designs. (more…)
एक साताभित्र बिमा भुक्तानी गर्न अर्थमन्त्री पौडेलको निर्देशन

एक साताभित्र बिमा भुक्तानी गर्न अर्थमन्त्री पौडेलको निर्देशन

आर्थिक, ब्यानर समाचार, राजनिती, समाचार, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक १८ कोरोना बिमाको दाबी भुक्तानीमा भइरहेको ढिलाइबारे अर्थमन्त्री विष्णु पौडेलले चासो लिनुभएको छ । मन्त्री पौडेलले मंगलबार सरोकारवालाहरुलाई बोलाएर बिमा दाबी भुक्तानीलाई सरल र सहज बनाउन निर्देशन दिनुभएको छ । मन्त्रालयका प्रवक्ता रामेश्वर दंगालका अनुसार कोरोना पोजिटिभ प्रमाणित भएको अवस्थामा बिमालेख बमोजिम प्रदान गरिने बिमांक रकम एक साताभित्र भुक्तानी गर्ने निर्णय भएको छ । त्यसको अनुगमन र समन्वय बिमा समितिले गर्नेछ । कोरोना बिमा दाबी भुक्तानीमा आएका गुनासो सम्बोधन गर्न हेल्प डेस्क सञ्चालन गर्ने पनि निर्णय भएको छ । बैठकमा अर्थमन्त्रीका सचिवहरु, बिमा समितिका अध्यक्ष, नेपाल बिमक संघका अध्यक्षलगायतको उपस्थिति थियो ।...