Tuesday, May 12
Shadow

स्थानिय तह

घोडाघोडि नगरपालिका १ मा रिङरोड निर्माण कार्य सुरु हुँदै

घोडाघोडि नगरपालिका १ मा रिङरोड निर्माण कार्य सुरु हुँदै

आर्थिक, समाचार, स्थानिय तह
ललित संज्याल/काठमाण्डौँ, पुष ३ घोडाघोडि नगरपालिका वडा नं १ मा रिङरोड निर्माण हुने भएको छ। करीब १२ कि मि निर्माण हुन लागेको रिङरोड २ करोड ७२ लाख भएता पनि भ्याट सहित ४०५ वेलो अर्थात् १ करोड ५८ लाख मा रेखा निर्माणका सञ्चालक जनक बहादुर शाही सँग ठेक्का सम्झौता भएको छ । गत पुष महिनाको अन्तिम शुक्रबार सम्झौता गरिएको रिङरोड पहिलो चरणमा ३.५६ किमी लम्बाई र चौडाई ५.५ मि मात्र कालो पत्रे हुने भएको छ बाकि निर्माण कार्य आगामि आ । ब। मा हुने नगरपालिकाका इन्जिनियर सन्तोष चन्दले बताए। वडा नं १ का अध्यक्ष मनराज शहिको पहलमा ल्याइएको आयोजनाले १ नम्बर वडाबासि र सेबाग्राहिहरु ह्र्सित भएका छन् ।...
‘राजा आऊ देश बचाउ’ भन्दै कपिलवस्तुमा प्रदर्शन

‘राजा आऊ देश बचाउ’ भन्दै कपिलवस्तुमा प्रदर्शन

मुख्य समाचार, राजनिती, स्थानिय तह
कपिलवस्तु, मंसिर, २९ देशमा अब राजतन्त्रको विकल्प छैन् भन्दै सोमवार कपिलवस्तुमा राजाबादीहरुले प्रदर्शन गरेका छन् । राष्ट्रिय झण्डासहित उपस्थित उनीहरुले कपिलवस्तुको चार नं बाट ओदारी, पचेहरा, जहदी, सहित तौलिहवाम बजारको विभिन्न ठाँउमा मोटरसाइकल र्याली गरेका हुन् । मोटरसाइकिल रैली तौलिहवाको प्रशासन चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।र्यालीमा सहभागीले राजतन्त्र जिन्दाबाद, राजा आऊ देश बचाउ, हिन्दू धर्मको रक्षा गरौं, अखण्ड नेपाल जिन्दाबाद, राजसंस्थाको विकल्प छैन जस्ता नारा सहित बाजागाजा का साथ तौलिहवा शहर परिक्रमा गरेका थिए ।कोणसभामा बिभिन्न वक्ताहरुले राजसंस्था पूर्नवहालीको माग गरेका थिए । प्रदर्शनकारीले राजतन्त्रको पक्षमा उभिन सबैलाई आवह्वान गरेका थिए । राजावादी हरुको बाक्लो उपस्थिति रहेको राजाबादी समर्थक प्रेम शंकर शुक्लले जानकारी दिए ।...
त्रिशूली अस्पतालमा कोरोना सङ्क्रमित महिलाले नवजात शिशु जन्माइन्

त्रिशूली अस्पतालमा कोरोना सङ्क्रमित महिलाले नवजात शिशु जन्माइन्

ब्यानर समाचार, समाचार, स्थानिय तह, स्वास्थ्य
काठमाण्डौँ, मंसिर २९ त्रिशूली अस्पताल नुवाकोटले कोभिड–१९ सङ्क्रमित एक महिलालाई प्रसूति सेवा प्रदान गरेको छ। तारकेश्वर गाउँपालिका–६ निवासी २१ वर्षीया महिलालाई अस्पतालले सेवा प्रदान गरेको हो। ती महिलाले आइतबार अस्पतालमा नवजात शिशुलाई जन्म दिएकी थिइन्। व्यक्तिगत सुरक्षा कवचसहितको सावधानी अपनाएर प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा सुनिता केसी र नर्स सुमित्रा न्यौपानेले ती महिलालाई प्रसूति सेवा उपलब्ध गराएका हुन्। ती सङ्क्रमित महिलाका लागि अलग ‘विशेष आइसोलेशन’ कक्ष तयार गरेर सुत्केरी सेवा उपलब्ध गराइएको थियो। कोरोना सङ्क्रमितको उपचारका लागि अस्पतालमा क्लिनिक सेवा भए पनि सङ्क्रमितको स्वास्थ्यमा समस्या देखिए पछि काठमाडौँमा पठाइने गरिएको थियो।...
नेपाली काँग्रेस युवा संगठन तरुण दल र नेवि संघले गरे धादिङबेसीमा सिठ्ठी जुलुस प्रदर्शन

नेपाली काँग्रेस युवा संगठन तरुण दल र नेवि संघले गरे धादिङबेसीमा सिठ्ठी जुलुस प्रदर्शन

राजनिती, समाचार, स्थानिय तह
काठमाडौ, मंसिर २८ नेपाली काँग्रेस धादिङ युवा संगठन तरुण दल र नेपाल विद्यार्थी संघले धादिङबेसीमा सिठ्ठी जुलुस प्रदर्शन गरेका छन् । नेपाली काँग्रेस धादिङले धादिङबेसीमा सरकार विरुद्ध सोमबार गर्ने विरोध प्रदर्शनको पूर्व सन्ध्यामा काँग्रेस निकट यी दुई संगठनहरुले धादिङबेसीमा सिठ्ठी जुलुस प्रदर्शन गरेका हुन् । पुछार बजारबाट निस्किएको मोटर साइकल र्याली सहितको सिठ्ठी जुलुस सोमबारको विशाल विरोध प्रदर्शनको तयारी सकिएको जनाउ भएको विद्यार्थी संघ धादिङका अध्यक्ष इश्वर अधिकारीले बताए । काँग्रेसले धादिङबेसीमा मंसिर २९ गते सरकार विरुद्ध प्रदर्शन गर्ने सरकारको सर्वसत्तावादी प्रवृत्ति तथा शृङ्खलाबद्ध भ्रष्टाचारका विरुद्ध जन आवाज बुलन्द गरौं, भन्ने मुल नाराको साथ वर्तमान कम्युनिष्ट सरकारको विभेद, पक्षपात र सर्वसत्तावादी प्रवृत्तिको विरुद्ध मंसिर २९ गते धादिङबेसीमा बृहत प्रदर्शन गरिने समेत अधिकारीले ...
काठमाडौं महानगरले ‘मिर्गौला बचाउ अभियान’ शुरु गर्दै

काठमाडौं महानगरले ‘मिर्गौला बचाउ अभियान’ शुरु गर्दै

ब्यानर समाचार, समाचार, स्थानिय तह, स्वास्थ्य
काठमाण्डौँ, मंसिर २८ काठमाडौँ महानगरपालिकाले ‘मिर्गौला बचाउ अभियान’ शुरु गर्न लागेको छ । २६ औं महानगर दिवसबारे जानकारी दिन आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सामुदायिक र सरकारी अस्पतालसँगको समन्वयमा यो अभियान शुरु गर्न लागेको जानकारी दिए । ‘काठमाडौँ महानगरपालिकाले सामुदायिक र सरकारी अस्पतालसँगको सहकार्यमा अहिले पनि मिर्गौलामा समस्या भएका महानगरवासीका लागि निःशुल्क हेमोडाइलासिस सेवा सञ्चालन गर्ने गरिरहेको छ । सबै काम आफैं गर्नुपर्छ भन्ने होइन । गुणस्तरीय सेवाका लागि विशेषज्ञता हासील गरेका संघ संस्था तथा निकायसँगको सहकार्यमा नागरिकलाई आवश्यक पर्ने सेवा सहज बनाउने हाम्रो प्रयास हो,’ उनले भने । अस्पतालहरुमा अक्सिजन प्लान्ट राख्ने, कोविड–१९ को महामारीका बेला अस्पतालहरुलाई पीसीआर मेसिनसहित स्वास्थ्य सामाग्री हस्तान्तरण गर्ने, कोभिड संक्रम...
तेह्रथुममा पोखरीमा डुबेर तीन बालिकाको मृत्यु

तेह्रथुममा पोखरीमा डुबेर तीन बालिकाको मृत्यु

दुर्घटना, मुख्य समाचार, स्थानिय तह
काठमाण्डौँ, मंसिर २८ तेह्रथुममा शनिबार दिउँसो खेल्न निस्किएका तीनजना बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ । जिल्लाको छथर गाउँपालिका–६ कोलाबुङमा बनाइएको पोखरीमा डुबेर बालिकाको मृत्यु भएको हो । ‘शनिबार दिउँसो साथीसँग खेल्न गए भनेर परिवारले लामो समयसम्म खोजी गर्नु भएनछ’, छथर गाउँपालिकाका प्रवक्ता राजन नेपालीले भने, ‘साँझसम्म नआएपछि सोधिखोजी गर्दा तीनजना बालिकाको शव पोखरीमा भेटिएको हो ।’ सुख्खा क्षेत्र भएकाले स्थानीय कृषकले सिंचाइका लागि बनाएको प्लास्टिकको पोखरीमा बालिका डुबेको उनको भनाइ छ । दुई परिवारका तीन बालिकाको मृत्यु भएको हो । कपिला लिम्बुका छोरीहरु ७ र आठ वर्षीय रञ्जना र रोजीनासँगै खेल्न गएकी देवेन्द्र लिम्बुकी ६ वर्षीया छोरी सुहानाको मृत्यु भएको हो । शनिबार दिउँसोकै घटना भए पनि स्थानीय र प्रहरीले साँझमात्र थाहा पाएका थिए । अहिले शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल म्याङल...
बालबालिकालाई सुनका गहना लगाउन नदिन रसुवा प्रहरीको आग्रह

बालबालिकालाई सुनका गहना लगाउन नदिन रसुवा प्रहरीको आग्रह

अपराध, ब्यानर समाचार 2, समाचार, स्थानिय तह
काठमाण्डौँ, मंसिर २७ रसुवा जिल्लामा स्कुले बालिकालाई सुनका गहना नलगाउन आग्रह गरिएको छ । सुरक्षा जोखिम भएकाले यस्तो आग्रह गरिएको रसुवा प्रहरीले जनाएको छ । कानमा लगाएको गहनाकै कारण यसैसाता रसुवामा एक बालिकाको ज्यान गएको थियो। कालिका गाउँपालिका–१ राम्चे खार्साको फैक्रिगाङकी ६ वर्षीया बालिका सुमिना तामाङको कानमा लगाएको सुनको मुन्द्राकै कारण ज्यान गएको थियो। यही मंसिर २१ गते सुमिना विद्यालयबाट घरतर्फ फर्कने क्रममा उनले कानमा लगाएको करिब १० हजार जतिको सुनका मुन्द्रा लिनकै लागि अपहरण गरी उनको हत्या भएको थियो । यस्तै घटना नहोस् भनेर बालबालिकालाई सुनका कुनै पनि गहना नलगाउने भनिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले बताए । साथै बालबालिकालाई अपरिचित व्यक्तिले दिएका चाउचाउ, बिस्कुट, चकलेटजस्ता चीज नखान समेत आग्रह गरिएको सुवेदीको भनाइ छ । साना ...
इत्तेहाद नेपाल कपिलवस्तुद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

इत्तेहाद नेपाल कपिलवस्तुद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

समाचार, स्थानिय तह
कृष्णनगर, कपिलवस्तु, मंसिर २६ कपिलवस्तु जिल्लाको कृष्णनगरमा अवस्थित मुस्लिम कमिटीको हालमा इत्तेहाद नेपाल कपिलवस्तु अध्यक्ष किफायतुल्लाह खां को अध्यक्षतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । (more…)
राजसंस्थाको पक्षमा आज रुपन्देहीमा प्रदर्शन

राजसंस्थाको पक्षमा आज रुपन्देहीमा प्रदर्शन

मुख्य समाचार, राजनिती, स्थानिय तह
मंसिर २६,बुटवल राजसंस्था र हिन्दु राष्ट्र पुर्नस्थापनाको माग गर्दै शुक्रबार रुपन्देहीमा प्रदर्शन भएको छ । शिव सेना नेपालको आयोजनामा तिलोत्तमाको भलबारीबाट भैरहवासम्म मोटरसाइकल तथा कार र्याली प्रदर्शन भएको हो । गाडीमा पृथ्वीनारायण शाहको तस्वीर राखेर राष्ट्रिय झण्डासहित सुरु भएको र्याली भलबारीबाट बुद्धचोक, लुम्बिनी रोड, गल्लामण्डी, मिलनचोक,देवकोटाचोक हुँदै बुद्धचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई शिव सेना नेपालका केन्द्रीय अध्यक्ष अनिल बाबा बस्नेत, केन्द्रीय सदस्य अनिल जैसवाल,रुपन्देही अध्यक्ष विपिन मल्लिक लगायतले सम्बोधन गरेका थिए । उनीहरुले राष्ट्रिय एकता, अखण्डता र धर्म रक्षाका लागि राजसंस्था र हिन्दु राष्ट्र पुर्नस्थापना गरिनुपर्ने धारणा राखेका थिए । राजसंस्था र हिन्दु राष्ट्र पुर्नस्थापनाको लागि हुने जुनसुकै प्रदर्शनमा पनि सहभागी हुन राष्ट्रिय प्रजातन्त्र पार्टी (रा...
बाग्लुङ्गको खुखांनी गाउँ चिनाउदै ठूलोबिसाउना पुल

बाग्लुङ्गको खुखांनी गाउँ चिनाउदै ठूलोबिसाउना पुल

आर्थिक, मनोरञ्जन, मुख्य समाचार, समाज, सुचना प्रविधि, स्थानिय तह
जसिन्द्र श्रीपाली, काठमाण्डौं मंसिर २६ पश्चिम बाग्लुङ्गको तमानखोला गाउपालीका ५ खुखांनीमा ३३३ मिटर लामो पुल बने संगै ओझेमा परेको खुखांनी गाँउ बिस्तारै चर्चामा आउन थालेको हो । नेपाल सरकार सङ्घिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्थानीय पूर्वाधार विभागको सहयोगमा निर्मित यस ठूलोबिसाउना झोलुंगे पुल निर्मार्ण सकिए संगै यहा घुम्न आउने पर्यटकको संख्या दिनप्रतिदिन बढ्दै गईरहेको छ । १०० मे. टन अर्थात ७१९ जना पदयात्री भारवहन क्षमता भएको उक्त ठूलोबिसाउना पुलमा घुम्न आउने आन्तरिक पर्यटक लाई मनोरञ्जन संगै स्थानीय लाई समेत राहत पुगेको छ। ठूलोबिसाउना देखि देविस्थान मन्दिर (जुईधारा)सम्म जोडिएको यो पुल निर्माण भए संगै १ घण्टा लामो र उकालो बाटो हिड्नुपर्ने झन्झट हटेर २० मिनेटमा सरर आसपासको दृश्य अवलोकन गर्दै पुलको यात्रा गर्न पाएकोमा आफुहरु निकै खुशि रहेको स्थानीयको भनाई रहेको छ । ठूलोबिसाउना पु...