Friday, April 26
Shadow

बालबालिकालाई सुनका गहना लगाउन नदिन रसुवा प्रहरीको आग्रह


  • -इ
  • इ+

काठमाण्डौँ, मंसिर २७
रसुवा जिल्लामा स्कुले बालिकालाई सुनका गहना नलगाउन आग्रह गरिएको छ । सुरक्षा जोखिम भएकाले यस्तो आग्रह गरिएको रसुवा प्रहरीले जनाएको छ ।

कानमा लगाएको गहनाकै कारण यसैसाता रसुवामा एक बालिकाको ज्यान गएको थियो। कालिका गाउँपालिका–१ राम्चे खार्साको फैक्रिगाङकी ६ वर्षीया बालिका सुमिना तामाङको कानमा लगाएको सुनको मुन्द्राकै कारण ज्यान गएको थियो।

यही मंसिर २१ गते सुमिना विद्यालयबाट घरतर्फ फर्कने क्रममा उनले कानमा लगाएको करिब १० हजार जतिको सुनका मुन्द्रा लिनकै लागि अपहरण गरी उनको हत्या भएको थियो ।

यस्तै घटना नहोस् भनेर बालबालिकालाई सुनका कुनै पनि गहना नलगाउने भनिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले बताए ।

साथै बालबालिकालाई अपरिचित व्यक्तिले दिएका चाउचाउ, बिस्कुट, चकलेटजस्ता चीज नखान समेत आग्रह गरिएको सुवेदीको भनाइ छ । साना बालकालिकालाई सकेसम्म अभिभावकले विद्यालय लैजाने र घर ल्याउने व्यवस्था मिलाउन प्रहरीले भनेको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares