Saturday, January 16
Shadow

इत्तेहाद नेपाल कपिलवस्तुद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न


  • -इ
  • इ+

कृष्णनगर, कपिलवस्तु, मंसिर २६
कपिलवस्तु जिल्लाको कृष्णनगरमा अवस्थित मुस्लिम कमिटीको हालमा इत्तेहाद नेपाल कपिलवस्तु अध्यक्ष किफायतुल्लाह खां को अध्यक्षतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

अन्तरक्रिया कार्यक्रममा चाइनामा भएको मुस्लिम समुदाय माथिको दमनको घोर बिरोध गरिएको र मुस्लिम माथिको दमन सहन नहुने समेत सहभागी हरूको जोड थियो । साथै मुस्लिम हरूको महान चाड इद र बकर ईद मा सरकारले बिदा दिनुपर्ने कुराको माग समेत गरियो भने सरकारी जागिरमा मुस्लिम कोटा छुट्याएर मुस्लिम समुदाय लाई राज्यले समबोधन गर्नु पर्ने, उच्च शिक्षा संचालनमा रहेका मदरसा हरूको सरकारी सरह डिग्रीको मान्यता दिनुपर्ने , त्यसमा पढाउने शिक्षक र भौतिक पूर्वाधार को समेत व्यवस्थापन सरकारले गर्नु पर्ने जस्तो कुरा मा विस्तृत छलफल भएको इत्तेहाद नेपाल कपिलवस्तु अध्यक्ष किफायतुल्लाह खां ले जानकारी दिए ।

कार्यक्रममा मौलाना मुस्ताक अहमद, मौलाना अकिल, मौलाना अब्बास अली, हाफिज यार मोहम्मद, मौलाना जहिर अहमद, मौलाना अब्दुल खबिर, अब्दुल रहमान नूर मोहम्मद , अहलेसुन्नत इस्लामिया नइमियाका अध्यक्ष नसरूल्लाह खां लगायत अन्यको उपस्थित रहेको जानकारी इत्तेहाद नेपाल कृष्णनगर कपिलवस्तु उपाध्यक्ष मौलाना सफिक अहमदले दिए।

"Interview Nepal!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : interviewnepal123@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्