Thursday, May 21
Shadow

समाज

सात लाख ३३ हजार भातीय रुपैयाँसहित दुई जना पक्राउ

सात लाख ३३ हजार भातीय रुपैयाँसहित दुई जना पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, पुस १४ । सशस्त्र प्रहरी टोलीले धनुषा जिल्लाको नगराईन नगरपालिका–२ जटही स्थित सीमा ईलाकाबाट सात लाख ३३ हजार भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा जनकपुर उपमहानगरपालिका–४ बस्ने ५८ वर्षीया पुष्पदेवी ठाकुर र २९ वर्षीय अजितकुमार ठाकुर छन्। उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट नगराईनबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित भारतीय रुपैयाँ फेला परेपछि पक्राउ गरिएको हो। पक्राउ परेकाहरुलाई बरामद भारतीय रुपैयाँसहित आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको छ।  ...
नेपाल र अमेरिकाबीच सम्बन्ध विकास गर्न काम गर्ने छु:  राजदूत खतिवडा

नेपाल र अमेरिकाबीच सम्बन्ध विकास गर्न काम गर्ने छु: राजदूत खतिवडा

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौं , पुस १४ । अमेरिकाका लागि नेपालका राजदूत डा.युवराज खतिवडाले लगानी, सहयोग र प्रविधि हस्तान्तरणलाई केन्द्रमा राखेर नेपाल र अमेरिकाबीच सम्बन्ध विकास गर्ने बताएका छन् । मंगलबार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरुसँगको भेटमा पूर्वअर्थमन्त्री समेत रहनुभएका राजदूत खतिवडाले द्विपक्षीय लगानी, सरकारी सहयोग र प्रविधि हस्तान्तरणको विषयलाई केन्द्रमा राखेर नेपाल–अमेरिकाबीचको सम्बन्ध विकास गर्न काम गर्ने बताएका हुन् । नेपालको कुनैपनि उत्पादनलाई अमेरिका निर्यात गर्ने सम्बन्धमा हाल कायम रहेका केही प्रावधानहरुलाई परिवर्तन गर्नुपर्ने भएकाले त्यसको लागि पहल गर्न समेत व्यवसायीहरुलाई आग्रह गरे । आफू नेपाल र अमेरिकाबीच राजनीतिक रुपमा सद्भाव बढाउन प्रतिबद्ध रहेको पनि बताए । तर कुनैपनि देशको बौद्धिक सम्पत्तिको सुरक्षा गर्ने विषयमा नेपाल प्रतिवद्ध भए लगानी भित्र्याउन कुनै कठिनाई नहुने पनि प्रष्ट...
५ जिल्लामा कोरोना संक्रमितको संख्या शून्य,उपत्यकामा ५०० भन्दा बढी संक्रमित

५ जिल्लामा कोरोना संक्रमितको संख्या शून्य,उपत्यकामा ५०० भन्दा बढी संक्रमित

मुख्य समाचार, समाज, स्वास्थ्य
काठमाडौं, १४ पुस नेपालमा अब  काठमाडौंमा मात्र ५०० भन्दा बढी संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयद्वारा मंगलबार अपरान्हका  विवरणका अनुसार काठमाडौंमा २९४२ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । संक्रमण शून्य रहेका जिल्लाहरुमा महोत्तरी, सर्लाही, सिराहा, मुगु र रुकुम पश्चिम रहेका छन् ।नेपाल मंगलबारसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १८४० पुगेको छ भने ६ हजार २९६ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । कतिपय जनस्वास्थ्य विज्ञहरुले सरकारले पछिल्लो समय परीक्षणको दर नै घटाएकोले पनि संक्रमितको संख्या तीव्ररुपमा घटेको तर्क गरिरहेका छन् ।...
पछिल्लो २४ घण्टामा मुलुकभर ८ जनाको कोरोनाको कारणा मृत्यु, कति पुगे संक्रमित?

पछिल्लो २४ घण्टामा मुलुकभर ८ जनाको कोरोनाको कारणा मृत्यु, कति पुगे संक्रमित?

ब्यानर समाचार, मुख्य समाचार, समाज, स्वास्थ्य
काठमाडौं, पुस १४ नेपाल स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मुलुकभर छिल्लो २४ घण्टामा ६ हजार १ सय ३५ जनाको पीसीआर गरिएकामध्ये ७ सय ८ जनाको नतिजा पोजेटिभ आएको छ । पछिल्लो २४ घण्टामा मुलुकभर ८ जनाको कोरोनाको कारणा मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या नेपालमा १ हजार ८ सय ४० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा मंगलबारसम्म जम्मा संक्रमितको संख्या २ लाख ५९ हजार ५ सय ४८ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ७ सय ३१ जना निको भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या २ लाख ५१ हजार ३ सय १२ पुगेको छ । हालसम्म क्वारेन्टिनमा ३ सय ६५ जना छन् भने ६ हजार ३ सय ९६ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।...
संविधान र लोकतन्त्र विरोधीलाई असफल गर्नकाे लागी  जनता संघर्ष गर्न तयार छन: नेता श्रेष्ठ

संविधान र लोकतन्त्र विरोधीलाई असफल गर्नकाे लागी जनता संघर्ष गर्न तयार छन: नेता श्रेष्ठ

Uncategorized, ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती, समाचार, समाज
काठमाडौं, पुस १४ नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता नारायणकाजी श्रेष्ठले ओलीको असंवैधानिक र प्रतिगामी कदम विरुद्ध जनता सडकमा ओर्लिएको बताएका छन। नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० प्रचण्ड नेपाल समूहले राजधानीमा विरोध सभा सभामा सम्बोधन गर्दै नेता श्रेष्ठले सोहि बताएका हुन। साभामा बोल्दै उनले संविधान र लोकतन्त्र विरोधीलाई असफल गर्न जनता संघर्ष गर्न तयार रहेको समेत बताए। श्रेष्ठले आफूहरुको विरोध सभा शान्तिपूर्ण र मर्यादित हुने भन्दै आफूहरुको संघर्षमा घुसपैठ हुन सक्ने उनले बताए। त्यसैले सभा र प्रदर्शन विरुद्ध हुने षड्यन्त्र विरुद्ध सचेत हुनुपर्ने उनले बताए। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि व्यवहारिक रुपमा विभाजित भइसकेको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले विरोध सभा गरेको हो। अन्य प्रमुख दलले समेत मुलुकभर प्रदर्शन गरिरहेका छन।...
उखुको भुक्तानी माग्न आएका  किसानको मृत्यु, के थियाे कारण?

उखुको भुक्तानी माग्न आएका किसानको मृत्यु, के थियाे कारण?

ब्यानर समाचार, समाज
काठमाडौं, पुस १४ उखुको भुक्तानी माग्न आएका उखु किसानको मृत्यु भएको छ। रोतहट जिल्ला धनकौल गाउँपालिका छोटौलका नारायण राय यादवले काठमाडौं स्थित गंगालाल हृदयरोग अस्पतालमा मृत्यु भएको हो। उनलार्य ब्रेन ह्याम्ब्रेज भएको थियो। उनी हिजो नै गंगालाल हृदयरोग केन्द्रमा भर्ना भएका थिए। उनको मंगलबार निधन भएको हो। साेमबार सरकारले र उखु किसानबिच ४ बुदे  सहमति भएको भएकाे थियाे ।...
प्रचण्ड-नेपाल समूहकाे बिराध प्रदर्शन जारि,कती ठाँउबाट निकालियाे जुलुुस?

प्रचण्ड-नेपाल समूहकाे बिराध प्रदर्शन जारि,कती ठाँउबाट निकालियाे जुलुुस?

ब्यानर समाचार 2, राजनिती, समाज
काठमाडौं, पुस १४ नेकपाको प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनविरुद्ध प्रदर्शन गरिरहेको छ । जसअन्तर्गत काठमाडौंमा १३ ठाउँबाट जुलुस निकालिएको छ । नेकपाका दुई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको नेतृत्वको जुलुस यतिबेला भृकुटीमण्डपबाट भद्रकाली हुँदै सुन्धारातर्फ लागेको छ । उक्त जुलुस पुन: भृकुटीमण्डप फर्कनेछ । अन्य विभिन्न ठाउँबाट निकालिएको जुलुस पनि भृकुटीमण्डपमा कोणसभा परिणत हुनेछ। जुलुसमा प्रचण्ड-नेपालले सम्बाेधन गर्ने छन।...
भारतले प्याज निकासी प्रतिबन्ध ताेड्याे

भारतले प्याज निकासी प्रतिबन्ध ताेड्याे

आर्थिक, समाज
काठमाडौं, पुस १४ अंग्रेजी नयाँ वर्ष  बाट लागू हुने गरी भारतीय वाणिज्य तथा उद्योग मन्त्रालयले प्याज निकासीमा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको छ । भारतको वाणिज्य तथा उद्योग मन्त्रालयले र्दै १ जनवरीदेखि निर्यात खुला गर्ने निर्णय गरेको हो । भारतले गत २९ भदौ (१४ सेप्टेम्बर) बाट  प्याजको विदेश निर्यातमा रोक लगाएको थियो । ...
आजबाट खुला भयो सवारी चालक अनुमतिपत्रका लागि अनलाइन फारम

आजबाट खुला भयो सवारी चालक अनुमतिपत्रका लागि अनलाइन फारम

मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस १४ । कारोना महामारी सुरु भएपछि बन्द गरिएको सवारी चालक अनुमतिपत्रका लागि अनलाइन फारम आजबाट खुला भएको छ । सरकारले गत चैतदेखि सवारी चालक अनुमति पत्र वितरण प्रक्रिया रोकेको थियो । स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पूरा गरेर आजदेखि सातै प्रदेशमा सवारीचालक अनुमतिपत्रका लागि अनलाइन फाराम खुला गरिएको यातायात विभागका निर्देशक डा।लोकनाथ भुसालले जानकारी दिनुभयो । लकडाउन अगाडि लिखित परिक्षा दिएर पनि ट्रायल दिन नपाएका परीक्षार्थीको चाँडै ट्रायल परीक्षा लिने विभागले जनाएको छ । यसको लागि विभागले आन्तरिक तयारी गरीरहेको र कानुनी जटिलता समाधान भएसँगै ट्रायल लिने विभागले जनाएको छ । उपत्यकामा चारसहित देशभर विभागका १७ कार्यालयबाट अनुमतिपत्र वितरण, नवीकरण गरिँदै आएको छ । हाल मोटरसाइकलमा दैनिक १ सय, स्कुटर र चारपाङग्रे सवारीमा ५०र५० गरी कुल २ सयले अनलाइन आवेदन दिन पाउने व्यवस्था गरिएको छ । य...
दाङमा जीपको ठक्करबाट पैदल यात्रीको मृत्यु

दाङमा जीपको ठक्करबाट पैदल यात्रीको मृत्यु

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, पुस १४ । दाङको देउखुरीमा जीपले ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । लमही नगरपालिका ५ नर्तीमा लु२च ५६६४ नम्बरको जीपले सोमबार बेलुकी ठक्कर दिँदा पैदल यात्री प्युठानको मल्लरानी गाउँपालिका ५ का ३७ वर्षीय गोकर्ण बुढाथोकीको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार जीपको ठक्करबाट गम्भीर घाइते बुढाथोकीको उपचारका क्रममा लमही अस्पतालमा सोमबार राति ज्यान गएको हो ।...