Friday, May 22
Shadow

मुख्य समाचार

नयाँ कोरोना भाइरसले २०२१ झन् कठिन हुनेछ :  डब्लूएचओ

नयाँ कोरोना भाइरसले २०२१ झन् कठिन हुनेछ : डब्लूएचओ

मुख्य समाचार, समाचार, समाज
काठमाडौं, माघ ५ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नयाँ प्रकारको कोरोना भाइरसका कारण सन् २०२० भन्दा २०२१ झन् कठिन हुने जनाएको छ । कोरोनाको नयाँ प्रकार पहिलेको भन्दा धेरै संक्रमक रहेको विवरणहरू सार्वजनिक भइरहेका बेला डब्लूएचओले यस्तो चेतावनी दिएको हो । संक्रमण क्षमता निकै उच्च रहेको भाइरसको नयाँ प्रकार बेलायतसहित ५० भन्दा बढी देश र क्षेत्रहरूमा फैलिसकेको छ । नयाँ भाइरसका कारण पछिल्ला दिनहहरूमा बेलायतमा दैनिक हजारौंको मृत्यु हुन थालेको छ ।नयाँ प्रकारको भाइरसले अन्य प्रकारका कोरोना भाइरसलाई तीव्र गतिमा विस्थापित गरिरहेको छ । नयाँ भाइरसमा देखिएको उत्परिवर्तनले यसका महत्त्वपूर्ण भागमा आमूल परिवर्तन ल्याइदिएको छ ।...
सुरक्षा ब्यबस्था कडाबीच पनि   अमेरिकाको फिनिक्समा गोलाबारी, कयौं घाइते

सुरक्षा ब्यबस्था कडाबीच पनि अमेरिकाको फिनिक्समा गोलाबारी, कयौं घाइते

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौं , माघ ५ । अमेरिकाको फिनिक्स शहरमा गोलाबारी हुँदा कयौं घाइते भएका छन् । अमेरिकामा राष्ट्रपति निर्वाचित जो बाइडेनको शपथ समारोहको पुर्व सन्ध्यामा सुरक्षा ब्यबस्था कडा पारिएकै समयमा गोलाबारी भएको हो । अमेरिकी अधिकारीहरुको अनुसार फिनिक्स शहरको एबेन्यु क्षेत्रमा केही समुहबीच झडप भएको खबरका बीच सुरक्षाकर्मी पुग्दा तीन जना गोली लागि ढलेको अवस्थामा भेटिएका छन् । घाइतेहरुको अवस्था गम्भीर रहेको छ । घटनाबारे अनुसन्धान थालिएको छ । घटनामा संलग्न भएको आरोपमा केहीलाई पक्राउ गरिएको छ ।-फाइलतस्बिर ...
सोलुखुम्बुमा टिपर दुर्घटना हुँदा तीनजनाको घटना स्थलमै मृत्यु

सोलुखुम्बुमा टिपर दुर्घटना हुँदा तीनजनाको घटना स्थलमै मृत्यु

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, माघ ५ । सोलुखुम्बुमा टिपर दुर्घटना हुँदा तीनजनाको घटना स्थलमै मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । सोलुदुधकुण्ड नगरपालिका-११ तिंलाबरडाँडा र नेचासल्यान गाउँपालिकाको सिमानामा पर्ने महादेव गित्ते भिरमा गएराति ११ बजे बा४ख ७९८० नम्बरको टिपर दुर्घटना हुँदा तीनजनाको ज्यान गएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा दाधिङका अन्दाजी ३२ वर्षीय चालक कमल मगर, मकवानपुर बाग्मती गाउँपालिका- ४का अन्दाजी ३२ वर्षीय रामकुमार मगर र सप्तरी सुरुङ्गा नगरपालिका-८ का १९ वर्षीय कृष्णलाल चौधरी रहेका छन् । मकवानपुर बाग्मती गाउँपालिकाकै २३ वर्षीय रमेश मगर गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि जिल्ला अस्पताल फाप्लु पठाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।...
एटीएम बुथ फुटाउँदै गरेको अवस्थामा तीन जना पक्राउ

एटीएम बुथ फुटाउँदै गरेको अवस्थामा तीन जना पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, माघ ३ । काठमाडौँ महानगरपालिका–२९ कालिकास्थानस्थित एनआइसी एशिया बैंकको एटीएम बुथको ढोका फुटाउँदै गरेको अवस्थामा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौँ बानेश्वर बस्ने बागलुङ गलकोट नगरपालिका–७ घर भएका २२ वर्षीय साहिल खत्री, काठमाडौँ महानगरपालिका–२९ कालिकास्थान बस्ने बागलुङ गलकोट नगरपालिका–७ का २५ वर्षीय अनिल थापा र सोही ठाउँ बस्ने २५ वर्षीया नुमा मगर रहेका छन् । महानगरीय प्रहरी वृत्त सिंहदरवारबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको र यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।...
दाहाल-नेपाल पक्षले माघ ९ गते काठमाडौंमा बृहत प्रदर्शन गर्ने

दाहाल-नेपाल पक्षले माघ ९ गते काठमाडौंमा बृहत प्रदर्शन गर्ने

मुख्य समाचार, राजनिती
काठमाडौँ, माघ ३ । नेकपा प्रचण्ड–माधव पक्षले माघ ९ गते संसद विघटन विरुद्ध काठमाडौंमा बृहत जनप्रदर्शन गर्ने भएको छ । शनिबार बसेको केन्द्रीय संघर्ष, उपत्यका संघर्ष समिति, बाग्मती प्रदेश कमिटी, सम्पर्क विशेष कमिटी तथा जनवर्गीय र पेशागत संगठनको संयुक्त विस्तारित बैठकले माघ ९ गते बृहत जनप्रदर्शन गर्ने निर्णय गरको हो । बैठकले प्रधानमन्त्रीद्वारा चालिएको प्रतिगामी, प्रतिक्रान्तिकारी तथा असंवैधानिक कदमका विरुद्ध अग्रगमन, लोकतन्त्र तथा संविधान र जनअधिकारको रक्षाका लागि यही माघ ९ गते राजधानी काठमाडौंमा बृहद तथा सशक्त विरोध प्रदर्शन गर्ने निर्णय गरेको जनाएको छ । बैठकले माघ ९ गते राजधानीमा हुने विरोध प्रदर्शनमा व्यापक सहभागितासहित जनअधिकार रक्षाका लागि ऐक्यवद्धता जाहेर गर्न सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, विभिन्न संघरसंगठनलाई अपिल समेत गरेको छ। विरो प्रदर्शनको तयारीका लागि माघ ४, ५ र ६ ग...
माघ ११ मा विवाह गर्दै मुख्यमन्त्री शेरधन राई, को हुन् हुनेवाली दुलही ?

माघ ११ मा विवाह गर्दै मुख्यमन्त्री शेरधन राई, को हुन् हुनेवाली दुलही ?

मुख्य समाचार, समाचार, समाज
काठमाडौं, माघ ३ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई वैवाहिक बन्धनमा बाँधिने भएका छन्। मिस मंगोल–२०१८ ज्याङमु शेर्पासँग मुख्यमन्त्री शेरधन राईको विवाह हुने तय भएको हो। राई र शेर्पाबीच माघ ११ गते विवाह हुने भएको हो। संखुवासभा पुर्ख्यौली घर भएकी ज्याङमु काठमाडौंमा बस्दै आएकी छन् भने मुख्यमन्त्री राई भोजपुरबाट तत्कालीन नेकपा एमालेको राजनीति गर्दै आएका थिए। २०५६ सालमा भोजपुरबाट तत्कालीन नेकपा एमालेबाट सांसद बनेका राई त्यसयता लगातार राजनीतिमा छन्। एमालेको जिल्ला सचिव, अध्यक्ष, केन्द्रीय सदस्य हुँदै पोलिटब्युरो सदस्य र संघीय सरकारको मन्त्री तथा मुख्यमन्त्री भएका हुन्। राई ओली पक्षीय नेकपामा छन्।...
इन्डोनेसियामा शक्तिशाली भूकम्प : ८०० घाइते, १५ हजार विस्थापित

इन्डोनेसियामा शक्तिशाली भूकम्प : ८०० घाइते, १५ हजार विस्थापित

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौं, माघ ३ । इन्डोनेसियामा शुक्रबार गएको शक्तिशाली भूकम्पका कारण ८०० भन्दा बढी घाइते भएका छन् ।भूकम्पका कारण अरु १५ हजार मानिस विस्थापित समेत भएको अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । देशको पश्चिम सुलावेसी प्रान्तमा ६.२ म्याग्नीच्युडको भूकम्प गएको हो ।भूकम्पपछि सयौँ घर तथा भौतिक संरचनाहरुमा क्षति पुगेको अधिकारीहरुले जनाएका छन । भूकम्पमा परी गम्भीर घाइते भएकाहरुलाई अस्पतालमा उपचार गराइएको छ भने सामान्य घाइतेहरुको सङ्ख्या धेरै भएकाले उनीहरुलाई अस्पताल बाहिर नै उपचार गरिएको छ । भूकम्पले सवैभन्दा धेरै मामुजु सहर र मजेने जिल्ला सवैभन्दा बढी प्रभावित भएको राष्ट्रिय प्रकोप व्यवस्थापन निकायका प्रवक्ता राडित्या जाटीले बताए । उनका अनुसार मामुजुमा १८९ जना गम्भीर घाइते भएका छन् भने मजेनेमा ६३९ जना मध्यम घाइते भएका छन् । मध्यम घाइतेहरुलाई अस्पतालमा उपचारपछि चाडो चाडो निकाल्ने र अरुलाई लैज...
नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका अध्यक्ष श्रेष्ठ नेकपाको केन्द्रिय सदस्यमा मनोनित

नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका अध्यक्ष श्रेष्ठ नेकपाको केन्द्रिय सदस्यमा मनोनित

मुख्य समाचार, राजनिती
काठमाण्डौँ, माघ ३ नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठ नेकपा (के.पी ओली)को केन्द्रिय सदस्यमा मनोनित हुनुभएको छ । प्रधानमन्त्री ओलीले संसद विघटन गरे संगै विवादित भएको नेकपा केपी ओली पक्ष र प्रचण्ड-माधव पक्ष मा विभाजित भएको छ । त्यस पश्चात दुवै पक्ष आ-आफ्नै किसिमले सदस्य मनोनित गरिरहेका छन् । ...
हुम्लामा भिरबाट लडेर प्रहरी हवल्दारको मृत्यु

हुम्लामा भिरबाट लडेर प्रहरी हवल्दारको मृत्यु

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, माघ ३ । हुम्लाको चङ्खेली गाउँपालिकास्थित मेल्छाम प्रहरी चौकीमा कार्यरत हवल्दार देवेन्द्र खड्काको माथिबाट खसेको ढुङ्गा छल्न खोज्दा लडेर मृत्यु भएको छ । गत पुस २८ गते सुरक्षा गस्तीमा गएको बेला माथिबाट आएको ढुङ्गा छल्न खोज्दा लडेर गम्भीर घाइते भएका प्रहरी हवल्दार खड्काको उपचारका क्रममा काठमाडौँस्थित नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । बर्दिया जिल्ला घर भएका हवल्दार खड्काको गाउँपालिकाको पिप्लाङस्थित स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि थप उपचारका क्षेत्रीय प्रहरी अस्पताल नेपालगञ्ज बाँके हुँदै हेलिकोप्टरबाट काठमाडौँस्थित नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा लगिएको थियो । उपचारका क्रममा उहाँको शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।...
आज काठमाडौं उपत्यकाका यी स्थानमा हुने छैन बत्ति

आज काठमाडौं उपत्यकाका यी स्थानमा हुने छैन बत्ति

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
  काठमाडौँ, माघ ३ । आज शनिबार काडठमाडौं उपत्यकाका २१ स्थानमा बिजुली जाने भएको छ । बुढानीलकण्ठ सबस्टेशन, महाराजगञ्ज र पुल्चोक वितरण केन्द्रबाट विद्युत प्रवाह हुने २१ ठाउँमा आज केही घण्टा बिजुली काटिने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । महाराजगन्ज वितरण केन्द्रको गणेशथान फिडर अन्तर्गत पर्ने धापासी महिला स‌ंघ एरियामा ट्रान्सफर्मर जडानका लागि यो फिडर अन्तर्गतका स्थानमा १२ बजेदेखि २ बजेसम्म बत्ती जान लागेको हो । यस्तै, पुलचोक वितरण केन्द्रको बागमती फिडर अन्तर्गत सानेपा समिट होटल नीर एरियामा हाइटेन्सन लाइनको पोल सार्नका लागि बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सानेपा राम मन्दिर, गुसिंगाल, एडभान्स कलेज, लीला घर, अमरावती, सानेपा मोड, रेडियन्ट स्कुल एरियालगायतका क्षेत्रमा विद्युत अवरुद्ध हुनेछ । महाराजगन्ज वितरण केन्द्र अन्तर्गतकै गोंगबु फिडर अन्तर्गत पर्ने गोंगबु एरियामा समेत आज ब...