Friday, May 22
Shadow

मुख्य समाचार

नेपालमा तीन जनामा नयाँ कोरोना पुष्टि भएपछि विज्ञहरूद्वारा सजग रहन आग्रह

नेपालमा तीन जनामा नयाँ कोरोना पुष्टि भएपछि विज्ञहरूद्वारा सजग रहन आग्रह

मुख्य समाचार, समाचार, समाज, स्वास्थ्य
काठमाडौँ , माघ ६ । बेलायतमा देखिएको कोरोना भाइरसको नयाँ प्रजातिबाट तीन जना संक्रमित भएको पुष्टि भएपछि विज्ञहरूले थप स्वास्थ्य सतर्कतामा जोड दिएका छन् । नेपालमा सोमबार २८ वर्षीया एक महिला तथा ६७ र ३२ वर्षीय दुई पुरुषलाई नयाँ प्रजातिको कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । तीमध्ये २८ वर्षीया महिला र ३२ वर्षीय पुरुषको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आइसकेको र ६७ वर्षीय पुरुषको रिपोर्ट पोजिटिभ भए पनि उनको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले जानकारी दिए । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। पौडेलले पछिल्लो समय विदेशबाट आउनेहरू कडा क्वारेन्टाइनमा बस्न आवश्यक रहेको बताए । ‘हाल मुलुकमा कोभिडको केस घट्दो देखिए पनि जनस्वास्थ्य मापदण्ड पहिलेभन्दा पनि कडाइका साथ पालना गर्नुपर्ने भएको छ,’ उनले भने । वरिष्ठ जनस्वास्थ्यविद् डा...
सम्झौता अवधि सकियो, तर उखु किसानको २२ करोड बक्यौता उठेन

सम्झौता अवधि सकियो, तर उखु किसानको २२ करोड बक्यौता उठेन

आर्थिक, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, माघ ६ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय चिनी उद्योगीसँगको रायपछि २१ दिनभित्र उखु किसानको बक्यौता असुली गरिदिने समझदारी कार्यान्वयन गर्न चुकेको छ । मन्त्रालय र उखु किसानबीच भएको सम्झौता अनुसार सोमबारसम्म ६६ करोड रुपैयाँ बक्यौता उठ्नुपर्ने हो । तर, साँझसम्म करिब ४४ करोड रुपैयाँ मात्रै बक्यौता उठेको छ । उद्योग मन्त्रालय र सम्बन्धित जिल्ला प्रशासन कार्यालयले दिएको जानकारीअनुसार ४३ करोड ९७ लाख रुपैयाँ उठेर थप रकमसमेत सरकारी नियन्त्रणमा आएको छ । उखु किसानका संरक्षक राकेश मिश्रले किसानको पैसा केही उठेर बाँकी रकम सरकारी नियन्त्रणमा रहेको जानकारी आएको बताए । ‘सरकारले तोकेको समयभित्र रकम उठाइदिन सकेन । यद्यपि, उठाउनुपर्ने रकम उद्योगीबाट जफत गरेर राखिएको छ भन्ने कुरा उद्योग मन्त्रालयले भनेको छ,’ मिश्रले भने, ‘तर, त्यसको भरपर्दो प्रमाण केही पाएका छैनौं । अहिलेसम्म कति किसानले रकम ...
माग र आपूर्तिका आधारमा सन्तुलन मिलाई विद्युत उपलब्ध गराइने

माग र आपूर्तिका आधारमा सन्तुलन मिलाई विद्युत उपलब्ध गराइने

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौँ, माघ ५ । नेपाल विद्युत् प्राधिकरणले माग र आपूर्तिको सन्तुलन मिलाई सहज रुपमा विद्युत सेवा उपलब्ध गराउन प्रतिबद्ध रहेको स्पष्ट पारेको छ । उपभोक्ताले दैनिकरुपमा विद्युत प्रयोग गर्न पाउने गरी नयाँ व्यवस्था गरिएको प्राधिकरणका कायममुकायम ९कामु० कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिए । पछिल्ला दिनमा प्राधिकरणले जुम्लामा विद्युत्भार कटौती गरेको भन्दै आएको सूचनाका सम्बन्धमा कामु कार्यकारी निर्देशक शाक्यले भने, “प्राधिकरणले जुम्लामा लोडसेडिङ गरेको भन्दै चर्चा भयो तर वास्तविकता त्यस्तो हैन, एक दिन बिराएर विद्युत आपूर्ति हुँदै आएकामा अब दैनिकरुपमा विद्युत आपूर्ति हुने व्यवस्था गरिएको हो, यसबाट स्थानीय खुशी भएको जानकारी पाएका छौँ ।” कर्णालीका कालीकोट, हुम्ला र मुगुमा चालू आर्थिक वर्षभित्रमा राष्ट्रिय प्रसारण लाइन पुर्याउने गरी काम गरिरहेका प्राधिकरणको भनाइ छ । कर्णाली प्र...
मेगा बैंकले थाल्यो वीच्याट-पे भुक्तानी सेवा

मेगा बैंकले थाल्यो वीच्याट-पे भुक्तानी सेवा

आर्थिक, मुख्य समाचार
काठमाडौँ, माघ ५ । मेगा बैंक नेपाल लिमिटेडले ‘वीच्याट–पे’सँग भुक्तानी सेवाका लागि साझेदारी गरेको छ । यो सम्झौतापछि ‘वीच्याट–पे’ मोबाइल वालेट प्रयोगकर्ताहरुले मेगा बैंक अन्तर्गतका मर्चेन्टहरुमा राखिएका क्यूआर कोड स्क्यान गरी डिजिटल रुपमा रकम भुक्तानी गर्न सकिने ब्यवस्था मिलाइएको छ । नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरु तथा नेपालवाट सामान आयात गर्ने चिनियाँ व्यापारीहरुले अब बिभिन्न सामाग्री तथा सेवाको लागि ‘वीच्याट–पे’ मार्फत रकम भुक्तानी गर्न सक्नेछन् । नेपालमा वर्षेनी लाखौं चिनियाँ पर्यटकहरु आउने गरेका छन् । चीनमा निकै लोकप्रिय रहेका ‘वीच्याट–पे’ मार्फत नेपालमा रकम भुक्तानी गर्न पाउँदा चिनियाँ पर्यटकहरु लाभान्वित हुनेछन् भने राष्ट्रलाई विदेशी मुद्रा आर्जनमा सघाउ पुग्ने मेगा बैंकको विश्वास रहेको छ । डिजिटल बैंकिङ सेवालाई प्राथमिकतामा राख्दै आएको मेगा बैंकले भुक्तानी सेवालाई सहज र ...
पेट्रोलियम पदार्थको मुल्य बढ्यो, कति पुग्यो अब ?

पेट्रोलियम पदार्थको मुल्य बढ्यो, कति पुग्यो अब ?

आर्थिक, मुख्य समाचार, समाचार, समाज
  काठमाडौं , माघ ५ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य बढाएको छ । निगमले सोमबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मुल्य बढाएको हो । निगमले पेट्रो, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रूबपैयाँका दरले मूल्य बढाएको निगमका प्रवक्ता विनितमणि उपाध्ययले जानकारी दिएका छन् । मुल्य बढेपछि काठमाडौँ उपत्यकामा पेट्रोलको मुल्य प्रति लिटर ११० पुगेको छ भने डिजेल र मट्टीतेलको मुल्य प्रतिलिटर ९३ पुगेको छ । यसअघि पेट्रोल १०८ तथा डिजेल र मट्टीतेलको मुल्य प्रतिलिटर ९१ रहेको थियो ।...
उदाउँदो सूर्य चिन्ह हाम्रो हो, अस्ताउँदो ओलीको : नेता  नेपाल

उदाउँदो सूर्य चिन्ह हाम्रो हो, अस्ताउँदो ओलीको : नेता नेपाल

मुख्य समाचार, राजनिती
काठमाडौँ, माघ ५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दहाल-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले सधैँ सत्ता टिकाउने दाउमा मात्र लागिरहेको आरोप लगाएका छन । संसद विघटन गरेर चुनाव घोषणा गरेपनि चुनाव नहुने तर्क गर्दै उनले प्रधानमन्त्री ओलीले जसरी पनि सत्ता टिकाउन खोजेको आरोप लगाएका हुन् । सोमवार  राजधानीमा आयोजित अखिल नेपाल महिला संघको दोस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले त्यस्तो बताएका हुन् ।प्रधानमन्त्री ओलीले आफ्नो अधिकारको दुरुपयोग गरेको समेत अध्यक्ष नेपालले आरोप लगाए । अध्यक्ष नेपालले आफूहरुसँग स्पष्ट बहुमत भएको दाबी गर्दै सूर्य चिन्ह आफ्नो समूहको भएको दाबी गरे । नेकपाको अर्को समूहको नेतृत्व गरिरहेका ओलीको सूर्य अस्ताउँदो रहेको टिप्पणी गरे । ‘पार्टीमा हाम्रो स्पस्ट बहुमत छ । त्यसकारण सूर्य चिन्ह हाम्रै हो । ओलीको अस्ताउँदो सूर्य हो, उदाउँदो ...
भोली बस्ने भनिएको कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो, अब कहिले ?

भोली बस्ने भनिएको कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो, अब कहिले ?

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती, समाचार, समाज
काठमाडौँ, माघ ५ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक फेरि सरेको छ।यसअघि पनि सरेर माघ ६ गते ९मंगलबार० का लागि तोकिएको बैठक फेरि सरेर माघ १३ गते मंगलबार बस्ने भएको हो। पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै बैठक सरेको जानकारी दिएका छन्।उनले १३ गतेको बैठकमा केन्द्रीय कार्य समितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि जानकारी गराएका छन्।यसअघि पुस २७ गते दिउँसो १ बजेका लागि तोकिएको बैठक माघ ६ गतेका लागि सरेको थियो। प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि यस विषयमा आधिकारिक धारणा बनाउन कांग्रेस केन्द्रीय समिति सुरु भएको हो। कांग्रेसले ओलीको यो कदमलाई असंवैधानि भने पनि यसको प्रतिकार सशक्त रुपमा गर्न सकेको छैन। कांग्रेसले शनिबार प्रतिनिधिसभा विघटनको व...
कोभिड–१९ विरुद्धको खोपको लागि ‘ड्राई रन’को तयारी

कोभिड–१९ विरुद्धको खोपको लागि ‘ड्राई रन’को तयारी

पत्रपत्रिका, मुख्य समाचार
काठमाण्डौ , माघ ५। कोभिड–१९ विरुद्धको खोपको अभियान संञ्चालन गर्न सरकारले ‘ड्राई रन’ को तयारी थालेको छ । ड्राई रन एक प्रकारले खोप लगाउने पूर्वाभ्यास हो । खोप ल्याइसकेपछि त्यसको प्रयोगमा सहजताका लागि उक्त तयारी थालिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । खोप वितरणको रोडम्यापसमेत तयार गरिएको छ । ड्राई रनअन्तरत एकदिने अभ्यासमा विभिन्न क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीले डमी ९नमुना० खोप पाउनेछन् । ‘ड्राई रनमा खोप लगाउने तयारीका बारेमा जानकारी जुटाएर यसमा देखिएको कमी, कमजोरी हटाइन्छ,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले भने, ‘खोप प्राप्त भएपछि व्यक्तिको पाखुरामा लगाउँदासम्मको कार्यविधि कसरी पूरा हुन्छ भन्ने अभ्यास गर्न ड्राई रनको तयारी भएको छ ।’ ड्राई रनको तयारी गरिनुको अर्थ कोभिड–१९ विरुद्ध खोप लगाउने अभियान सुरु गर्नुभन्दा पहिलेको अवस्था हो । भारतबाट प्राप्त...
प्रदेश २ मा आज सार्वजनिक बिदा

प्रदेश २ मा आज सार्वजनिक बिदा

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, माघ ५ । प्रदेश नम्बर २ सरकारले सोमबार प्रदेशमा सार्वजनिक बिदा दिएको छ । सोमबार बलिदानी दिवसको अवसरमा प्रदेशभर बिदा दिइएको मुख्यमन्त्रीको सञ्चार सचिवालयले जनाएको छ । मधेश आन्दोलनका क्रममा शहादत प्राप्त गरेका सहिदहरूको सम्झनामा प्रत्येक वर्ष माघ ५ गतेका दिन बलिदानी दिवस मनाइन्छ । बलिदानी दिवस सिरहाको लहानका मधेश आन्दोलनका प्रथम सहिद रमेश महतोको सम्झनामा मनाइँदै आइएको छ ।...
१६ वर्षीय किशोरीको एचआइभी एड्सबाट मृत्यु

१६ वर्षीय किशोरीको एचआइभी एड्सबाट मृत्यु

मुख्य समाचार, समाचार, समाज
काठमाडौं, माघ ५ । एचआइभी एड्सबाट सप्तरीको राजविराजमा एक किशोरीको मृत्यु भएको छ । आइतबार साँझ राजविराज नगरपालिका–१ चनौरा निवासी १६ वर्षीया अमैया धामीको मृत्यु भएको हो । स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रञ्जित झाले जानकारी दिए । एचआइभी एड्सको लक्षण देखिएका किशोरीलाई स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि दुई साताअघि गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो । मृतक अमैयाका १२ वर्षीय भाइसमेत एचआइभी एड्सबाट पीडित भएको र नियमित औषधि खाने गरेको पारिवारिक स्रोतले जनाएको छ ।...