Friday, May 22
Shadow

मुख्य समाचार

नेकपा (प्रचण्ड-माधव) ककनी ३ को वडा भेला सम्पन्न, पार्टी दरिलो बन्नु पर्नेमा जोड

नेकपा (प्रचण्ड-माधव) ककनी ३ को वडा भेला सम्पन्न, पार्टी दरिलो बन्नु पर्नेमा जोड

मुख्य समाचार, राजनिती, समाचार, समाज
नुवाकोट, माघ २ । नेकपा (प्रचण्ड- माधव समुह) को ककनी ३ को वडा भेला सम्पन्न भएको छ । शुक्रबार आयोजित एक कार्यक्रम बिच नेता तथा कर्याकर्ता भेला सप्पन्न भएको हो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष घननाथ बजगाइले आफू पनि पार्टीको अरु सदस्य जस्तै भएको बताए । उनले पार्टी सदस्य भइसकेपछि जिम्मेवारपुर्ण हुनुपर्ने औंल्याएका छन् । आफ्ना कार्यकर्तामा प्रशिक्षण कम भएको .पनि बताए । भेलामा पार्टी सदस्यहरुको सहभागीता कम भएको बताउँदै उनले वडामा सुचना र प्रविधिमा केहि ढिलाइ भएको बताए ।  यसमा छिटो र छरितो गर्न पनि सुझाव दिए । साथै उनले वडा कमिटि नभएको उल्लेख गरे । उनले भने -अब एउटा चुस्त दुरुस्त खालको पार्टी बनाउ यहाँ जति छौ यतिले मात्रै पुग्दैन । वडामा भएका गतिविधिका बारेमा घचघच्याउने पार्टी नभएको उनले बताए । वडा कमीटी भन्दा पार्टी ठुलो यसैले पार्टी दरिलो बन्न पर्छ उनले भने' । पार्टीले वडा अध्यक्षलाई नि...
बाँकेमा कोरोनाबाट ८० बर्षिय महिलाको मृत्यु

बाँकेमा कोरोनाबाट ८० बर्षिय महिलाको मृत्यु

मुख्य समाचार, समाचार, समाज
काठमाडौं, माघ २ । बाँकेमा थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१ का ८० वर्षीया महिलाको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो । स्वास्थ्यमा समस्या भएपछि गतपुस २६ गते मेडिकल कलेज नेपालगञ्जमा भर्ना भएकी ती महिलाको भोलिपल्ट कोरोना रिपोर्ट पोजेटिभ आएपछि भेरी अस्पताल रिफर गरिएको थियो । रोगको प्रकृतिअनुसार सबै किसिमको उपचार गर्दा पनि महिलाको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि उनको मृत्यु भएको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए । योसँगै बाँकेमा कोरोना सङ्क्रमणबाट ४९ जनाको मृत्यु भइसकेको छ ।...
मेगा बैंकको अत्याधुनिक भर्चुअल सहायता सेवा सुरु

मेगा बैंकको अत्याधुनिक भर्चुअल सहायता सेवा सुरु

आर्थिक, मुख्य समाचार
काठमाडौ , माघ २ । मेगा बैंक नेपाल लिमिटेडले आफ्ना ग्राहकहरुका लागि अत्याधुनिक भर्चुअल (अनलाइन) सहायता शुभारम्भ गरेको छ । ग्राहकहरुलाई छिटो, छरितो र सहजरुपमा बैंकका प्रडक्ट(सेवाका साथै बैंकसँग सम्बन्धित जानकारी, सेवाग्राहीका जिज्ञाशाहरुको पनि सम्बोधन गर्ने उद्देश्यले मेगा बैंकले ‘मेगा इन्टेलिजेन्स भर्चुअल असिस्टेन्ट’ सेवा प्रारम्भ गरेको हो । छोटकरीमा ‘मिभा’ नामाकरण गरिएको यो सेवा इन्टरनेटको पहुँचमा रहेका ग्राहकहरुले २४ सै घण्टा लिन सक्नेछन् । ग्राहकहरुले मेगा बैंकको आधिकारिक वेबसाइट मेगा बैंक नेपाल डटकम वा फेसबुक म्यासेन्जरमार्फत सजिलै यो सहायता लिन सक्नेछन् । वेबसाइटको दायाँतर्फ मेगा बैंकको अफिसियल मासकट ‘कान्छा’ वा ‘कान्छी’ देखिनेछ । त्यसमा क्लिक गरेपछि सेवाग्राहीहरुले मेगा बैंकले प्रदान गरिरहेका बिभिन्न प्रडक्ट-सेवा र जानकारी आफुले छनौट गरेको भाषा नेपाली वा अंग्रेजीमा प्राप्त गर्न ...
सुनचाँदीको मुल्यमा वृद्धि, आज तोलाको कति पुग्यो ?

सुनचाँदीको मुल्यमा वृद्धि, आज तोलाको कति पुग्यो ?

आर्थिक, मुख्य समाचार
काठमाडौँ , माघ २ । शुक्रबार सुनचाँदीको मुल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य प्रतितोला ४ सयले बढेर प्रतितोला ९२ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार छापावाला सुन तोलाको ९२ हजार १ सयमा कारोबार भएको थियो । त्यस्तै शुक्रबार तेजावी सुनको मुल्य प्रतितोला ९२ हजार रहेको छ । त्यसैगरी शुक्रबार चाँदीको मुल्यमा पनि तोलामा १५ रुपैयाले बढेको छ । आज चाँदी प्रतितोला १२ सय ६० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।...
कञ्चनपुरमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

कञ्चनपुरमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
कञ्चनपुर, माघ २ । कञ्चनपुरमा गएराति दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपूरको कृष्णपुर नगरपालिका–५ आम्खैयामा भएको दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार दुर्घटनामा परी दुई वटै मोटरसाईकलका चालकको मृत्यु भएको छ भने पछाडी सवार २ जना घाइते भएका छन् । मृत्यु हुनेमा धनगढीको गोदावरी राइसमिल नजिक बस्ने २५ वर्षीय आशिष जोशी र कृष्णपुर नगरपालिका–२ वाणीका ३५ वर्षीय जनक बोहरा रहेका छन् । कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाका अनुसार दुर्घटनामा परि गम्भीर घाइते भएका जोशीको धनगढीस्थित निशर्ग अस्पताल र बोहराको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । यसैगरी दुर्घटनामा घाइते भएका कैलालीको लम्कीचुहा नगरपालिकाका २३ वर्षीय निश्चल राठोर र अभिषेक चुनाराको धनगढीमा उपचार भइरहेको छ । रातीको स...
कोरोना महामारी : विश्वमा मृत्यु हुनेको संख्या २० लाख नाघ्यो

कोरोना महामारी : विश्वमा मृत्यु हुनेको संख्या २० लाख नाघ्यो

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौँ, माघ २ । विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २० लाख नाघेको छ ।पछिल्लो २४ घण्टामा १५ हजार २८१ संक्रमितको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या २० लाख नाघेको हो । शुक्रबार बिहानसम्मको तथ्यांकानुसार २० लाख १ हजार २०९ संक्रमितको मृत्यु भएको छ । कुल संक्रमितको आधारमा मृत्यु हुनेको यो संख्या २।१४ प्रतिशत हो ।पछिल्लो २४ घण्टामा ७ लाख ४७ हजार ३१७ जनामा संक्रमण पुष्टि भएसँगै विश्वभर कोरोना संक्रमितको संख्या ९ करोड ३५ लाख नाघेको हो । शुक्रबार बिहान यो समाचार तयार पर्दासम्म संक्रमित संख्या ९ करोड ३५ लाख ७ हजार ९४२ पुगेको छ । यसमध्ये ६ करोड ६७ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् । यो समाचार तयार पार्दासम्म कुल संक्रमितको ७१ प्रतिशतभन्दा बढी निको भएका छन् । पछिल्लो २४ घण्टामा ५ लाख ४०४ जना निको भएपछि संक्रमणमुक्त हुनेको संख्या ६ करोड ९७ लाख ८७८ पुगेको छ । कुल संक्रमितको २६...
नुवाकोटमा माघेसङ्क्रान्तिमा जुधे ३५ हल गोरु

नुवाकोटमा माघेसङ्क्रान्तिमा जुधे ३५ हल गोरु

मुख्य समाचार, समाचार, समाज
नुवाकोट, माघ १ । जिल्लाका विभिन्न स्थानमा यस वर्ष माघेसङ्क्रान्तिमा ३५ हल गोरु जुधाइएको छ । माघेसङ्क्रान्तिमा गोरु जुधाउने मेलालाई पछिल्लो समय व्यवस्थित रुपमा जिल्लाका विभिन्न स्थानमा जुधाउन थालिएको छ । तारकेश्वर गाउँपालिका–३ तारुका, विदुर नगरपालिका–१० बेत्रावती, पञ्चकन्या गाउँपालिका–३ घलेगाउँ, तादी गाउँपालिका–४ सातबीसे र शिवपुरी गाउँपालिका–३ शेराबगरमा आज गोरु जुधाइ मेला सञ्चालन भएको छ । पाँच स्थानमा गरी हालसम्म ३५ हल गोरु जुधाइएको आयोजकले जनाएका छन् । सबैभन्दा धेरै तारुकामा १४ हल गोरु जुधाइएको छ । माघेसङ्क्रान्ति गोरु जुधाइ संरक्षण संस्थाको आयोजनामा सञ्चालित गोरु जुधाइ हेर्न तारुकाका हजारौँ दर्शक गोरु पुगेका थिए । गाउँमा विभिन्न स्थानमा गोरु जुधाउने चलनलाई व्यवस्थित गर्दै २०६२ सालदेखि व्यवस्थित रुपमा एकै ठाउँमा गोरु जुधाउन थालिएको मेला आयोजक समितिका संयोजक तथा तारकेश्वर –३ का वडा...
नयाँदिल्ली पुगे परराष्ट्रमन्त्री ज्ञवाली

नयाँदिल्ली पुगे परराष्ट्रमन्त्री ज्ञवाली

मुख्य समाचार, समाचार, समाज
काठमाडौं, माघ १ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिने सिलसिलामा आज अपराह्न भारतको नयाँदिल्ली पुगेका छन् । उनलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य तथा नयाँदिल्लीस्थित नेपाली दूतावासका कर्मचारीले स्वागत गरेका थिए । मन्त्री ज्ञवालीले भोलि शुक्रबार भारतको राजकीय अतिथिगृह हैदरावाद हाउसमा आफ्ना समकक्षी एस जयशङ्करसँग भेटवार्ता गर्ने तथा सोही भवनमा हुने संयुक्त आयोग बैठकको सहअध्यक्षता गर्नेछन् । यसैबीच राजदूत आचार्यले भारतका प्रधानसेनापति विपिन रावतसँग आज उनकै कार्यकक्षमा शिष्टाचार भेट गरेका छन् । त्यसअवसरमा उनीहरुबीच नेपाल¬–भारत मैत्रीबारे छलफल भएको नेपाली दूतावासले जनाएको छ ।...
अर्काको जग्गा बिक्री गरेको आरोपमा मालपोतका नासु पक्राउ

अर्काको जग्गा बिक्री गरेको आरोपमा मालपोतका नासु पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं , माघ १ । जग्गाधनीलाई थाहा नदिएर जग्गा बेचेको आरोपमा प्रहरीले जिल्ला मालपोत कार्यालय, सुर्खेतका एक कर्मचारीलाई पक्राउ गरेको छ । मालपोतका नायब सुब्बा विश्वरुप सावदलाई बुधबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वीरेन्द्रनगर– ६ का सौगात रावतको नाममा वीरेन्द्रनगर–८ शङ्करचोकमा रहेको छ कठ्ठा जग्गामध्ये चार कठ्ठा जग्गा नायब सुब्बा सावद र सन्तोष ठाकुरको मिलेमतोमा बिक्री गरेको सूचनाका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो । उनीहरुमाथि चार कठ्ठा जग्गा कित्ताकाट गरी फरक फरक व्यक्तिलाई बेचेको आरोप लागेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कनकबहादुर शाहीले प्रारम्भिक अनुसन्धान शुरु भइसकेको बताउँदै भने, ‘पीडितको जाहेरी आउन बाँकी छ, जाहेरी आइसकेपछि विस्तृत अनुसन्धान शुरु हुन्छ ।’ प्रहरी निरीक्षक शाहीले अर्का आरोपी ठाकुर फरार भएको र उनको खोजी भइरहेको जानकारी दिए...
पीएम कप क्रिकेटको तयारी पूरा, पहिलो खेलमा आर्मी र गण्डकी भिड्ने

पीएम कप क्रिकेटको तयारी पूरा, पहिलो खेलमा आर्मी र गण्डकी भिड्ने

खेलकुद, मुख्य समाचार
काठमाडौं, माघ १ । नेपाल क्रिकेट संघको आयोजनामा हुन लागेको प्रधानमन्त्री कप पुरुष एक दिवसीय क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ । नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका हुन । विश्वभर फैलिएको कोरोना भाइरसका कारण केही समय धकेलिएको प्रतियोगिता कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदान र मूलपानी क्रिकेट मैदानमा आयोजना हुँदै छ । भोलि (शुक्रबार) बाट हुने प्रतियोगिताको पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुँदै छ । माघ १७ गतेसम्म चल्ने प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टिम गरी कुल १० टोली आमने-सामने हुनेछन् । प्रतियोगिताको आयोजक क्रिकेट संघले सहभागी १० टोलीलाई २ समूहमा विभाजन गरेको छ । दुई समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, एपीए...