Friday, May 22
Shadow

मुख्य समाचार

कोरोनाबाट विश्वमा २२ लाख ६२ हजार बढीको मृत्यु, १० करोड ४३ लाख संक्रमित

कोरोनाबाट विश्वमा २२ लाख ६२ हजार बढीको मृत्यु, १० करोड ४३ लाख संक्रमित

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौँ, माघ २१ । विश्वमा कोरोना भाइरस संक्रमितको संख्याको १० करोड ४३ लाख ७८ हजार ६५७ पुगेको छ । बुधबार बिहानको तथ्यांक अनुसार अहिलेसम्म २२ लाख ६२ हजार ८४ संक्रमितले ज्यान गुमाएका छन् । संक्रमित २ करोड ५८ लाख ८३ हजार ३९५ जनामा सक्रिय संक्रमण छ भने ७ करोड ६२ लाख ३३ हजार १७८ जनाले कोरोनालाई जितेका छन् । सक्रिय संक्रमितमध्ये १ लाख ६ हजार ९४५ जनाको स्वास्थ्य अवस्था गम्भीर छ ।सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा संक्रमित संख्या २ करोड ७० लाख २७ हजार ३४७ पुगेको छ। अहिलेसम्म अमेरिकामा ४ लाख ५७ हजार ८५६ जना संक्रमितको ज्यान गएको छ । १ करोड ६७ लाख ५० हजार ४२२ जना निको भएका छन् भने ९८ लाख १९ हजार ६९ जनामा सक्रिय संक्रमण छ । विभिन्न अस्पतालमा उपचाररत सक्रिय संक्रमितमध्ये २३ हजार ६७३ जनाको स्वास्थ्य अवस्था गम्भीर छ ।...
आजबाट अनलाइनबाटै ट्राफिक जरिमाना तिर्न सकिने

आजबाट अनलाइनबाटै ट्राफिक जरिमाना तिर्न सकिने

मुख्य समाचार, समाचार, समाज
काठमाडौं , माघ २१ । महानगरीय ट्राफिक महाशाखाले बुधबार अनलाइन सेवाको औपचारिक उद्घाटन गर्दैछ । योसँगै अब ट्राफिक नियम उल्लङ्घन गरे अनलाइनबाटै जरिमाना भुक्तान गर्न मिल्ने भएको छ । सवारी चालकलाई सहज होस् भनी अनलाइनबाटै जरिमाना रकम भुक्तान गर्ने मिल्ने प्रणाली सुरु गरिएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ । यसअघि बैंकमा लाइन बसेर जरिवाना तिर्नुपर्थ्यो ।महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लंघन गरेबापत तिर्ने जरिवानालाई अनलाइनबाट पनि भुक्तानी गर्न मिल्ने गरी सफ्टवेयर विकास गरेको हो ।...
अख्तियारसहित संवैधानिक आयोगहरूमा आजै नियुक्ति र शपथ

अख्तियारसहित संवैधानिक आयोगहरूमा आजै नियुक्ति र शपथ

मुख्य समाचार, समाचार, समाज
काठमाडौं , माघ २१ ।। सरकारले आज संवैधानिक आयोगहरुलाई पूर्णता दिने भएको छ । संवैधानिक परिषद्ले गरेको विवादास्पद सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले आज विभिन्न संवैधानिक निकायहरुमा नियुक्ति गर्ने भएकी छन् ।आज सबैजनालाई नियुक्त गर्ने र आजै शपथ गराउने तयारी भईरहेको छ । संवैधानिक परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त, राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष, समावेशी आयोगका अध्यक्षलगायत ११ संवैधानिक निकायमा ४५ जनाको नाम नियुक्तिका लागि सिफारिस गरेको थियो । सोअनुसार आज बिहान सबै जनालाई राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नियुक्त गर्ने गरी कार्यक्रम तय गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । कानुनतः उनीहरूको नियुक्ति पछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले शपथ खुवाउने छन् । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार संवैधानिक परिषद्का सदस्य सचि...
देशभरको मौसममा बदली :  वर्षा, हिमपातको सम्भावना

देशभरको मौसममा बदली : वर्षा, हिमपातको सम्भावना

ब्यानर समाचार 2, मुख्य समाचार, मौसम, समाचार, समाज
काठमाडौँ , माघ २१ । आज देशभरको मौसममा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज कतै वर्षा र कतै हिमपातको सम्भावना छ । विभागका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापिय रेखाको आंशिक प्रभाव रहेको छ। हाल देशका पहाडी भूभागमा आशिंक बदली रहेको छ भने बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहेको छ।तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको अवस्था छ । आगामी तीन दिनको मौसम पूर्वानुमान माघ २१ गते (बुधबार) दिउँसो : देशको सुदूर पश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकि पहाडी भूभागमा आंशिक बदली साथै अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भुभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। राति : देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकि भूभागहरुमा मौसम सामान्यत...
आज २०७७ माघ २१ गते बुधबारको राशिफल

आज २०७७ माघ २१ गते बुधबारको राशिफल

मुख्य समाचार, समाचार, समाज
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ पद र प्रतिष्ठा पाईने संभावना छ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । मन प्रसन्न र खुसी पनि रहनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) विद्या र नयाँ ज्ञान बढ्नेछ । आकस्मिक धन लाभ हुनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ, तर सामाजिक र धार्मिक कार्यमा खर्च बढ्न सक्छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । शत्रु र विपक्षी पराजित हुन सक्छन् । विपवरित वर्गको भेट र साथ मिल्ने राम्रो योग छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज लाभदायक यात्रा हुनेछ । नयाँ कार्यको महत्त्वपूर्ण योजना बन्नेछ । शेयर बाजार र व्यापार, व्यवसायबाट लाभ मिल्नेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अग्रजको सहयोगले कार्य सम्पादन हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । परिवारमा सुख सन्तोष छाउनेछ । कला र गलाको ...
ताप्लेजुङमा आगलागीबाट चार घर जलेर नष्ट

ताप्लेजुङमा आगलागीबाट चार घर जलेर नष्ट

मुख्य समाचार
  ताप्लेजुङ, माघ २० । सिरिजङ्घा गाउँपालिका–१ सिनाममा आगलागीबाट चार घर जलेर नष्ट भएका छन् । आज दिउँसो भएको आगलागीबाट सिनामको पञ्चमी बजार नजिकैका दीपेन्द्र गिरी, टेकनाथ गिरी, शान्तिराम गिरी र दीपक गिरीका घर जलेर नष्ट भएका हुन् । आगलागी भएको र पूर्णरुपमा जलेर नष्ट भएको स्थानीयवासी भीम थेबेले जानकारी दिए । उनका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सक्रियतामा दुई घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट घर जलेर नष्ट भएपछि पीडित परिवार आगलागी भएको क्षेत्रमा पाल टाँगेर बसेका छन् । आगलागीबाट भएको क्षतिको एकिन विवरण भने आइनसकेको प्रहरीले जनाएको छ ।...
उपप्रधानमन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेट

उपप्रधानमन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेट

मुख्य समाचार, राजनिती
काठमाडौं, माघ २० । उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उनीहरूबीच भएको भेटमा दुई देशबीचको मित्रता र द्विपक्षीय सहयोगका विषयमा छलफल भएको कार्यालयका प्रवक्ता शङ्कर नेपालले जानकारी दिए । उपप्रधानमन्त्री पोखरेलले जलवायु परिवर्तन नेपालको प्राथमिकता रहेको भन्दै सन् २०१९ मा पोल्याण्डमा भएको जलवायु परिवर्तनसम्बन्धी सम्मेलन ९कोप–२४० मा नेपालको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीसहित प्रतिनिधिमण्डलले सहभागिता जनाएको स्मरण गरे । उनले संयुक्त अधिराज्यबाट नेपालको विकासमा भइरहेको सहयोग र कोभिड–१९ को उपचारका लागि उपलब्ध सहयोगप्रति धन्यवाद व्यक्त गरे । सो अवसरमा राजदूत पोलिटले नेपालले जोखिममा रहेका आफ्ना नागरिकका लागि सुरु गरेको कोभिड–१९ विरुद्धको खोप अभियानको सराहना गर्दै नेपाललाई यस अभियान...
नुवाकोटमा बसको ठक्करबाट सशस्त्र प्रहरीको मृत्यु

नुवाकोटमा बसको ठक्करबाट सशस्त्र प्रहरीको मृत्यु

मुख्य समाचार, समाचार, समाज
काठमाडौं, माघ २० । नुवाकोटमा बसको ठक्करबाट सशस्त्र प्रहरीको मृत्यु भएको छ । विदुर नगरपालिका–१ ढुङ्गेमा बसको ठक्करबाट विदुर–१० गेर्खुटारका १९ वर्षीय दिनेश तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।नुवाकोटको त्रिशुलीबाट काठमाडौंतर्फ जान लागेको ग १ ख ८८९८ नम्बरको बसले उनलाई ठक्कर दिएको हो । बसको ठक्करबाट घाइते तामाङको उपचारको क्रममा त्रिशुली अस्पतालमा मृत्यु भएको हो । घटनापछि चालक र बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैबीच मृतकका आफन्तले क्षतिपूर्ति र दोषीलाई कारबाहीको माग गर्दैै सदरमुकाम विदुर र ढुङ्गेमा प्रर्दशन गरेका छन् ।...
भारतको माल्पामा पहिरो, महाकाली नदी थुनियो, सतर्क रहन आग्रह

भारतको माल्पामा पहिरो, महाकाली नदी थुनियो, सतर्क रहन आग्रह

मुख्य समाचार, समाचार, समाज
काठमाडौं । भारतले निर्माण गरिरहेको सडकका कारण माल्पा क्षेत्रमा पुनः पहिरो गएको छ । कैलाश मानसरोवर मार्गमा पर्ने उक्त क्षेत्रमा आज पहिरो गएको हो । नेपाल–भारत पश्चिम सीमा महाकाली नदी थुनिएको छ । दार्चुलाको माल्पामा आएको ठूलो पहिरोका कारण नदी थुनिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कृणानन्द जोशीले जानकारी दिए । थुनिएको नदी जुनसुकै बेला फुट्न सक्ने भएकाले तटी क्षेत्रमा बसोबास भएका र काम गर्ने सबैलाई आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालय आग्रह गरेको छ ।  ...
प्रतिनिधिसभा विघटनः जसपाद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा

प्रतिनिधिसभा विघटनः जसपाद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा

मुख्य समाचार, राजनिती
काठमाडौँ, माघ २० । जनता समाजवादी पार्टी (जसपा)ले आन्दोलनका थप कार्यक्रमको घोषणा गरेको छ। प्रतिनिधसभा विघटनको विरोधमा चरणवद्ध आन्दोलन गर्दै आएको जसपाले थप कार्यक्रम सार्वजनिक गरेको हो । मंगलबार विज्ञप्ति जारी गर्दै जसपाले प्रतिनिधिसभा विघटन असंवैधानिक, अलोकतान्त्रिक तथा प्रतिगमनकारी कदम भएको भन्दै जिल्लस्तरका प्रदर्शन गर्न लागेको हो। माघ २३ गते जनप्रदर्शन, २५ गते पुत्ला दहन र २८ गते मसाल जुलुस निकाल्ने जसपाले जनाएको छ। त्यस्तै, संघीय तथा प्रदेश निर्वाचन क्षेत्र, पालिका र वडास्तरमा स्थानीय स्थिति अनुरूप विरोध कार्यक्रमहरू निर्धारण गरी आन्दोलन निरन्तर जारी राख्ने विज्ञप्तिमा उल्लेख गरिएको छ।...