Friday, May 22
Shadow

मुख्य समाचार

आज विश्व क्यान्सर दिवस मनाइँदै,  हुन्छ प्रत्येक मिनेट १७ व्यक्तिको मृत्यु

आज विश्व क्यान्सर दिवस मनाइँदै, हुन्छ प्रत्येक मिनेट १७ व्यक्तिको मृत्यु

मुख्य समाचार, समाचार, समाज, स्वास्थ्य
काठमाण्डौ, माघ २२ । क्यान्सरबाट हुने मृत्युलाई कम गर्न विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आज विश्व क्यान्सर दिवस मनाइँदै छ । विश्व स्वास्थ्य संगठनको आह्वानमा हरेक फेब्रुअरी ४ तारिखका दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । समयमै पहिचान हुनसकेमा धेरै हदसम्म क्यान्सरको रोकथाम गर्न सकिने डाक्टरहरुले बताएका छन् । अध्ययनहरुकाअनुसार क्यान्सरका कारण ज्यान गुमाएकामध्ये २२ प्रतिशत सूर्तीजन्य पदार्थ सेवनका कारणले हुने गरेको पाइन्छ ।विश्वमा सबैभन्दा घातक रोग मानिएको क्यान्सर अर्थात् अर्बुद रोगबाट प्रत्येक मिनेटमा १७ व्यक्तिको मृत्यु भइरहेको छ । १० प्रतिशत भने धेरै खाना खाएर या पौष्टिक आहारको कमीका कारण, जाँडरक्सी पिएर र नियमित व्यायामको कमीले हुने रोग र सङ्क्रमणका कारणले क्यान्सर हुने गरेको छ । बाँकी क्यान्सरका कारणहरुमा विकीकरण र विभिन्न संक्रमणहरु पनि रहेका छन् । विकासोन्मुख देशहरुमा भने ह...
आजको मौसमः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

आजको मौसमः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

ब्यानर समाचार 2, मुख्य समाचार, मौसम
काठमाडौं , माघ २२ । काठमाडौंको आजको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस रहेको छ । विहान साढे ६ बजेको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन गरिएको मौसम मापन केन्द्रले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले आज काठमाडौंमा दिउँसो सामान्य बदली हुने जनाएको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी पहाडी भू–भागमा आंशिक बदली हुनुका साथै अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको संभावना रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा हुने महाशाखाले जनाएको छ । यस्तै आजराति सुदूरपश्चिम, कर्णाली प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र वाग्मती प्रदेशका केही स्थानमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपाको संभावना ...
आज – २२ माघ २०७७ बिहिवार को राशिफल

आज – २२ माघ २०७७ बिहिवार को राशिफल

मुख्य समाचार, समाचार, समाज
मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ जिम्मेवारी पाइएला । घरमा अतिथीको आगमन हुनेछ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ । वृष वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज शुभकार्यको योग छ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । दिनको उत्तरार्धमा धन खर्च हुनेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । वित्तिय संस्थाबाट सहयोग पाईने र स्वादिष्ट भोजन पनि मिल्नेछ । कर्कट कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । नोकरीमा स्थानान्तरण तथा पदोन्नतिको योग छ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) शुभकार्यको चर्चा चल्नेछ ...
मध्यावधी निर्वाचनः आयोगले माग्यो अर्थ मन्त्रालयसँग ७ अर्ब ७ करोड रूपैयाँ

मध्यावधी निर्वाचनः आयोगले माग्यो अर्थ मन्त्रालयसँग ७ अर्ब ७ करोड रूपैयाँ

आर्थिक, मुख्य समाचार
काठमाडौं, माघ २१ । सरकारले घोषणा गरेको मध्यावधी निर्वाचनका लागि निर्वाचन आयोगले सरकारसँग ७ अर्बभन्दा बढी बजेट माग गरेको छ । आगामी वैशाख १७ र २७ गतेका लागि तोकिएको निर्वाचन खर्च ७ अर्ब ७ करोड ९४ लाख ८० हजार चाहिने आयोगले बताएको छ । सो रकम अर्थ मन्त्रालयसँग माग गर्ने निर्णय आयोगले गरेको छ । प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि आर्थिक व्यवस्थापन सम्बन्धमा प्रतिनिधिसभा सदस्य निर्वाचन सञ्चालन आर्थिक कार्यविधि, २०७७ र निर्वाचन सञ्चालन र व्यवस्थापनका लागि सो रकम आवश्यक पर्ने भएको हो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार कोभिड–१९ को महामारीको समयमा निर्वाचन सञ्चालन र व्यवस्थापन गर्दा मितव्ययीता अपनाउने गरी आयोगले कार्यविधि बनाएको छ ।...
दाहाल नेपाल समूहको मसाल जुलुसमा झडप , २ प्रहरीसहित ३ जना घाइते

दाहाल नेपाल समूहको मसाल जुलुसमा झडप , २ प्रहरीसहित ३ जना घाइते

मुख्य समाचार, समाचार, समाज
काठमाडौं, माघ २१ । नेकपा दाहाल नेपाल समूहका नेता, कार्यकर्ताहरुले सदरमुकाम धादिङबेंसीमा बुधबार साँझ निकालेको मसाल जुलुसमा प्रहरी हस्तक्षेप भएको छ । बिहीबारका लागि आह्वान गरिएको आम हड्तालको पूर्वसन्ध्यामा निकालिएको मसाल जुलुस पुछारबजारमा समापन हुन लागेको बेला प्रहरीले रोक्न खोजेको थियो । त्यसक्रममा केहीबेर झडप हुँदा प्रहरी निरीक्षक अरुणकुमार कुशवाह तथा प्रहरी जवान हेमला गुरुङ घाइते भएका छन् । आन्दोलनकारीतर्फ नेकपा नेता लक्ष्मण रम्तेल सख्त घाइते भएका छन् । नेकपा नेता रामबहादुर भण्डारीका अनुसार धादिङबेंसीको शिरानबजारबाट सुरु गरिएको मसाल जुलुस क्याम्पस चोक, वीचबजार, शान्तबजार हुँदै पुछारबजारमा आएर कोणसभामा परिणत भएको थियो । प्रहरी सँगको झडपमा गम्भीर घाइते भएका रम्तेललाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि काठमाडौं पठाइएको नेकपा नेता विजय बुर्लाकोटीले बताए । उनको टाउकोमा गम्भीर चोट ला...
संवैधानिक निकायका प्रमुखलाई काममा रोक लगाउन माग गर्दै सर्वोच्च रिट

संवैधानिक निकायका प्रमुखलाई काममा रोक लगाउन माग गर्दै सर्वोच्च रिट

मुख्य समाचार, समाचार, समाज
काठमाडौं, माघ २१ । विभिन्न संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीलाई काम गर्न रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । बुधबार पद तथा गोपनीयताको सपथ लिएका संवैधानिक निकायका ३२ जना प्रमुख तथा पदाधिकारीलाई कामकाज गर्न रोक लगाउन माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गरेका हुन्। सरकारले ल्याएको अध्यादेशले संविधानको धारा २, ८३, २८४ र २९२ को बर्खिलाप भएको रिटमा उल्लेख छ । संवैधानिक परिषद् सम्बन्धी अध्यादेश नै संविधान विपरीत रहेको, परिषदका ६ मध्ये तीन जना बसेर निर्णय गर्न नमिल्ने र संसदीय सुनुवाइबिनै ती आयोगहरूमा नियुक्तिको परिकल्पना संविधानले नगरेको त्रिपाठीको जिकिर छ । यता संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीलाई नियुक्ति गरिएको भन्दै प्रचण्ड र नेपाल समुहले पनि विरोध गरेको छ । साथै भोली नेपाल बन्दको घोषणा पनि गरेको छ ।...
प्रवक्ता शर्मा भन्छन् -सरकार विरुद्धको संघर्षमा अब कांग्रेस थप सशक्त रुपमा उत्रिन्छ

प्रवक्ता शर्मा भन्छन् -सरकार विरुद्धको संघर्षमा अब कांग्रेस थप सशक्त रुपमा उत्रिन्छ

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
  काठमाडौँ, माघ २१ । नेपाली कांग्रेसले सरकार विरुद्धको संघर्ष थप सशक्त गर्ने भएको छ । संवैधानिक निकायमा भएको नियुक्ति र शपथले सरकार ‘सर्वसत्ताउन्मुख’ भएको ठहर गर्दै कांग्रेसले संघर्षका कार्यक्रम थप सशक्त बनाउने प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् । ‘दम्भ र द्वन्द्वको परिणाममा संविधानको मर्म विपरीतको कर्मसाथ सर्वसत्ताउन्मुख प्रवृत्ति विरुद्ध, संघर्ष झनै घनिभूत बनाउनुपर्ने निष्कर्षमा छौं हामी’ शर्माले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्। विधि उल्लंघनको प्रवृत्तिप्रति कांग्रेसको प्रष्ट विमति रहेको शर्माले उल्लेख गरेका छन्। संवैधानिक परिषद् सम्बन्धी अध्यादेश, संवैधानिक परिषद्को बैठक र बुधबारको शपथग्रहणप्रति कांग्रेसको विरोध रहेको उनले बताएका छन्। गएको मंसिर ३० मा बसेको संवैधानिक परिषद्को बैठकले गरेको सिफारिस अनुसार बुधबार विभिन्न संवैधानिक निकायमा नियुक्त भएका ३२ जना पदा...
भरूवा बन्दुक र कालिजसहित दुई पकाउ

भरूवा बन्दुक र कालिजसहित दुई पकाउ

अपराध, मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
बझाङ , माघ २१ । बझाङमा भरूवा बन्दुकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । छबिसपाथिभेरा गाउँपालिका–४ स्थित टीका सामुदायिक वनबाट मङ्गलबार राति ११स्३० बजे एकनाले भरूवा बन्दुक, बारुद, केप, छर्रा, एउटा जङ्गली मरेको कालिज, टर्चलाइट र एक थान हँसियासहित छविसपाथिभेरा–३ का ४३ वर्षीय गणेश खवास र ५० वर्षीय निमु खवासलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीचौकी छबिसपाथीभेराबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त हातहातियारसहित टीका सामुदायिक वन क्षेत्रभित्र फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताए ।...
सुष्मा कार्की र पत्रकार रसाइलीबीच मिलापत्र, उत्सवले मागे दुई हात जोडी माफी

सुष्मा कार्की र पत्रकार रसाइलीबीच मिलापत्र, उत्सवले मागे दुई हात जोडी माफी

मुख्य समाचार, समाचार, समाज
काठमाडौँ , माघ २१ । अभिनेत्री सुष्मा कार्की र अभिनेत्री श्वेता खड्काकी बहिनी आरती खड्का तथा पत्रकार उत्सव रसाइलीबीच मिलापत्र भएको छ । बुधबार प्रहरीक ओरोहभरमा सुष्मा र थप्पड हानेका भनिएका पत्रकार रसाइलीबीच मिलापत्र भएको हो ।सुष्माले आफूमाथि कुटपिट तथा गालीगलौज भएको भन्दै प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । मंगलबार अभिनेत्री कार्कीले काठमाडौंको महानगरीय प्रहरी वृत्त, दरबारमार्गमा उजुरी दिएकी हुन् ।पत्रकार रसाइलीले दुईहात जोडि माफी मागेका छन् । सुष्माले आफुलाई थप्पड हान्ने पत्रकार रसाइलीलाई माफी दिएको बताएकी छन् । पत्रकार रसाइलीले पनि आफुहरुबीच असमझदारी भएको र अहिले सबै विषय प्रष्ट भएको बताएका छन् । मंगलबार राति दरबारमार्गस्थित लन्डन पबमा उनीहरुबीच झगडा भएको थियो ।...
ओली पक्षको आज काठमाडौंमा बृहत मोटरसाइकल र्‍याली , यस्तो छ रुट

ओली पक्षको आज काठमाडौंमा बृहत मोटरसाइकल र्‍याली , यस्तो छ रुट

मुख्य समाचार, राजनिती
काठमाडौं , माघ २१ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केपीशर्मा ओली पक्षले काठमाडौंमा आज बृहत मोटरसाइकलको र्‍याली गर्दैछ । बागमती प्रदेश कमिटीको आयोजनामा माघ २३ गते हुने शक्ति प्रदर्शन तयारीस्वरूप अनेरास्ववियू र राष्ट्रिय युवा संघले संयुक्त रूपमा मोटरसाइकलको र्‍याली गर्न लागेका हुन् । मध्यान्ह १२ बजे बालकुमारीबाट सुरु हुने र्‍याली दोबाटो(लगनखेल(जावलाखेल-पुल्चोक-थापाथली-त्रिपुरेश्वर-एनएसी-जमलचोक- दरबारमार्ग-नारायणहिटी-जयनेपाल हल(कमलपोखरी-रातो पुल-गौशाला-एयरर्पोर्ट हुँदै तीनकुने पुगेर सभामा परिणत हुने राष्ट्रिय युवा संघले जनाएको छ। यता ओली पक्षको बागमती कमिटीले माघ २३ काठमाडौंमा जनसभा गर्दैछ ।संसद विघटनपश्चात मध्यावधी निर्वाचन घोषणा गरि नयाँ परिस्थितीमा नारायणहिटी दरबार संग्रहालयको दक्षिण ढोकातर्फको सडकमा ओली पक्षले जनसभा आयोजना गर्न लागेको छ । उक्त जनसभाको अन्तिम तयारी पुरा भएको...