Saturday, April 20
Shadow

ताप्लेजुङमा आगलागीबाट चार घर जलेर नष्ट


  • -इ
  • इ+

 

ताप्लेजुङ, माघ २० । सिरिजङ्घा गाउँपालिका–१ सिनाममा आगलागीबाट चार घर जलेर नष्ट भएका छन् ।

आज दिउँसो भएको आगलागीबाट सिनामको पञ्चमी बजार नजिकैका दीपेन्द्र गिरी, टेकनाथ गिरी, शान्तिराम गिरी र दीपक गिरीका घर जलेर नष्ट भएका हुन् ।

आगलागी भएको र पूर्णरुपमा जलेर नष्ट भएको स्थानीयवासी भीम थेबेले जानकारी दिए । उनका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सक्रियतामा दुई घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।

आगलागीबाट घर जलेर नष्ट भएपछि पीडित परिवार आगलागी भएको क्षेत्रमा पाल टाँगेर बसेका छन् । आगलागीबाट भएको क्षतिको एकिन विवरण भने आइनसकेको प्रहरीले जनाएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares