Tuesday, April 30
Shadow

प्रतिनिधिसभा विघटनः जसपाद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा


  • -इ
  • इ+

काठमाडौँ, माघ २० । जनता समाजवादी पार्टी (जसपा)ले आन्दोलनका थप कार्यक्रमको घोषणा गरेको छ।

प्रतिनिधसभा विघटनको विरोधमा चरणवद्ध आन्दोलन गर्दै आएको जसपाले थप कार्यक्रम सार्वजनिक गरेको हो ।

मंगलबार विज्ञप्ति जारी गर्दै जसपाले प्रतिनिधिसभा विघटन असंवैधानिक, अलोकतान्त्रिक तथा प्रतिगमनकारी कदम भएको भन्दै जिल्लस्तरका प्रदर्शन गर्न लागेको हो।

माघ २३ गते जनप्रदर्शन, २५ गते पुत्ला दहन र २८ गते मसाल जुलुस निकाल्ने जसपाले जनाएको छ। त्यस्तै, संघीय तथा प्रदेश निर्वाचन क्षेत्र, पालिका र वडास्तरमा स्थानीय स्थिति अनुरूप विरोध कार्यक्रमहरू निर्धारण गरी आन्दोलन निरन्तर जारी राख्ने विज्ञप्तिमा उल्लेख गरिएको छ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares