Saturday, May 23
Shadow

मुख्य समाचार

भिर माथिबाट खसेको ढुङ्गाले लाग्दा बालिकाको मृत्यु

भिर माथिबाट खसेको ढुङ्गाले लाग्दा बालिकाको मृत्यु

दुर्घटना, मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
डोटी , फागुन १९ । डोटीमा भिर माथिबाट खसेको ढुङ्गा टाउकामा लागेर सायल गाउँपालिका–१ छपाली पुजारागाउँकी ११ वर्षीया बालिका समीक्षा पुजाराको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार जङ्गलबाट बाख्रा चराएर घर ल्याउन हिँडेकी समीक्षाको मङ्गलबार साँझ टाउकामा ढुङ्गा लाग्दा मृत्यु भएको हो । मृतक बालिकाको शव परीक्षणका लागि अहिले जिल्ला अस्पताल डोटीमा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । विद्यालय बिदापश्चात् घरबाट खाजा खाएर जङ्गल बाख्रा ल्याउन हिँडेकी निज बालिकासँग अन्य दुई बालबालिका समेत रहेको तर ती बालबालिका भागेर बाँच्न सफल भएको स्थानीयवासी बलबहादुर पुजाराले जानकारी दिए ।  ...
अफगानिस्तानमा गोली हानी ३ महिला पत्रकारको हत्या

अफगानिस्तानमा गोली हानी ३ महिला पत्रकारको हत्या

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौं, फागनु १९ । अफगानिस्तानमा गोली हानी ३ महिला पत्रकारको हत्या गरिएको छ । अफगानिस्तानको जलालावादमा यो घटना भएको हो । तालिवानी लडाकूहरुको छुट्टाछुट्टै आक्रमणमा परेर एक जना घाइतेसमेत भएको बीबीसीले जनाएको छ । स्थानीय टेलिभिजनमा काम गर्ने ती महिला १८ देखि २० वर्षका रहेको बताइएको छ । घटनामा संलग्न भएको आशंकामा सुरक्षाकर्मीले केही व्यक्ति पक्राउ गरेपनि कसैले पनि घटनाको जिम्मा नलिएपनि तालिवानीले आक्रमण गरेको त्यहाँका सरकारी अधिकारीहरुले जनाएका छन् । पछिल्लो एक वर्षयता तालिवानी लडाकूहरुले विभिन्न क्षेत्रका व्यक्तिमाथि आक्रमण गरिरहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।  ...
ताप्लेजुङ भिषण आगलागी हुँदा ४९ घर जलेर नष्ट, तत्कालका लागि पीडितलाई १५ हजार वितरण गरिने

ताप्लेजुङ भिषण आगलागी हुँदा ४९ घर जलेर नष्ट, तत्कालका लागि पीडितलाई १५ हजार वितरण गरिने

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
ताप्लेजुङ, फागुन १८ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ स्थित दोभान बजारमा आगलागीबाट जलेर नष्ट भएका ४९ घर र त्यहाँ भाडामा बस्ने परिवारलाई गाउँपालिकाले राहत वितरण गर्ने भएको छ । आज स्थानीय भोला पौडेलको घरमा विद्युत शर्त भएर बिहान करिब ९ बजेबाट सुरु भएको आगलागी हुँदा क्षति पुगेको थियो ।ती परिवारलाई तत्कालका लागि नगद रु १५ हजार उपलब्ध गराउने तयारी भएको गाउँपालिकाका प्रवक्ता सूर्यमान बराइलीले जानकारी दिए । उनका अनुसार आगलागीका कारण भएको प्रारम्भिक क्षतिको विवरण संकलन भएको र थप क्षतिको यकिन विवरण तयार पार्न ५ सदस्यीय कार्यदल समेत गठन गरिएको छ । पीडितलाई आवासका लागि व्यवस्थापन गर्ने तयारी भइरहेको जनाइएको छ । विस्थापित परिवारको संख्या ठूलो भएकाले रेडक्रस, उद्योग वाणिज्य संघ लगायतका संघसंस्थासँग समन्वय गरिएको छ । तत्कालका लागि केहीलाई दोभान बजारकै केही घरहरूमा र केहीलाई आठराई त्रिवेणी...
सरकारले थप ५० लाख डोज कोरोना खोप ल्याउँदै

सरकारले थप ५० लाख डोज कोरोना खोप ल्याउँदै

मुख्य समाचार, समाचार, समाज
काठमाडौं, फागुन १८ । सरकारले थप ५० लाख डोज कोरोना खोप ल्याउने भएको छ । यसका लागि प्रक्रिया थालीसकिएको बताएको छ । नेपालमा थप ५० लाख डोज खोप ल्याउन लागिएको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले दिएको जानकारी दिएका छन् । संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिमा थप खोप खरिदका लागि प्रक्रिया सुरु भइसकेको सचिव अर्यालले बताए । नेपालले अहिलेसम्म जिटुजी मार्फत २० लाख डोज खोप खरिद गरिसकेको छ । जसअन्तर्गत पहिलो खेप १० लाख डोज नेपालमा ल्याइसकिएको छ । बाँकी १० लाख डोज पनि ल्याउने प्रक्रियामा छ । यसअघि भारतले १० लाख डोज र चीनले ८ लाख डोज कोरोना खोप अनुदानमा दिने घोषणा गरिसकेका छन् । मन्त्रालयका अनुसार ३ लाख डोज खोप यही हप्ता र थप १० लाख खोप १५ दिनभित्र आउनेछ । हाल मन्त्रालयसँग रहेको र बाँकी खोप खरिद गरी १ करोड १० लाख डोज ल्याएपछि अर्को चरणको खोप कार्यक्...
प्रधानमन्त्रीले नैतिकताका हिसाबले राजीनामा दिनुपर्छः माधव नेपाल

प्रधानमन्त्रीले नैतिकताका हिसाबले राजीनामा दिनुपर्छः माधव नेपाल

मुख्य समाचार, राजनिती
काठमाडौं, फागुन १८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले नैतिकताको हिसाबले प्रधानमन्त्रीले राजीनामा दिनु पर्नै बताएका छन् । उनले प्रधानमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताए । प्रेस सङ्गठन मोरङद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले सो कुरा बताएका हुन् । कार्यक्रममा नेपालले प्रतिनिधिसभा विघटनविरुद्ध सडक सङ्घर्ष गर्ने सबैसँग मिलेर सरकार बनाइने बताए । उनले बहुमत सदस्य आफूहरुका पक्षमा रहेको जिकिर गर्दै पार्टीका अधिकारिकताका विषयमा समस्या नहुने विचार व्यक्त गरे ।...
काँग्रेसले भन्यो- विप्लव समुहसँग वार्ता गर्न समिति गठन सकारात्मक

काँग्रेसले भन्यो- विप्लव समुहसँग वार्ता गर्न समिति गठन सकारात्मक

मुख्य समाचार, राजनिती
काठमाडौँ , फागुन १८ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्न टोली गठन गरेकोलाई सकारात्मक भनेको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै वार्ता समिति गठन सकारात्मक भएको र ईमान्दार वार्ताबाट समाधानमा पुग्न आग्रह गरेका छन् । काँग्रेस सबै समस्याको समाधान वार्ता, संवादबाट गर्नु पर्ने मान्यतामा दृढ रहँदै आएको उल्लेख गर्दै विज्ञप्तिमा सरकार र विप्लव समूहले इमान्दारीपूर्वक बहुलवादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक, संसदीय शासन प्रणालीको परिधि भित्र रहि समाधान खोज्ने छन् भन्ने विश्वास लिएको उल्लेख गरिएको छ ।...
बाँकेमा माइक्रोबसले ठक्कर दिँदा एकजनाको मृत्यु, दुईजना घाइते

बाँकेमा माइक्रोबसले ठक्कर दिँदा एकजनाको मृत्यु, दुईजना घाइते

दुर्घटना, ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
बाँके , फागुन १८ । बाँकेको कोहलपुरमा माइक्रोबसले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । भे १ ख २२३९ नम्बरको माइक्रोबसले भे १० प ५६१ नम्बरको मोटरसाइकललाई मंगलबार कोहलपुर नगरपालिका९५ किरन नाला नजिक सडकमा ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कोहलपुर नगरपालिका९३ बस्ने २५ वर्षीय बीरेन्द्र शाही रहेका छन् । माइक्रोबसको ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सोही माइक्रोबसले ठक्कर दिँदा एकजना साईकलयात्री र अर्का एकजना पैदलयात्री पनि घाइते भएको प्रहरीले जनाएको छ । घाइते दुवै जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । माइक्रोबस चालकलाई निन्त्रणमा लिएर प्रहरीले दुर्घटनाबारे अनुसन्धान गरिरहेको छ ।...
तारकेश्वरको साङ्लामा निर्माण भएको सडक ५ महिना नबित्दै उप्कियो कालोपत्रे

तारकेश्वरको साङ्लामा निर्माण भएको सडक ५ महिना नबित्दै उप्कियो कालोपत्रे

मुख्य समाचार, स्थानिय तह
काठमाण्डौँ, फागुन १८ तारकेश्वर नगरपालिका वडा नं १ को साङ्ला मा सडक कालोपत्र गरेको ५ महिना नबित्दै उक्किएको छ । नगरपालिकाको बजेटमा स्पीट बिल्डर नामक ठेकेदार कम्पनिले निर्माण गरेको उक्त सडकको कालोपत्र उप्किन थाले संगै स्थानियले गुनासो गर्न थालेका छन् । ५ महिना अगाडि निर्माण भएको सडकको कालोपत्रे उप्किन थाल्दा निर्माण कम्पनी भने अनविज्ञ रहेको छ । कम्पनीका प्रमुख ध्रुव खरेल संग हामिले सम्र्पक गर्दा आफुलाई सो बारे कुनै जानकारी नभएको बताए । त्यस्तै नगरपालिकाका ईन्जिनियर पूर्ण काजि मर्हजनले भने स्थानियको गुनासो आए संगै त्यहाँ रहेका ईन्जिनियलाई त्यहाँ खटाईएको बताए ।...
नवलपुरको दुम्कौलीमा ट्रक एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु

नवलपुरको दुम्कौलीमा ट्रक एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु

दुर्घटना, मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
कावासोती ,फागुन १८ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्कौलीमा गए राति दुईवटा ट्रक एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी ९बर्दघाट सुस्तापूर्व०का प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार दुर्घनामा परेका दुवै ट्रकका चालकको मृत्यु भएको हो । उनका अनुसार दुर्घटनामा परी ना६ख ३०११ नंको ट्रक चालक पोखरा महानगरपालिका–१५ बस्ने ५१ वर्षीय खिमबहादुर विक र ना७ख ७०२३ नंको ट्रकका चालक हेटौँडा उपमहानगरपालिका बस्ने ३४ वर्षीय राजकुमार न्यौपानेको मृत्यु भएको छ । दुर्घटनामा परेर ट्रकका सहचालकसमेत घाइते भएका छन् । ट्रकका सहचालक तनहुँ बन्दीपुर गाउँपालिका–३ बस्ने १८ वर्षीय विश्वास शाही र बवही गाउँपालिका–६ दाङ बस्ने ३३ वर्षीय घनश्याम खड्का घाइते भएका छन् । घाइते दुवैको अवस्था गम्भीर रहेको ...
बंगलादेशसँग किनिएको मल १ सातामा नेपाल आउँदै

बंगलादेशसँग किनिएको मल १ सातामा नेपाल आउँदै

आर्थिक, ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौं , फागुन १८ । नेपाल सरकारले बंगलादेशसँग जीटुजी प्रक्रियामार्फत किनेर ल्याउन लागेको युरिया मल अबको १ सातामा नेपाल आइपुग्दै छ । ५० हजार मेट्रिक टन मेटन युरिया मलमध्ये हाल २२ हजार ५ सय मेटन मल कोलकाता बन्दरगाहमा आइपुगेको छ । कोलकाता बन्दरगाहमा आइपुगेको मल अहिले श्रमिकहरूले अनलोड र ब्यागिङ गर्दै छन् । कृषि सामग्री कम्पनी लिमिटेडका प्रवक्ता विष्णु पोखरेलका अनुसार अबको ३÷४ दिनमा ब्यागिङको काम सकिएपछि करीब १ सातामा हल्दिया रेलवे हुँदै मल वीरगञ्ज आइपुग्नेछ । वीरगञ्ज आइसकेपछि त्यसलाई वितरणका लागि विराटनगर र भैरहवा पठाइने उनको भनाइ छ । नेपालले बंगलादेश सरकारसँग किनेको मल बंगलादेशको चटगाउँ बन्दरगाहबाट ढुवानिकर्ता कम्पनी जेन ट्रेड एफजेडएफले नेपालसम्म ढुवानी गर्नेछ । बंगलादेश सरकारले जेन ट्रेडलाई कुल ५० हजार मेटन युरिया मल तीन चरणमा उपलब्ध गराउनेछ । पहिलो चरणमा २२ हजार ५ सय मेटन आयात ह...