काठमाण्डौँ, फागुन १८
तारकेश्वर नगरपालिका वडा नं १ को साङ्ला मा सडक कालोपत्र गरेको ५ महिना नबित्दै उक्किएको छ । नगरपालिकाको बजेटमा स्पीट बिल्डर नामक ठेकेदार कम्पनिले निर्माण गरेको उक्त सडकको कालोपत्र उप्किन थाले संगै स्थानियले गुनासो गर्न थालेका छन् ।
५ महिना अगाडि निर्माण भएको सडकको कालोपत्रे उप्किन थाल्दा निर्माण कम्पनी भने अनविज्ञ रहेको छ । कम्पनीका प्रमुख ध्रुव खरेल संग हामिले सम्र्पक गर्दा आफुलाई सो बारे कुनै जानकारी नभएको बताए । त्यस्तै नगरपालिकाका ईन्जिनियर पूर्ण काजि मर्हजनले भने स्थानियको गुनासो आए संगै त्यहाँ रहेका ईन्जिनियलाई त्यहाँ खटाईएको बताए ।