Saturday, May 23
Shadow

मुख्य समाचार

फ्रेन्च लिग वान फुटबलमा पीएसजीको संघर्षपूर्ण जित

फ्रेन्च लिग वान फुटबलमा पीएसजीको संघर्षपूर्ण जित

खेलकुद, मुख्य समाचार
काठमाडौँ, फागुन २० । फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन ९पीएसजी० ले संघर्षपूर्ण जित निकालेको छ । बुधबार राति भएको खेलमा पीएसजीले बोर्डोलाई १-० गोलले पराजित गरेको हो । बोर्डोको मैदानमा पीएसजीलाई जित दिलाउन पाब्लो सराबियाले २०औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । जितसँगै पीएसजी २८ खेलमा ६० अंकसहित लिगको दोस्रो स्थानमा उक्लिएको छ । बोर्डो ३३ अंकसहित १५औँ स्थानमा रहेको छ ।...
ग्लोवल नेपालिज सेफ फेडरेसन नुवाकोट जिल्ला समिति गठन

ग्लोवल नेपालिज सेफ फेडरेसन नुवाकोट जिल्ला समिति गठन

मुख्य समाचार, समाचार, समाज
काठमाडौं, फागुन २० । होटल तथा रेस्टुरेन्ट व्यवसायमा आबद्ध रहेका सेफहरुको छाता सङ्गठन ग्लोबल फेडेरेसन फाउन्डेसन जिल्ला समिति नुवाकोट गठन भएको छ । फाउन्डेसन नुवाकोटमा सुमन रिमालको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति गठन भएको छ । समितिको उपाध्यक्षमा पशुपति गजुरेल, सचिवमा गणेश न्यौपाने, सहसचिवमा गोकुल भण्डारी र कोषाध्यक्षमा रेहित पुडासैनी चयन भएका छन् । यस्तै, सदस्यहरु मोदनाथ गजुरेल, दिनेश सापकोटा, केदार ढकाल, दिपक ढकाल, सन्देश घिमिरे, कृष्णमान श्रेष्ठ, प्रकाश सुवेदी, उमेश ढकाल, राजकुमार श्रेष्ठ, दिनेश गजुरेल र रमेश श्रेष्ठ चयन भएका छन्। समितिको सल्लाहकारमा अरुण अधिकारी, रामकाजी विक, दिनेश श्रेष्ठ, प्रदिप पौडेल, रमेश भण्डारी र नमराज तामाङ चयन भएका छन् । नुवाकोटका होटल तथा रेस्टुरेन्टहरुमा करिब ५०० सेफहरु कार्य गर्दै आईरहेको प्रारम्भिक तथ्यांक रहेको समितिका उपाध्यक्ष पशुपति गजुरेलल...
आज पश्चिमी वायुको आंशिक प्रभावः यी स्थानमा छ वर्षाको सम्भावना

आज पश्चिमी वायुको आंशिक प्रभावः यी स्थानमा छ वर्षाको सम्भावना

ब्यानर समाचार 2, मुख्य समाचार, मौसम
काठमाडौं, फागुन २० । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण हाल प्रदेश १ तथा गण्डकी प्रदेशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली भइरहेको छ । यस्तै, देशका बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहेको छ। महाशाखाले जारी गरेको पूर्वानुमानका अनुसार आज दिउँसो देशको पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने छ। भने, देशको पहाडी भूभागहरुको एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।आज राति देशको पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने छ। यस्तै, देशको पहाडी भूभागहरुको एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।...
आज २०७७ फागुन २० गते बिहीबारको राशिफल

आज २०७७ फागुन २० गते बिहीबारको राशिफल

मुख्य समाचार, समाचार, समाज
मेष कला र गलाको प्रभाव बढ्नेछ । सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । बृष आँटेको र ताकेको कार्य पूरा होला । कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । मिथुन बोली विपरितको अर्थ लाग्ने भएकाले विचार पुर्‍याउनुहोला । नयाँ साथीसँगको संवादले मन प्रफुल्लित बनाउनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । न्यायीक क्षेत्रमा सफलता मिल्ला । आर्थिक पक्ष मध्यम रहनेछ । कर्कट वैदेशिक यात्राको अवसर मिल्नेछ । केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला । केटा तथा केटी साथीबाटा टाढा रहनुहोला । मनमा चिन्ता । धार्मिक यात्राबाट आनन्दी । सिंह अभिभावकको आशीर्वाद मनन गर्नुहोला । कुनै पनि व्यावसायिक काममा व्यस्त रहनुहोस्, महत्वपूर्ण कार्यहरु सम्पादन गर्दा फलदायी हुनेछ । कन्या रिसलाई बसमा...
वडा अध्यक्ष पौडेलले पूर्व प्रअ माथि हातपात गरेको भन्दै सामाजिक संजालमा गलत प्रचार

वडा अध्यक्ष पौडेलले पूर्व प्रअ माथि हातपात गरेको भन्दै सामाजिक संजालमा गलत प्रचार

मुख्य समाचार, स्थानिय तह
काठमाण्डौँ, फागुन १९ गत १६ गते नुवाकोटको ककनी गाउँपालिका शिक्षा शाखामा सोखि गाउँपालिका वडा नं २ मा रहेको शान्ति देवि आधारभुत विद्यालयको पूर्व प्रध्यानाध्यापक शम्भु प्रसाद बजगाईलाई बोलाई सोहि वडाको वडाध्यक्ष केदार पौडेलले हातपात गरेको भन्दै सामाजिक संजालमा गलत प्रचार गरिएको बताईएको छ । सो विद्यालयको ५ वर्ष सम्म अडिट नभएको पाईएको भन्दै वडाध्यक्ष पौडेलले पूर्व प्रअ बजगाईलाई सो बारे स्पष्टिकरण माग्दा केहि असमझदारी भई भनाभन भएको कुरालाई हातपात गरियो भनि अफवाह फैलाईएको प्रति वडाध्यक्ष पौडेलले आपत्ति जनाएका थिए । विद्यालयको अडिट देखि अन्य कागजातको साथै हिसाब समेत प्रष्ट देखाउन नसकेका पूर्व प्रअले बुधवार प्रेश विज्ञप्ति जारी गर्दै असमझदारी भएको कुरा साँचो भएको तर सामाजिक संजालमा गलत प्रचार प्रसार गर्न आफूले नलगाएको बताईएको छ । साथै तोकिएको समयमा विद्यालयको गत आर्थिक वर्षको हिसाब किताबको बिल र...
प्रचण्ड माधव समूहले निर्वाचन आयोगमाथि दबाव बढाउने, गरे यस्तो निर्णय

प्रचण्ड माधव समूहले निर्वाचन आयोगमाथि दबाव बढाउने, गरे यस्तो निर्णय

मुख्य समाचार, राजनिती
काठमाडौँ, फागुन १९ । नेकपाको प्रचण्ड–माधव समूहले पार्टीको आधिकारिकताबारे निर्वाचन आयोगले निर्णय दिन ढिलाइ गरेकोमा खेद व्यक्त गरेको छ । लोकतान्त्रिक व्यवस्थाका लागि महत्त्वपूर्ण मानिने संवैधानिक अंगको स्वतन्त्र, निष्पक्ष र स्वायत्त भूमिकामाथि पनि प्रश्न उठाउँदै प्रचण्ड माधव समूहले खेद व्यक्त गरेको हो । प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटीको बुधबार बसेको बैठकले पटकपटक गएर आधिकारिकताको दावी पेश गरेपनि बेवास्ता गरेको भन्दै आयोगमाथि दबाब बढाउने निर्णय गरेको छ । त्यसका लागि प्रचण्ड–माधव समूहले अब बहुमत केन्द्रीय सदस्यको हस्ताक्षरसहित परिचय पत्र लगेर निर्वाचन आयोगमा बुझाउने भएको छ । प्रचण्ड–माधव समूहले निर्वाचन आयोग सरकारको दबावमा परेको आशंका गरेको छ । ढिलो न्याय दिनु न्याय नदिनु हो भन्नेतर्फ निर्वाचन आयोगको ध्यानाकर्षण गराउँदै छिटो आधिकारिकताको निरुपण गर्न माग गरेको छ । प्रचण्ड–माध...
१ सय ६५ सांसद्सहित ४ सय ८२ जनाले लगाए कोरोनाविरुद्धको खोप

१ सय ६५ सांसद्सहित ४ सय ८२ जनाले लगाए कोरोनाविरुद्धको खोप

मुख्य समाचार, समाचार, समाज
काठमाडौं , फागनु १९ । ४ सय ८२ सांसद तथा संसद सचिवालयका कर्मचारीले कोरोनाको खोप लगाएका छन् । प्रतिनिधिसभा बैठक अघि संसद सचिवालयका कर्मचारी, सुरक्षाकर्मी र सांसदहरूलाई खोप लगाउन आग्रह गरेसँगै बुधबार दिनभर ४ सय ८२ जनाले खोप लगाएको सिभिल अस्पताल खोप केन्द्रले जनाएको छ । बुधबार १ सय ६५ सांसद् र कर्मचारी, मर्यादापालक, सुरक्षाकर्मी गरी ३ सय १७ जनाले खोप लगाएका हुन् । प्रतिनिधिसभामा २ सय ७५ जना सांसद् छन् ।...
भागरथी हत्या प्रकरण: आरोपितको चौथो पटक म्याद थप

भागरथी हत्या प्रकरण: आरोपितको चौथो पटक म्याद थप

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, फागनु १९ । किशोरी बलात्कारपछि हत्या आरोपमा प्रहरी हिरासतमा रहेका बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीका १६ वर्षीय दिनेश भट्टमाथि अनुसन्धानका जिल्ला अदालतबाट चौथो तथा अन्तिम पटक म्याद थप भएको छ । आज जिल्ला अदालत बैतडीबाट अनुुसन्धान नसकिएको भन्दै प्रहरीले थप पाँच दिनका लागि अनुमति मागेको हो । दिनेशमाथि चडेपानीकै १७ वर्षीया भागरथी भट्टलाई बलात्कारपछि हत्या गरेको आरोप छ । उहाँले उक्त आरोप स्वीकारीसकेका छन् । गत माघ २१ गते भागरथीको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले दिनेशलाई फागुन ४ गते पक्राउ गरेको थियो । पक्राउ गरेसँगै दिनेशविरुद्ध जबर्जस्ती करणी र कर्तव्य ज्यान मुद्दामा अनुसन्धान जारी रहेको हो । अनुसन्धानका लागि प्रहरीले यही फागुन ५ गते पहिलोपटक, फागुन ९ गते दोस्रो, फागुन १४ गते तेस्रो र बुधबार चौथोपटक म्याद थपेर अनुमति मागेको हो । नाबालकको हकमा प्रहरीले हिरासतमा राखे...
सभामुख र सांसदहरुलाई आज कोरोना खोप लगाइँदै

सभामुख र सांसदहरुलाई आज कोरोना खोप लगाइँदै

मुख्य समाचार, राजनिती, समाचार, समाज
काठमाडौँ , फागुन १९ । सभामुखसहित संघीय संसद र राष्ट्रियसभाका सांसदहरुलाई आज कोभिड-१९ सविरुद्धको खोप लगाइँदैछ । संघीय संसद सचिवालयका अनुसार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा खोप लगाउने कार्यक्रम छ । आज प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उनीहरुका निजी सचिवालयमा कार्यरत कर्मचारी दुवै सदनका सांसदहरुलाई खोप लगाइनेछ । त्यसैगरी संसदका मर्यादापालक र संसदीय मामिला पत्रकारलाई पनि खोप लगाइने सचिवालयले जनाएको छ ।अहिले नेपालमा कोरोना अभियान जारी नै रहेको छ।...
अब जाडोका दिन गए,  बढ्न थाल्यो देशभर गर्मी

अब जाडोका दिन गए, बढ्न थाल्यो देशभर गर्मी

मुख्य समाचार, मौसम
काठमाडौं, फागनु १९ । अब जाडोको मौसम समाप्त भएको छ । हाल उल्लेखनीय मौसमी प्रणाली छैन । देशभर मौसम सामान्यतया सफा छ । बुधबार देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। बिहीबार देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भू-भागहरुको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । शुक्रबार देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ को पहाडी भू-भागहरुको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । यता, देशभर तापक्रममा वृद्धि देखिएको छ । दिपायलको अधिकतम तापक्रम ३० डिग्री सेल्सियस पुगेको छ भने नेपालगञ्जको २९ डिग्रीसम्म पुगेको छ । भैरहवा, धरान, विराटनगरमा पनि अधिकतम तापक्रम ३० डिग्रीसम्म सेल्सियस पुगेको छ । काठमाडौँको ...