Thursday, April 25
Shadow

बाँकेमा माइक्रोबसले ठक्कर दिँदा एकजनाको मृत्यु, दुईजना घाइते


  • -इ
  • इ+

बाँके , फागुन १८ । बाँकेको कोहलपुरमा माइक्रोबसले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

भे १ ख २२३९ नम्बरको माइक्रोबसले भे १० प ५६१ नम्बरको मोटरसाइकललाई मंगलबार कोहलपुर नगरपालिका९५ किरन नाला नजिक सडकमा ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कोहलपुर नगरपालिका९३ बस्ने २५ वर्षीय बीरेन्द्र शाही रहेका छन् । माइक्रोबसको ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही माइक्रोबसले ठक्कर दिँदा एकजना साईकलयात्री र अर्का एकजना पैदलयात्री पनि घाइते भएको प्रहरीले जनाएको छ । घाइते दुवै जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

माइक्रोबस चालकलाई निन्त्रणमा लिएर प्रहरीले दुर्घटनाबारे अनुसन्धान गरिरहेको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares