काठमाडौं , फागनु १९ । ४ सय ८२ सांसद तथा संसद सचिवालयका कर्मचारीले कोरोनाको खोप लगाएका छन् ।
प्रतिनिधिसभा बैठक अघि संसद सचिवालयका कर्मचारी, सुरक्षाकर्मी र सांसदहरूलाई खोप लगाउन आग्रह गरेसँगै बुधबार दिनभर ४ सय ८२ जनाले खोप लगाएको सिभिल अस्पताल खोप केन्द्रले जनाएको छ ।
बुधबार १ सय ६५ सांसद् र कर्मचारी, मर्यादापालक, सुरक्षाकर्मी गरी ३ सय १७ जनाले खोप लगाएका हुन् । प्रतिनिधिसभामा २ सय ७५ जना सांसद् छन् ।