Sunday, May 9
Shadow

ग्लोवल नेपालिज सेफ फेडरेसन नुवाकोट जिल्ला समिति गठन


  • -इ
  • इ+

काठमाडौं, फागुन २० । होटल तथा रेस्टुरेन्ट व्यवसायमा आबद्ध रहेका सेफहरुको छाता सङ्गठन ग्लोबल फेडेरेसन फाउन्डेसन जिल्ला समिति नुवाकोट गठन भएको छ ।

फाउन्डेसन नुवाकोटमा सुमन रिमालको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति गठन भएको छ ।

समितिको उपाध्यक्षमा पशुपति गजुरेल, सचिवमा गणेश न्यौपाने, सहसचिवमा गोकुल भण्डारी र कोषाध्यक्षमा रेहित पुडासैनी चयन भएका छन् ।

यस्तै, सदस्यहरु मोदनाथ गजुरेल, दिनेश सापकोटा, केदार ढकाल, दिपक ढकाल, सन्देश घिमिरे, कृष्णमान श्रेष्ठ, प्रकाश सुवेदी, उमेश ढकाल, राजकुमार श्रेष्ठ, दिनेश गजुरेल र रमेश श्रेष्ठ चयन भएका छन्।

समितिको सल्लाहकारमा अरुण अधिकारी, रामकाजी विक, दिनेश श्रेष्ठ, प्रदिप पौडेल, रमेश भण्डारी र नमराज तामाङ चयन भएका छन् ।

नुवाकोटका होटल तथा रेस्टुरेन्टहरुमा करिब ५०० सेफहरु कार्य गर्दै आईरहेको प्रारम्भिक तथ्यांक रहेको समितिका उपाध्यक्ष पशुपति गजुरेलले बताए । समितिले जिल्लामा रहेका सेफहरुलाई एकिकृत गर्दै क्षमता अभिवृद्धिको लागि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रदान दुःखी गरिबहरु सहयोग गर्दै लैजाने लक्ष्य रहेको उनले बताए ।

फाउन्डेसनले नेपाली मौलिक खानाको प्रवर्द्धनको लागि विभिन्न समयमा कार्यक्रम गर्दै आईरहेको छ ।

"Interview Nepal!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : interviewnepal123@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्