Tuesday, April 23
Shadow

सभामुख र सांसदहरुलाई आज कोरोना खोप लगाइँदै


  • -इ
  • इ+

काठमाडौँ , फागुन १९ । सभामुखसहित संघीय संसद र राष्ट्रियसभाका सांसदहरुलाई आज कोभिड-१९ सविरुद्धको खोप लगाइँदैछ । संघीय संसद सचिवालयका अनुसार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा खोप लगाउने कार्यक्रम छ ।

आज प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उनीहरुका निजी सचिवालयमा कार्यरत कर्मचारी दुवै सदनका सांसदहरुलाई खोप लगाइनेछ ।

त्यसैगरी संसदका मर्यादापालक र संसदीय मामिला पत्रकारलाई पनि खोप लगाइने सचिवालयले जनाएको छ ।अहिले नेपालमा कोरोना अभियान जारी नै रहेको छ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares