Thursday, March 28
Shadow

प्रचण्ड माधव समूहले निर्वाचन आयोगमाथि दबाव बढाउने, गरे यस्तो निर्णय


  • -इ
  • इ+

काठमाडौँ, फागुन १९ । नेकपाको प्रचण्ड–माधव समूहले पार्टीको आधिकारिकताबारे निर्वाचन आयोगले निर्णय दिन ढिलाइ गरेकोमा खेद व्यक्त गरेको छ ।

लोकतान्त्रिक व्यवस्थाका लागि महत्त्वपूर्ण मानिने संवैधानिक अंगको स्वतन्त्र, निष्पक्ष र स्वायत्त भूमिकामाथि पनि प्रश्न उठाउँदै प्रचण्ड माधव समूहले खेद व्यक्त गरेको हो ।

प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटीको बुधबार बसेको बैठकले पटकपटक गएर आधिकारिकताको दावी पेश गरेपनि बेवास्ता गरेको भन्दै आयोगमाथि दबाब बढाउने निर्णय गरेको छ ।

त्यसका लागि प्रचण्ड–माधव समूहले अब बहुमत केन्द्रीय सदस्यको हस्ताक्षरसहित परिचय पत्र लगेर निर्वाचन आयोगमा बुझाउने भएको छ ।

प्रचण्ड–माधव समूहले निर्वाचन आयोग सरकारको दबावमा परेको आशंका गरेको छ । ढिलो न्याय दिनु न्याय नदिनु हो भन्नेतर्फ निर्वाचन आयोगको ध्यानाकर्षण गराउँदै छिटो आधिकारिकताको निरुपण गर्न माग गरेको छ ।

प्रचण्ड–माधव समूहको बैठकले केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाएको विषय संसद सचिवालय र निर्वाचन आयोगमा जानकारी गराउने निर्णय गरेको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares