Saturday, April 27
Shadow

वडा अध्यक्ष पौडेलले पूर्व प्रअ माथि हातपात गरेको भन्दै सामाजिक संजालमा गलत प्रचार


  • -इ
  • इ+

काठमाण्डौँ, फागुन १९
गत १६ गते नुवाकोटको ककनी गाउँपालिका शिक्षा शाखामा सोखि गाउँपालिका वडा नं २ मा रहेको शान्ति देवि आधारभुत विद्यालयको पूर्व प्रध्यानाध्यापक शम्भु प्रसाद बजगाईलाई बोलाई सोहि वडाको वडाध्यक्ष केदार पौडेलले हातपात गरेको भन्दै सामाजिक संजालमा गलत प्रचार गरिएको बताईएको छ ।

सो विद्यालयको ५ वर्ष सम्म अडिट नभएको पाईएको भन्दै वडाध्यक्ष पौडेलले पूर्व प्रअ बजगाईलाई सो बारे स्पष्टिकरण माग्दा केहि असमझदारी भई भनाभन भएको कुरालाई हातपात गरियो भनि अफवाह फैलाईएको प्रति वडाध्यक्ष पौडेलले आपत्ति जनाएका थिए । विद्यालयको अडिट देखि अन्य कागजातको साथै हिसाब समेत प्रष्ट देखाउन नसकेका पूर्व प्रअले बुधवार प्रेश विज्ञप्ति जारी गर्दै असमझदारी भएको कुरा साँचो भएको तर सामाजिक संजालमा गलत प्रचार प्रसार गर्न आफूले नलगाएको बताईएको छ । साथै तोकिएको समयमा विद्यालयको गत आर्थिक वर्षको हिसाब किताबको बिल र्भरपाई तोकिएको मितिमा पेस गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।

उता नेपाल शिक्षक संघ नुवाकोटले भने शिक्षकलाई नियोजित तवरले भौतिक रुपमा आक्रमण गरेको आरोप समेत लगाएको छ ।

वडाध्यक्ष पौडेलले भने आफूले कुनै पनि किसिमको आक्रमण नगरेको बताएका छन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares