Sunday, May 24
Shadow

मुख्य समाचार

साढे १९ लाखसहित एक जना पक्राउ

साढे १९ लाखसहित एक जना पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
  काठमाडौं , फागुन २९ । पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका १६ स्थित शंकराचार्य गेटबाट सशस्त्र प्रहरीको टोलीले श्रोत नखुलेको १९ लाख ५१ हजार १ सय २० नेपाली रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । प क्राउ पर्नेमा भारतको पूर्वी चम्पारण जिल्ला रक्सौल नगरपालिका २१ घर बताउने ३६ वर्षीय राजेशकुमार साह छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट वीरगंजबाट खटिएको टोलीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका साहलाई एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनले शरीरमा बाँधेर लुकाई छिपाई ल्याउँदै गरेको उल्लेखित रुपैयाँ फेला परेपछि पक्राउ गरिएको हो ।...
झापामा सवारी दुर्घटनामा दुईको मृत्यु, कैलालीको गेटामा पुरुषको शव फेला

झापामा सवारी दुर्घटनामा दुईको मृत्यु, कैलालीको गेटामा पुरुषको शव फेला

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, फागुन २९ । सडक दुर्घटनामा परी आज यहाँ दुईको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसतासी नगरपालिका–४ का २७ वर्षीय सरोज कार्की र बाह्रदशी गाउँपालिका–५ की ४३ वर्षीया कलसावती राजवंशी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । छुट्टाछुट्टै दुर्घटनामा परी उनीहरुको मृत्यु भएको हो । आज अपराह्न कमल गाउँपालिका–१ बालुबारीस्थित क्याम्पमा ना१त ६१६५ नंको टिपरले विपरीत दिशाबाट आउँदै गरेको मे३प ३७४७ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कार्कीको घटनास्थलमै मृत्यु भएको थियो भने बाह्रदशी गाउँपालिका–५ कनकन मार्गमा मे११प ८४५१ नंको स्कुटी आफैँ अनियन्त्रित भई दुर्घटना हँुदा स्कुटी चालक राजवंशी घाइते भएका थिए । उनको उपचारका क्रममा विर्तामोडस्थित विएण्डसी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले दुर्घटना न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम भइरहे प...
नेपाल पक्षीय एमाले केन्द्रीय कमिटी बैठक बस्दै, ओलीविरूद्ध रणनीति तय गर्ने

नेपाल पक्षीय एमाले केन्द्रीय कमिटी बैठक बस्दै, ओलीविरूद्ध रणनीति तय गर्ने

मुख्य समाचार, राजनिती, समाचार
काठमाडौँ, फागुन २९ । नेकपा एमालेको माधव नेपाल पक्षले आफू पक्षीय केन्द्रीय कमिटी बैठक बोलाएको छ ।बैठक ११ बजे डाकिएको छ । बैठकमा काठमाडौँमा उपलब्ध नेपाल पक्षका केन्द्रीय सदस्यहरू भेला हुने भएका छन् । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार एकपक्षीय रूपमा कमिटी पुनर्गठन तथा विस्तार तथा महाधिवेशनको मिति तोकिएको बारे छलफल हुनेछ । अध्यक्ष ओलीले पेल्न खोजेको निष्कर्ष निकाले नेपाल समूहले त्यसको सशक्त प्रतिवादका लागि समानन्तर कमिटी गठन गर्दै अघि बढ्ने जनाएको छ । शुक्रबार साँझ बसेको नेपाल समूहको स्थायी कमिटी बैठकले केन्द्रीय अध्यक्ष ओलीलाई पार्टीको समानान्तर कमिटी बैठकमार्फत चुनौती दिने निर्णय गरेको छ । माधव नेपाल पक्षलाई थाहै नदिइ एमालेको केन्द्रीय कमिटी बैठकले शुक्रबार अध्यक्ष र महासचिव बाहेकका सबै पद खारेज गरेको थियो ।...
एकाबिहानै हेटौँडा-नारायणगढ सडकखण्डमा यात्रुबाहक बस र ट्रक दुर्घटनाः ३ जनाको मृत्यु

एकाबिहानै हेटौँडा-नारायणगढ सडकखण्डमा यात्रुबाहक बस र ट्रक दुर्घटनाः ३ जनाको मृत्यु

दुर्घटना, ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
  मकवानपुर , फागुन २९ । झापाको काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको ना४अ ५१४९ नम्बरको यात्रुबाहक बस र विपरीत दिशातर्फ जाँदै गरेको ना६ख ८९ नम्बरको ट्रक आज बिहान हेटौँडा नारायणगढ सडकखण्डमा पर्ने मनहरी गाउँपालिका–६ सुनाचुरीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बसका चालक वीरगञ्ज महानगरपालिका–१५ बस्ने ३५ वर्षीय मदनकुमार थापा क्षेत्री, बसमा सवार भारत सिस्वा बस्ने अभयलाल कुसुवाह र भारतको विहार बस्ने सुनिल कुमार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । उनका अनुसार, दुर्घटनामा परी गम्भीर घाइते भएका बस चालक थापाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा आज बिहान ५ बजे, बसमा सवार अभयलालको उपचारको लागि हेटौँडा अस्पताल ल्याएको र चिकित्सकले मृत घोषणा गरेको र दुर्घटनामा गम्भीर भएका सुनिललाई उपचारको लागि पुरानो मेडिकल कले...
कश्यप प्रसाद पौडेलद्वारा लिखित “डायनकी छोरी” लोकार्पण

कश्यप प्रसाद पौडेलद्वारा लिखित “डायनकी छोरी” लोकार्पण

मुख्य समाचार, समाचार, समाज, साहित्य/कला
काठमाडौँ । उद्यमी तथा लेखक कश्यपप्रसाद पौडेलद्वारा लिखित “डायनकी छोरी” कथा संग्रहको लोकार्पण गरिएको छ । वरिष्ठ पत्रकार तथा सीमाविद् भैरव रिसालले कथा संग्रहको लोकार्पण गरेका छन् । लेखक पौड्यालले नेपाली परिवेश, मौलिक भाषालाई कथामा उतारेको बताएका छन् । उनले फरक फरक विषयका २१ वटा कथा फरक परिवेशमा आधार रहेर लेखेको बताए । लोकार्पण कार्यक्रममा साहित्यकार डा। तुलसी भट्टराई, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तारानाथ दाहाल, पूर्व प्रशासक नरेन्द्रराज पौड्याल, नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाका अध्यक्ष शान्तराम बिडारी, प्रेस युनियन केन्द्रीय उपाध्यक्ष ईश्वरी ओझा, नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष महेश पौड्याल, फोरम फर हेल्थ एण्ड टेक्निकलका महासचिव सुनिल कुमार चालिसे, नागरिक समाज जीवनलाल शर्मा, पौड्याल वंश महासंघका उपाध्यक्ष दिपकप्रसाद पौड्याल र पूर्व सांसद बद्रीप्रसाद खतिवडा, घोष्...
देशभरको मौसम बदली:  वर्षाको सम्भावना , कुन ठाउँमा कस्तो ?

देशभरको मौसम बदली: वर्षाको सम्भावना , कुन ठाउँमा कस्तो ?

ब्यानर समाचार 2, मुख्य समाचार, मौसम
काठमाडौँ , फागुन २९ । देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।पश्चिमी वायुको प्रभावका कारण मौसम बदली भएको हो ।अहिले देशभर आंशिकदेखि सामान्य बदली रही देशका थोरै स्थानहरुमा हल्का वर्षा भएको छ। शनिबार दिउँसो देशभरि आंशिकदेखि सामान्य बदली रहने छ । देशको पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमालि भू–भागहरुमा हल्का हिमपातको सम्भावना छ। यस्तै राति गण्डकी, बागमती प्रदेश र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने छ । गण्डकी, बागमती प्रदेश र प्रदेश १ को पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्टयाङ्गसहित वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमालि भू–भागहरुमा हल्का हिमपात हुन सक्ने मौसमविदले बताएका छन् । यसैबिच देशका पहाडी भू–भागका ...
आज २०७७ फागुन २९ गते शनिबारको राशिफल

आज २०७७ फागुन २९ गते शनिबारको राशिफल

मुख्य समाचार, समाचार, समाज
मेष नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धार्मिक कार्य सफल रहनेछ । प्रेम सम्बन्ध कसिलो होला । आज तपाईका लागि रमाइलो दिन छ । बृष अभिभावकको आशीर्वाद मनन गर्नुहोला । कुनै पनि व्यावसायिक काममा व्यस्त रहनुहोस्, महत्वपूर्ण कार्यहरु सम्पादन गर्दा फलदायी हुनेछ । मिथुन जोखिमपूर्ण चुनौतीको सामना गर्दा तपाईलाई आज शुभ हुने योग छ । केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला, तपाईका साथी र आफन्तलाई ठेस पुग्न सक्छ । कर्कट वैदेशिक यात्राको अवसर मिल्नेछ । केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला । केटा तथा केटी साथीबाटा टाढा रहनुहोला । मनमा चिन्ता । धार्मिक यात्राबाट आनन्दी । सिंह बोली विपरितको अर्थ लाग्ने भएकाले विचार पुर्‍याउनुहोला । नयाँ साथीसँगको संवादले मन प्रफुल्लित बनाउनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । न्यायीक क्षेत्रमा सफलता मिल्ला । आर्थिक पक्ष मध्यम रहनेछ । कन्या मनलाई दरिलो...
भीम रावलले भने- एकलौटी तवरले गरिएको निर्णय मान्न सकिँदैन

भीम रावलले भने- एकलौटी तवरले गरिएको निर्णय मान्न सकिँदैन

मुख्य समाचार, राजनिती
काठमाडौँ , फागुन २८ । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टी अध्यक्ष केपी शर्मा ओलीले विधानविपरित पार्टीको महाधिवेशनको मिति तोक्ने, प्रदेश इन्चार्जको चयन तथा केन्द्रीय कमिटीको विस्तार गरेको भन्दै गुनासो गरेको छ । एमालेका वरिष्ठ नेता नेपाल, झलनाथ खनाल लगायत नेताहरूको आज साँझ बसेको बैठकले पार्टी अध्यक्षको निर्णय वैधानिक नभएको निष्कर्ष निकालेको नेता भीमबहादुर रावलले जानकारी दिए । उनले अध्यक्षले नै विधान मिचेर गलत निर्णय गरेको भन्दै आपत्ति जनाए । सो समूहको बैठकपछि नेता रावलले भने, “एकलौटी तवरले गरिएको निर्णय मान्न सकिँदैन । अब कसरी अगाडि बढ्ने भन्ने विषयमा थप छलफल गर्छौँ ।” प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको केन्द्रीय कमिटीको बैठकले प्रदेश इन्चार्जको जिम्मेवारीसहित केही केन्द्रीय सदस्य थप गरेको थियो ।...
ओली पक्षले गरेको निर्णय नमान्ने नेपाल-खनाल पक्षको निष्कर्ष

ओली पक्षले गरेको निर्णय नमान्ने नेपाल-खनाल पक्षको निष्कर्ष

ब्यानर समाचार, मुख्य समाचार, राजनिती
काठमाडौँ , फागुन २८ । नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले ओली पक्षले गरेको निर्णय नमान्ने निष्कर्ष निकालेको छ । ओली पक्षले शुक्रबार एक पक्षीय निर्णय गर्दै नेपाल र खनाल पक्षका नेताहरुलाई जिम्मेवारीबाट मुक्त गरेपछि बसेको नेपाल-खनाल पक्षको स्थायी कमिटी बैठकले सो निर्णय नमान्ने निर्णय गरेको हो । बैठकले विधान विपरित अध्यक्ष ओलीले गरेको एकपक्षीय निर्णय नमान्ने निर्णय गर्दै अब कसरी अगाडी बढ्ने भन्ने बारे फेरी छलफल गर्ने निष्कर्ष निकालेको छ । एक स्थायी कमिटी सदस्यले खरीबोटसँग कुरा गर्दै ओलीको विधान विपरितको निर्णय नमान्ने र थप छलफल पछि निर्णय गर्ने बताए । ओलीले आजै आफु पक्षका केन्द्रीय कमिटी सदस्यको बैठक बोलाएर नेपाल पक्षका नेताहरुको जिम्मेवारी खोसेका थिए ।...
नेता कोइराला भन्छन्- अहिलेको अवस्थामा कांग्रेस नेतृत्वकै सरकार बन्नुपर्छ

नेता कोइराला भन्छन्- अहिलेको अवस्थामा कांग्रेस नेतृत्वकै सरकार बन्नुपर्छ

मुख्य समाचार, राजनिती
काठमाडौँ, फागनु २८ । नेपाली कांग्रेसका महामन्त्री शशाङ्क कोइरालाले अहिलेको अवस्थामा कांग्रेस नेतृत्वको सरकार बन्नुपर्ने बताएका छन् । शुक्रबार नेपाल शिक्षक संघ वाग्मती प्रदेश कार्यसमितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले कांग्रेस नेतृत्वको सरकार बनाउनका लागि अन्य दलहरुसँग पनि छलफल भइरहेको उल्लेख गरे । त्यस्तै कांग्रेसको मुख्य ध्येय ओली सरकार हटाउने रहेको पनि उहाले बताए । त्यस्तै कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्रीलाई छिटो भन्दा छिटो बालुवाटारबार घर पठाउनुपर्ने बताए । प्रधानमन्त्री ओलीले संविधान र व्यवस्थामा भ्वाङ पार्ने काम गरेको उनले आरोप लगाए । उनले जनताबाट आफूहरुलाई प्रतिपक्षीमा बस्ने म्यान्डेड प्राप्त भएको भन्दै देशलाई चुनावमा लिएर जाने र त्यो चुनावबाट नयाँ म्याण्डेड प्राप्त गर्नेमा कांग्रेसको ध्यान केन्द्रित हुनुपर्ने धारणा राखेका थिए ।...