Tuesday, April 23
Shadow

देशभरको मौसम बदली: वर्षाको सम्भावना , कुन ठाउँमा कस्तो ?


  • -इ
  • इ+

काठमाडौँ , फागुन २९ । देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।पश्चिमी वायुको प्रभावका कारण मौसम बदली भएको हो ।अहिले देशभर आंशिकदेखि सामान्य बदली रही देशका थोरै स्थानहरुमा हल्का वर्षा भएको छ।

शनिबार दिउँसो देशभरि आंशिकदेखि सामान्य बदली रहने छ । देशको पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमालि भू–भागहरुमा हल्का हिमपातको सम्भावना छ।

यस्तै राति गण्डकी, बागमती प्रदेश र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने छ ।

गण्डकी, बागमती प्रदेश र प्रदेश १ को पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्टयाङ्गसहित वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमालि भू–भागहरुमा हल्का हिमपात हुन सक्ने मौसमविदले बताएका छन् ।

यसैबिच देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares