Sunday, May 24
Shadow

मुख्य समाचार

रिहा गर्न सर्कुलर गरेको भए पनि अझै जेलबाट छुटेनन् विप्लवका कार्यकर्ता

रिहा गर्न सर्कुलर गरेको भए पनि अझै जेलबाट छुटेनन् विप्लवका कार्यकर्ता

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, फागनु २८ । सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच तीन बुँदे सहमति भएसँगै गृहमन्त्रालयले यस समूहका नेतालाई रिहा गर्न सर्कुलर गरेको भए पनि केही नेता कार्यकर्ता छुटेका छैनन् । विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य तथा उपत्यका इञ्चार्ज माइला लामा एक वर्षदेखि जिल्ला कारागार खाँदबारीमा थिए । अदालतको आदेश नआउँदा विप्लवका केन्द्रीय नेता लामासहित १० कार्यकर्ता खाँदबारी कारागारमै छन् । खाँदबारी कारागारमा सङ्खुवासभा जिल्ला इञ्चार्ज देव गुरुङ, जिल्ला सदस्य सुनिता राई, यामप्रसाद गौतमलगायत १० कार्यकर्ता खाँदबारी कारागार छन् । विप्लवका नेता कार्यकर्ता छाड्न अदालत वा जिल्ला प्रशासनबाट कुनै किसिमको पत्र आफूकहाँ नआएको खाँदबारी कारागारका प्रमुख विनोद अधिकारीले बताए ।...
नेकपा एमालेले सातै प्रदेशमा तोक्यो इन्‍चार्ज , कुन प्रदेशमा को ?

नेकपा एमालेले सातै प्रदेशमा तोक्यो इन्‍चार्ज , कुन प्रदेशमा को ?

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाण्डौ, फागुन २८ । नेकपा एमालेले सातै प्रदेशमा इन्‍चार्ज तोकेको छ । शुक्रबार बालुवाटारमा बसेको एमालेको केन्‍द्रीय समिति बैठकले सातै प्रदेशका इन्‍चार्ज तोकेको हो । प्रदेश १ को इन्‍चार्जमा सुवास नेम्वाङ, प्रदेश २ मा सत्यनारायण मण्डल, वाग्‍मती प्रदेशको इन्चार्जमा रामबहादुर थापा, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा मणि थापा र सुदूरपश्चिममा लेखराज भट्टलाई इन्चार्जको जिम्‍मेवारी दिएको हो ।...
सर्वोच्च अदालतका न्यायाधीशमा चुडाल र सुवेदीको नाम सिफारिश

सर्वोच्च अदालतका न्यायाधीशमा चुडाल र सुवेदीको नाम सिफारिश

मुख्य समाचार, समाचार, समाज
काठमाडौ , फागनु २८ । न्याय परिषद्को आजको बैठकले सर्वोच्च अदालतका न्यायाधीशमा डा कुमार चुडाल र नहकुल सुवेदीका नाम सिफारिश गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराका अध्यक्षतामा आज बसेको परिषद् बैठकले उच्च अदालत पाटनमा कार्यरत डा चुडाल र उच्च अदालत सुर्खेतमा कार्यरत सुवेदीलाई न्यायाधीशमा सिफारिश गर्ने निर्णय गरेको हो । बैठकले उच्च अदालतका न्यायाधीशमा १८ जना सिफारिश गरेको परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए । न्याय सेवा विशिष्ट श्रेणीका अधिकृतबाट नारायणप्रसाद पौडेल र ऋषि राजभण्डारीका नाम सिफारिश गरिएको छ । नायब महान्यायाधिवक्ता पौडेललाई उच्च अदालत पाटन र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव राजभण्डारीलाई उच्च अदालत पाटनबाट उच्च अदालत पोखराका न्यायाधीशमा सिफारिश गरिएको हो । न्याय सेवा राजपत्र प्रथम श्रेणीबाट रामेश्वर रेग्मी र ममता खनाललाई उच्च अदालतका ...
प्रहरी बनाइदिने भन्दै ६ लाख ठगी , बाँकेका सामाजिक अभियन्ता पक्राउ

प्रहरी बनाइदिने भन्दै ६ लाख ठगी , बाँकेका सामाजिक अभियन्ता पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, फागुन २८ । प्रहरी बनाइदिने भन्दै ६ लाख रुपैयाँ ठगी गर्ने एक जनालाई ब्यक्तिलाई बाँके प्रहरीले पक्राउ गरेको छ। प्रहरी बनाइदिने भन्दै दुई जनाबाट ६ लाख रुपैयाँ असुल्ने राप्तीसोनारी गाउँपालिका ६ बस्ने आशिष मल्ल ठकुरीलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको हो । आफुलाई सामाजिक अभियन्ता बताउने ठकुरीले सल्यानका भिम बहादुर घर्ती र तारा मन्तासँग प्रहरी भर्नामा पास गराइदिने भन्दै ६ लाख रुपैयाँ लिएको बाँके प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले जानकारी दिएका छन् । पिडितको जाहेरीका आधारमा ठकुरीलाई राप्तीसोनारीबाट ६ बाट पक्राउ गरि ल्याइएको एसपी रानाले बताए। एसपी रानाले ठकुरीले पीडितबाट एक पटक ४ लाख नगद र अर्को पटक २ लाख आइएमई मार्फत बुझेको बताए । पक्राउ परेका ठकुरीबाट पीडितको पैसा समेत असुलउपर गरि ठगी मुद्दा चलाइने एसपी रानाले बताए ।  ...
कोरियामा औद्योगिक दुर्घटनामा परी एक नेपालीको मृत्यु

कोरियामा औद्योगिक दुर्घटनामा परी एक नेपालीको मृत्यु

मुख्य समाचार, समाचार, समाज
काठमाडौं, फागनु २८ । दक्षिण कोरियामा औद्योगिक दुर्घटनामा परी एक नेपालीको ज्यान गएको छ । बागलुङ जिल्ला गलकोट नगरपालिका–११ घर भई हाल कोरियाको थेगु शहरस्थित एक राइसमिल कम्पनीमा कार्यरत ४५ वर्षीय जयराम भनिने अशोक श्रीषमगरको दुर्घटनामा परी मृत्यु भएको हो । घटनालाई नेपाल मगर सङ्घ दक्षिण कोरियाका अध्यक्ष टेक पुनले पुष्टि गरेका छन् । दुई वर्षअघि कोरिया आएका अशोक कम्पनीमा काम गर्ने क्रममा सोमबार साँझ करिब ६ बजे लडेका थिए । लडेपछि बेहोस भएका उनलाई नजिककै अस्पताल पुर्याइएको थियो । अस्पताल पुग्नासाथ उनलाई अस्पतालले मृत घोषणा गरेको थियो । हाल उनको शवलाई कोरियाली प्रहरीले स्थानीय अस्पतालमा राखेको छ । मृतकका परिवारलाई खबर गरिएको नेपाल मगर सङ्घका अध्यक्ष पुनले बताए ।...
१२ हजार नेपाली कोरिया जान पाएनन्, यस कारण रोकिए

१२ हजार नेपाली कोरिया जान पाएनन्, यस कारण रोकिए

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, फागुन २८ । कोरियाले कोरोना संक्रमणको कारण भन्दै नेपालबाट कोरिया जान ठिक्क परेका झन्डै १२ हजार नेपालीलाई कोरिया लान रोक लगाएको छ । कोरियाले कोरोना संक्रमणको अति संवेदनशील मुलुकमा नेपाललाई अझै राखेका कारण ती नेपाली कोरिया जान नपाएका हुन् । ईपीएस परीक्षा उतीर्ण गरेका १० हजार ५ सय ५ र नियमित प्रक्रियाबाट करिब ५ वर्ष काम गरी घर फर्केर अर्को प्रक्रियाबाट फेरि जान तयार करिब २ हजार युवा यतिखेर छटपटीमा छन् । कोरियाले सन् २०२० का लागि सबैभन्दा धेरै कोटा छुट्याएर १२ हजार ९ जना नेपाली कामदार लिने घोषणा गरेका थिए । तर त्यसवर्ष १ हजार २७ जनाले मात्र कोरिया उड्न पाए । कोरियाले नियमित रुपमा कामदार लिएको भए सन् २०१७, २००१८ र २०१९ मा भाषा परीक्षा उतीर्ण गरीवरी रोस्टरमा परेका १० हजार ५ सय ५ नेपालीले रोजगार पाउँथे । सन् २०२० का लागि अघिल्लो वर्ष लिएको परीक्षामा करिब ९२ हजार सहभागी भएकामा ६ ...
आजको मौसमः मेघ गर्जन र चट्टयाङ सहित वर्षाको सम्भावना

आजको मौसमः मेघ गर्जन र चट्टयाङ सहित वर्षाको सम्भावना

मुख्य समाचार, मौसम
काठमाडौं, फागुन २८ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।महाशाखाका अनुसार आज देशमा पश्चिमी वायुको प्रभाव रहेको छ। यस्तै, हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनि प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ । महाशाखाले जारी गरेको पूर्वानुमानका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनि प्रदेशमा, बागमती प्रदेश र प्रदेश नं १का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने छ। साथै, देशको पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयाङ सहित वर्षाको सम्भावना रहेको छ । यसैगरी, आज राति देशभरी आंशिक देखि सामान्य बदली रहने छ। भने, देशको पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्ट...
आज २०७७ फागुन २८ गते शुक्रबारको राशिफल

आज २०७७ फागुन २८ गते शुक्रबारको राशिफल

मुख्य समाचार, समाचार, समाज
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पूरानो स्वास्थ्य समस्या बल्झिन सक्छ। शैक्षिक क्षेत्रको काम सोचेअनुरूपले नबढ्नाले दिग्दारी महसुस हुन सक्छ । असीमित धन खर्चले चिन्ता बढाउनेछ । योजना अनुरूपको काम नहुन सक्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । शुभ समाचार सुन्नमा आउला । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शैक्षिक क्षेत्र अब्बल रहनेछ । सन्तान सुख मिल्नेछ । साथीभाई र आफन्तको प्रगतिमा मन रमाउनेछ । सेयरबजार र भूमी सम्बन्धीको कारोबारबाट अधिक लाभ मिल्न सक्छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) श्रमको उचित मूल्याङ्कन हुनेछ । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । आर्थिक लाभ रहला । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । तर महत्वपूर्ण योजना गोप्य नराखे नजिकका व्यक...
भक्तपुरबाट स्रोत नखुलेको ४२ लाखसहित एक जना पक्राउ

भक्तपुरबाट स्रोत नखुलेको ४२ लाखसहित एक जना पक्राउ

अपराध, मुख्य समाचार, समाज, सम्पादकीय
काठमाडौं , फागुन २७ । भक्तपुर प्रहरीले स्रोत नखुलेको रु ४२ लाखसहित एक जनालाई आज पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थिमिको टोलीले मध्यपुरथिमि–३ कौशल्टारस्थित अरनिको राजमार्ग सडकमा जाँचको क्रममा दोलखा घर भई हाल सूर्यविनायक नगरपालिका–३ बालकोट रोज भिलेज बस्ने सुमन घिमिरेको साथबाट रकम बरामद गरेको प्रहरीले जानकारी दिएको छ । महानगरीय प्रहरी वृत्त थिमिका अनुसार जाँचका क्रममा गाडीमा आइरहेका घिमिरेको साथबाट रु २७ लाख र निजको कोठा खानतलासी गर्दा थप रु १५ लाख बरामद भएको हो । प्रहरीले उक्त रकमको स्रोत खोज्दा बताउन नसकेपछि नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको जनाएको छ । प्रारम्भिक अनुसन्धानको क्रममा घिमिरेले उक्त रकम जुवातास खेलेर जितेको हुनसक्ने बताएको छ ।  ...
दलको सहमतिमै संसद् सञ्चालन गर्नुपर्छ:  अध्यक्ष तिमिल्सिना

दलको सहमतिमै संसद् सञ्चालन गर्नुपर्छ: अध्यक्ष तिमिल्सिना

मुख्य समाचार, राजनिती
काठमाडौं, फागनु २७ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीतिक दलको सहमतिमा संसद् सञ्चालन गर्नुपर्ने बताएका छन्। पर्वतको कुश्मा नगरपालिका–१२ ठुलीपोखरीमा बिहीबार १५ श्ययाको नगर अस्पताल शिलान्यास समारोहमा बोल्दै अध्यक्ष तिमिल्सिनाले फेरि पनि संसद् विघटन गर्नुपर्ने अवस्था सिर्जना हुन नदिनतर्फ राजनीतिक दल सचेत हुनुपर्ने बताए। जनताले पाँच वर्षको लागि म्याण्डेट दिएको प्रतिनिधिसभा बीचमै विघटन गर्नु राम्रो पक्ष नभएको बताउँदै मुलुकको समृद्धिको निम्ती काम गरिरहेको सरकारलाई काम गर्न नदिएर संसद् विघटन गर्नुपर्ने बाध्यता बनाउने दललाई कारबाही गर्नुपर्ने बताए। अब यो सरकारको म्याद दुई वर्ष रहेकाले आगामी चुनावसम्म संसद् विघटन गर्नुपर्ने अवस्था नआओस् मेरो कामना छु, अध्यक्ष तिमिल्सिनाले भने।...