Saturday, April 27
Shadow

झापामा सवारी दुर्घटनामा दुईको मृत्यु, कैलालीको गेटामा पुरुषको शव फेला


  • -इ
  • इ+

काठमाडौं, फागुन २९ । सडक दुर्घटनामा परी आज यहाँ दुईको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसतासी नगरपालिका–४ का २७ वर्षीय सरोज कार्की र बाह्रदशी गाउँपालिका–५ की ४३ वर्षीया कलसावती राजवंशी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । छुट्टाछुट्टै दुर्घटनामा परी उनीहरुको मृत्यु भएको हो ।

आज अपराह्न कमल गाउँपालिका–१ बालुबारीस्थित क्याम्पमा ना१त ६१६५ नंको टिपरले विपरीत दिशाबाट आउँदै गरेको मे३प ३७४७ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कार्कीको घटनास्थलमै मृत्यु भएको थियो भने बाह्रदशी गाउँपालिका–५ कनकन मार्गमा मे११प ८४५१ नंको स्कुटी आफैँ अनियन्त्रित भई दुर्घटना हँुदा स्कुटी चालक राजवंशी घाइते भएका थिए । उनको उपचारका क्रममा विर्तामोडस्थित विएण्डसी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले दुर्घटना न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम भइरहे पनि दैनिक सवारी दुर्घटनामा पछिल्लो समय मृत्यु हुनेको सङ्ख्या बढिरहेको बताए ।

कैलालीको गेटामा पुरुषको शव फेला
कैलालीको गोदावरी नगरपालिका–५ गेटामा एक पुरुष मृत फेला परेका छन् ।

धनगढी–अत्तरिया सडक छेउको नालामा पानीमा तैरिएका अवस्थामा अन्दाजी ५० वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । मृत अवस्थामा फेला परेका उनी कञ्चनपुरको भीमदत्त नगपालिका–५ का मोहनबहादुर चन्द रहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

मृतकको साथमा भेटिएको सवारी चालक अनुमतिपत्रका आधारमा शवको सनाखत भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक प्रेम शाहीले जानकारी दिनुभयो । आज बिहान स्थानीयले नालामा तैरिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares